दी एसेसअन्तर्गत पाँचौ तथा अन्तिम टेस्टमा इंल्यान्ड सम्हालिएको छ ।
५७ रन जोड्दा ३ विकेट गुमाएको स्थितिबाट सम्हालिँदै इंल्यान्डले पहिलो दिनको खेलको समाप्तिमा २११ रन बनाएको छ । जोए रुट ७२ र हेरी ब्रुक ७८ रनमा नटआउट छन् । चौथो विकेटका लागि उनीहरुले १५४ रनको साझेदारी गरेका छन् ।
बेन डुकेट २७, ज्याक क्रोवे १६ र जाकोब बेथेल १० रनमा आउट भएपछि इंल्यान्ड संकटमा परेको थियो ।
मिचेल स्टार्स, मिचेल नासिर र स्कट बोलान्डले समान एक विकेट लिएका छन् ।
पाँच खेलको शृंखलामा घरेलु टोली अस्ट्रेलिया ३१ ले अघि छ । पहिला ३ खेलमा सहज जित निकालेको अस्ट्रेलियाले चौथो खेल भने ४ विकेटले इंल्यान्डलाई सुम्पिएको थियो ।
प्रकाशित: २० पुस २०८२ १७:०५ आइतबार





