coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विवादित ९ वटा ठेक्का रद्द

गोरखाको सहिद लखन गाउँपालिकाले ९ वटा ठेक्क रद्द गरेको छ । गाउँ कार्यपालिकाको बैठकले गत पुस ९ गते प्रकाशित ९ वटा सार्वजनिक निर्माण कार्यको बोलपत्र रद्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आलेले जानकारी दिए ।

‘सबै प्याकेजमा सार्वजनिक खरिद ऐनको दफा २६ उपदफा ६ ले तोकेबमोजिम न्युनतम बोलपत्र मात्रै पेश भएको पाइएको र प्रशस्त प्रतिष्प्रर्धा हुन नपाएकाले ठेक्का रद्दको निर्णय भएको हाे,’ प्रमुख प्रशासकीय अधिकृत आलेले भने । यसअघि १० लाख रुपैयाँको विकास निर्माणका कामको ‘इलेक्ट्रोनिक विडिङ सिस्टम’ (इविडिङ) गरेको गाउँपालिकाले अहिले ४३ लाख रुपैयाँसम्मको ठेक्का विना इविडिङ लगाउन खोजे पछि विवाद उत्पन्न भएको थियो । विवाद सिर्जना भएपछि ठेक्का रद्द गरिएको हो ।

पुस ९ मा ठेक्का आह्वान गरेको गाउँपालिकाको ठेक्का नम्बर ९ देखि १३ सम्मको पाँच वटा प्याकेज करिब १३/१३ लाख रुपैयाँका छन् । ९ नम्बर प्याकेजको १९ वटा, १० को २० वटा, ११ को १९, १२ को २० र १३ नम्बर प्याकेजको १९ वटा टेण्डर फर्म बिक्री भएको गाउँपालिका योजना शाखाका नायब सुब्बा सानुकाजी बस्नेतले बताए ।

यी सबै प्याकेजमा तीन/तीनवटा फर्म मात्रै दर्ता भएका थियो । २० देखि ४३ लाखसम्मका चारवटा ठेक्का हरेकको १६ देखि १९ वटा फर्म बिक्री भएका थिए । तीमध्ये एक/एक वटा मात्रै दाखिला भएको थियो । एक/एक वटा मात्रै दाखिला भएपछि ती फर्मले काम पाउने पक्का थियो । व्यवसायीकै मिलेमतोमा फर्म थोरै दाखिला भएपछि गाउँपालिकाले पुनः टेण्डरको तयारी गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत आलेले यसअघि व्यवहारमा इविडिङ गर्ने गरिएको र गाउँपालिकाको सबै ठेक्का इविडिङ गर्ने नभई टेण्डर गर्ने निर्णय मात्रै भएको बताए।

प्रकाशित: २८ माघ २०७७ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App