८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

‘व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै’

प्रेस सङ्गठन चितवनले भरतपुरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा। तस्बिरः रासस

गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताएका छन्। प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था  र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि  तिनको सपना पूरा नहुने स्पष्ट गरेका छन्।  

नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उनको भनाइ थियो।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य थापाले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताउँदै भने, ‘यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ।’ अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास उनले व्यक्त गरे। 

प्रकाशित: २९ मंसिर २०७७ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App