२४ वैशाख २०८१ सोमबार
image/svg+xml

पूर्व मेयरले ज्वाईं पोस्न गरेको ठेक्का सम्झौता रद्द

‘गैरकानुनी तरिकाले भाडामा लगाइएका कारण सम्झौता र सम्बन्धित प्रस्ताव बदर गर्न सुझाव दिइन्छ,’

सोलु कोरिडोरमा समय दोब्बर लागे पनि लागत उही

ठेक्का सम्झौता अनुसार सम्झौताको साढे दुई वर्षभित्रै आयोजनाको निर्माण सम्पन्न हुनुपर्ने थियो। तर ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीय अवरोधका कारण तोकिएको समयभन्दा झन्डै साढे दुई वर्षपछि मात्रै निर्माण सम्पन्न हुने तर्खरमा पुगेको हो।

बुटवल–नारायणगढ सडक अस्तव्यस्त, ३५ महिनामा १२ प्रतिशत काम

ठेक्का सम्झौताको म्याद सकिन करिब ९ महिना बाँकी छँदा बुटवल–नारायणगढ चार लेन सडक जम्मा १२ प्रतिशत काम भएको छ। २०७५ को पुषमा ठेक्का सम्झौता भएको सडक २०७९ साउनमा निर्माण सम्पन्न गर्ने भनिएको थियो।

सडक ठेक्का तोड्न माग गर्दै आन्दोलन घोषणा

भक्तपुरस्थित नगरकोट सडकको ठेक्का तोड्न माग गर्दै चाँगुनारायण नगरपालिकाले आन्दोलनको घोषणा गरेको छ।

सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माणकार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई सिफ्टमा काम गर्नुपर्ने शर्त थपिने जानकारी दिएका छन्।

लुम्बिनी विकास कोष ठेक्का प्रकरण: चलखेल गर्ने यी हुन् १२ कम्पनी

निर्माण व्यवसायी महासंघ, लुम्बिनीका अध्यक्ष वलिभद्र रानाले मिलेमतोको पर्दाफास गर्न प्रधानमन्त्रीसम्म पुगेकाले आफूहरूले न्याय पाउने बताए। उनी प्रतिस्पर्धा गराएर यो ठेक्का लगाउने वातावरण भए राज्यको कम्तीमा पनि ५० करोड रुपैयाँ जोगिने दाबी गर्छन्।

लुम्बिनी विकास कोष ठेक्का प्रकरण: चारजनालाई मात्र दिने प्रपञ्चमा अदालत तगारो

चारवटा प्याकेजमा तयार ठेक्का मूल्यअभिवृद्धि कर (भ्याट) बाहेक करिब साढे तीन अर्ब रूपैयाँबराबरका हुन्। यो बोलपत्रमा अनुभवको प्रावधान समावेश गर्दा चारजना व्यवसायीलाई मात्र मिल्ने सर्त राखेर चलखेल गर्न खोजिएकोमा सर्वोच्च अदालतले आइतबार रोकेको हो।

तनहुँ जलविद्युत्मा १६ अर्बको ठेक्का सम्झौता

१ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको बाँध तथा नदी फर्काउने पहिलो प्याकेजको ठेक्का सम्झौता भएको छ। आयोजनाको बाँध तथा नदी फर्काउने कामको ठेक्का सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन जेभीले १६ अर्ब ६२ करोड रूपैयाँमा पाएको छ।

वर्षमै भत्कियो दोलखा–सिँगटी सडकः ७२ करोड लगानी व्यर्थ

एसियाली विकास बैंकको सहयोगमा ७२ करोड रूपैयाँ खर्चेर एक वर्षअघि सडक कालोपत्रे गरिएको थियो। ३५ किलोमिटर लामो यो सडक अहिले जताततै भत्किएको छ।

हतारमा उद्घाटन र शिलान्यासः ठेक्का सम्झौता हुनै बाँकी छ, शिलान्यास भइसक्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते शनिबार सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्रको स्विच थिचेर उद्घाटन गरे। वर्षाैंदेखि सबैभन्दा धेरै चासोको विषय बनेको मेलम्चीको पानी उपत्यकाबासीको घर–घरमा कहिलेदेखि वितरण गर्ने अहिलेसम्म टुंगो लागेको छैन।

आँबुखैरेनी–जामुने खण्डको ठेक्का सम्झौता

पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–पोखरा सडक खण्डमध्ये पहिलो चरणमा दुई लेनको ४१.४५ किलोमिटरलाई चार लेनमा विस्तार गरिने भएको छ। सडक विभाग मातहतको आयोेजना निर्देशनालय एडिबीले आँबुखैरेनी–जामुने खण्डको ठेक्का सम्झौता गरेको हो। यो खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्सट्रक्सन कम्पनीले पाएको छ।

आइइईविपरीत नदीजन्य पदार्थको ठेक्का सम्झौता

वीरेन्द्रनगर नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनविपरीत नदीजन्य पदार्थको ठेक्का सम्झौता गरेको छ। झुप्राखोला, गिरीघाट र भेरी नदीकिनार क्षेत्रको वातावरणीय परीक्षणमा चालु आर्थिक वर्षका लागि ६० हजार ४६ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने उल्लेख छ। पुस मसान्तसम्म अमानतमा ६४ हजार ९१ घनमिटर संकलन गरिसकेको नगरपालिकाले थप ३६ हजार ३७.६० घनमिटर नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लगाएको हो।

विवादित ९ वटा ठेक्का रद्द

गोरखाको सहिद लखन गाउँपालिकाले ९ वटा ठेक्क रद्द गरेको छ । गाउँ कार्यपालिकाको बैठकले गत पुस ९ गते प्रकाशित ९ वटा सार्वजनिक निर्माण कार्यको बोलपत्र रद्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आलेले जानकारी दिए ।

गाउँपालिकाको सेटिङमा ठेक्का

१० लाखको विकास निर्माणका कामको यसअघि अनलाइनमार्फत टेन्डर आह्वान (इबिडिङ) गरेको सहिद लखन गाउँपालिकाले ४३ लाखसम्मको ठेक्का अहिले बिना ‘इबिडिङ’ व्यवसायीलाई दिने अन्तिम तयारी गरेको छ।

मल ठेकेदार कम्पनी होनीको र शैलुङ कालोसूचीमा

मल ल्याउने ठेक्का ओगटेर काम नगर्ने होनीको मल्टिपल कम्पनी र शैलुङ इन्टरप्राइजेजविरुद्ध कृषि सामग्री कम्पनीले बैंक जमानत जफत गरी कालोसूचीमा राख्ने निर्णय उच्च अदालत पाटनको आदेशसँगै कार्यान्वयन हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्