५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

थापालाई सांसदबाट हटाउन पत्राचार

माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापाको पद खारेजीको पत्र संसद सचिवालयमा पठाएको छ। शुक्रबार पठाइएको पत्रमा थापाले दल त्याग गरेर एमालेमा गएका कारण उनलाई स्पष्टीकरण सोधिएकोमा जवाफ नदिएपछि सांसद पद खारेज गरिएको उल्लेख गरिएको छ।

संसद् सचिवालयमा पत्र दर्ता गरेपछि राष्ट्रिसभाको अधिवेशन चालु नरहेकाले १५ दिनभित्र सूचना जारी गरी उनको पद खारेज भएको जानकारी गराउनुपर्ने संसद् नियमावलीको व्यवस्था छ। यसअघि माओवादी केन्द्रले प्रतिनिधिसभाका चार सांसदको पद पनि खारेज गर्दै पत्र पठाएको थियो।

प्रकाशित: २८ चैत्र २०७७ ०१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App