२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपालबाहेक बालुवाटारका चार नेताको बैठक

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा चार नेतासँग भेटघाट गरेका छन्। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, रक्षामन्त्री इश्वर पोखरेलसँग भेटघाट गरेका हुन। सो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भने खबर नगरिएको स्रोतले जनाएको छ। बैठकमा सचिवालय सदस्य वामदेव गौतमलाई बोलाएको भए पनि उनी बिरामी भएका कारण उपस्थित भएका थिएनन्।

त्रासदीमा संघीय गणतन्त्र

‘संघीयताको गर्भाधान नै अतिवादीहरूको सोच’ द्वारा हुन पुग्यो। त्यतिमात्रै होइन, सत्ता नै संघीयता विरोधी र एकात्मकतावादी, बाहुनवादी कथित कम्युनिस्टहरूको अधीनमा पुग्नु दुर्भाग्यपूर्ण हो।

हृदयेश त्रिपाठीको समूहको भेला, संगठन विस्तार गर्ने

नेपाल कम्युनिस्ट पार्टीसँग एकीकरण प्रक्रिया रोकिएपछि हृदयश त्रिपाठी, बृजेश गुप्तालगायत समूहले देशभर संगठन विस्तार गर्ने घोषणा गरेको छ। उक्त समूहले भविष्यमा छुट्टै पार्टी गठन गर्ने संकेत पनि गरेको छ। समूहले मंगलबार काठमाडौंमा भेला गरेको थियो। भेलामा २६ नेताको उपस्थिति थियो।

फेरि त्यस्तो दुर्भाग्य नहोस् !

दुईतिहाइ बहुमतको शक्तिशाली प्रधानमन्त्रीले पनि केही गर्न सकेनन् भने मुलुक फेरि कुनै न कुनै आन्दोलनतिर धकेलिन सक्छ वा कुनै कोणबाट ‘कु’ नै हुन सक्छ।

न्याय प्रणालीमा प्रश्न

पद, पैसा र ‘पावर’को दुरुपयोग गरेर प्राप्त हुने न्यायले कुन वर्गको पक्षपोषण गर्दै छ ? कम्युनिस्टहरूले दिने न्याय पनि सम्भ्रान्त र हुनेखानेका लागि मात्र हो त ?

माधव कमरेडले पछि त्यसलाई सहजरुपमा लिनु भयो : नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता)

एउटा जननिर्वाचित सरकार, जनताको मतदानबाट संवैधानीक प्रकृया पुरा गरेर आएको प्रधानमन्त्रीले चाहि मेरो केहि दिन बाँकी छ भनेर बोल्ने अपेक्षा कसैले गर्छ भने त्यो बेठिक हो। हामीले चाँहि सरकारलाई सफल पार्नु छ। सरकारको दिन गन्ती गर्नु छैन्।

साम्यवादःभ्रम र यथार्थ

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले हालै ‘साम्यवाद’लाई पार्टीको ‘उद्देश्य’बाट झिकेर आफ्नो राजनीतिकप्रतिवेदनमा‘दार्शनिकलक्ष्य’का रूपमा राखेकोछ।२००६सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीले इतिहासमा प्रमुख कम्युनिस्ट पार्टीलेलक्ष्यसाम्यवादराखेका हुनाले अहिलेसम्मपार्टीको झण्डाको रङ रातो नै छ।साम्यवादका प्रणेतामाक्र्सले आफ्नोभाष्यमा समाजद्वन्द्वका क्रममा सामन्तवादबाट पुँजीवादहुँदै समाजवादअनि साम्यवाद स्थापनाहुने ठोकुवा गरेका थिए। उनले यो साम्यवाद वर्गविहीन र राज्यविहीनहुने बताएकाथिए।

‘सरकारले कम्युनिस्ट सर्वसत्तावाद लाद्न खोज्यो’

दुई कम्युनिस्ट एक भएर चुनाव जितेको उल्लेख गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने, ‘कांग्रेस एउटै भएर पनि दुई पार्टीजस्तो भई चुनावमा गएकाले हार बेहोर्नुप-यो।’

सरकारबाटै प्रजातन्त्र र संविधान मासिने खतरा छः सभापति देउवा

नेपाली काँग्रेसका शीर्ष नेताहरुले कम्युनिस्ट सरकारबाटै प्रजातन्त्र र संविधान मासिने खतरा रहेको बताएका छन्। काँग्रेसले आफना महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार भैरहवामा सम्बोधन गर्दै शीर्ष नेताहरुले प्रजातान्त्रिक मूल्य, मान्यता र संविधानको मर्म बिपरित कम्युनिस्ट सरकारले अधिनायकबाद र निरङ्कुशता लाद्न खोजिरहेको आरोप लगाए।

