२३ पुस २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

सिभिलमा न्यूरो सर्जरी सेवा सुरु हुँदै

सिभिल अस्पतालमा न्यूरो सर्जरी बहिरंग सेवा सुरु भएसँगै न्यूरो सर्जरी शल्यक्रिया सेवा पनि सञ्चालन हुने भएको छ ।  

अस्पतालका निर्देशक मोहनचन्द्र रेग्मीले यही सेवा विस्तार गर्न अहिले न्यूरो सर्जनले बहिरंग सेवा सुरु गरेको बताए । अब एक महिनाभित्रै न्यूरो सर्जरी सेवा नै सुरु हुने उनले जानकारी दिए ।  

निर्देशक रेग्मीका अनुसार यो सेवाको लागि आवश्यक जनशक्तिको व्यवस्थापन र पदपूर्तिको काम भइरहेको छ ।  

एक महिनाभित्र यो सेवा र अन्य सेवालाई चाहिने जनशक्ति तयार पार्ने उनले बताए । अस्पतालमा एक महिनादेखि मुटुरोग सेवामा क्याथल्याव पनि सुरु गरिसकेको छ । क्याथल्याव सेवा मुटुको नली बन्द भएको/नभएको, मुटुको भल्व सम्बन्धि समस्या हेर्ने, जन्मजात मुटुको समस्या, पेशमेकर राख्ने लगायतका सेवा गर्ने प्रविधि हो ।

 

प्रकाशित: २० पुस २०८२ १७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App