५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

गृहमन्त्री थापालाई पनि कारबाही, राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई २४ घण्टे स्पष्टीकरण

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई कारबाही गरेको छ। नेकपा एमाले प्रवेश गरेका थापाले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए।

त्यस्तै, राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको दलका नेता शर्माले बताए।

यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो।उनीहरुको शपथ कार्यक्रम आज साँझ ५ बजे तोकिएको छ।

प्रकाशित: २७ चैत्र २०७७ ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App