जबज, जनताको जनवाद र जुछे

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आफ्नो संव्रmमणकालीन कार्यव्रmमका रूपमा ‘जनताको जनवाद’ अघि सारेको छ। कतिपयलाई यो २०७५ जेठ ३ गते नेकपा एकीकरणका अवसरमा अवलम्बन गरिएकाले जबजभन्दा नवीन विचार हो भन्ने भान परेको छ। वास्तवमा जनताको जनवाद जबजभन्दा निकै पुरानो सिद्धान्त र कार्यक्रम हो। जनताको जनवाद, नौलो जनवाद, राष्ट्रिय जनवाद, लोक जनवाद, माओवाद, जुछे विचार, प्रचण्डपथ सबै जे नामकरण गरिए पनि एउटै ड्याङका मुला हुन्। जनताको बहुदलीय जनवादबारे वैचारिक बहसमा टिक्न नसकेपछि नौलो जनवाद र प्रचण्डपथका भाष्यकारहरूले जनताको जनवादलाई बहस र बखेडाको नयाँ किल्ला बनाएका छन्।

नेकपाकाे सचिवालय बैठक आज बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे ३ बजेका लागि बाेलाइएकाे छ।

समाजवाद यात्रामा नेकपा

कम्युनिस्ट पार्टीको कार्यक्रममा क्रान्तिको लक्ष्य हुन्छ र क्रान्तिमा संलग्न जनताको दिशासूचक फहराइरहेको झण्डा हुन्छ। क्रान्ति विकास कुन दिशामा हुनुपर्छ र क्रान्तिपछि राष्ट्रले के प्राप्त गर्छ भन्ने सम्बन्धमा कार्यक्रम मार्गदर्शक हुन्छ। कम्युनिस्ट पार्टीले क्रान्ति र निर्माणमा ठीक दिशा लिइरहेको छ वा छैन, पार्टी कार्यक्रम अध्ययनबाट प्रस्ट हुन्छ।

कार्यदिशाकै करामत हो त ?

नेपाल कम्युनिस्ट पार्टीको कल्ले के जिम्मेदारी पाउने भन्ने भागबन्डा यो साउन २८ गतेसम्मका लागि टरेको छ। २०७५ जेठ ३ गते दुई पार्टी एक भएको घोषणा भएयता वास्तवमा दुई अध्यक्षबाहेक अन्यलाई कुनै जिम्मेवारी छैन। क्रियाशील राजनीति गर्ने नेतादेखि समर्थकसम्मलाई पार्टी कामको कुनै जिम्मेदारी नहुनु, कार्यक्षेत्र नतोकिनु एकप्रकारले राजनीतिक मृत्यु होइन र ! यो त साह्रै नकाम भयो। नेकपामा त्यत्रा मान्छे के गरिबस्छन्, के गरेर दिन काट्छन् ? उस्तै जाँगरिला युवाले विद्यावारिधि नै गरे पनिसमय पुग्छजस्तो लाग्छ। एक प्रस्तावित युवा केन्द्रीय सदस्य मसँग भन्दै थिए–‘पार्टीले केही काम दिएन। के गरौँ, के गरौँ लाग्यो, ल (कानुन) को जाँच दिएँ।’ उनी यो परीक्षा दिन योग्य रहेछन्। होलान् पास पनि। तर सबै नेकपा काम्रेड त्यस्ता हँुदैनन्। उनीहरूको अमूल्य समय त त्यसै खेर गएन र ! कति काम्रेड ‘होलटाइमर’ (पूर्णकालीन) थिए होलान्।

समन्वय समितिविरुद्ध उजुरी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाले जिल्ला समन्वय समिति ओखलढुंगाविरुद्ध उजुरी दिएको छ। समितिको विभिन्न ठाँउमा रहेको भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढंगले बाँडिएको विषयमा छानबिन गरी कारबाहीका लागि नेकपाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो।

यो के भनेको ?

जनताको जनवाद कि जनताको बहुदलीय जनवाद ? जज कि जबज ? यो विवादले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीलाई ग्रस्त पारेको छ। यो आन्तरिक विषय हो कि सार्वजनिक ? यसले नेपाल राज्यको बागडोर सम्हालेको पार्टीलाई गाँजेको देखिन्छ। तर नेपाली जनताले यसमा ठूलो चासो लिएको देखिँदैन। बुझेर चुप लागेका हुन् कि नबुझेर ? मैले कुनै भेउ पाउन सकेको छैन। मैले खुबै चाख लिएर बुझ्ने कोसिस गरेँ, तर पनि सकिनँ। उक्त दलका नेताहरूले यसमा खुबै रस्साकसी गरेको देखिन्छ, तर आमनागरिकलाई बुझाउने प्रयत्न गरेको देखित्र। कसैले बुझाइदिए म अनुगृहीत हुने थिएँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्