४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

समन्वय समितिविरुद्ध उजुरी

ओखलढुंगा – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाले जिल्ला समन्वय समिति ओखलढुंगाविरुद्ध उजुरी दिएको छ। समितिको विभिन्न ठाँउमा रहेको भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढंगले बाँडिएको विषयमा छानबिन गरी कारबाहीका लागि नेकपाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो।

भूकम्पपछि सगरमाथा जनता माध्यमिक विद्यालयको कक्षा कोठामा मौज्दात रहेको करिब आठ हजार थान त्रिपाल र समन्वय कार्यालय परिसर र रुम्जाटारमा रहेको ठूलो परिमाणको तारजाली समितिले मनोमानी ढंगले बाढेको नेकपाले दाबी गरको छ। तत्कालीन सबै राजनीतिक दलको सहभागितामा सगरमाथा जनता माध्यमिक विद्यालयको एउटा कक्षा कोठामा आठ हजार थानभन्दा बढी त्रिपाल र कम्बल राखिएको नेकपामा सचिवालय सदस्य नेत्रप्रसाद भट्टराईले बताए।

दलहरूसँग छलफलै नगरी समन्वय समितीका पदाधिकारीले मनोमानी ढंगले बाँडेर सकेको भट्टराईको आरोप छ। यस्तै स्थानीय सडक सहयोग कार्यक्रम (एलआइआरपी) र स्विस सरकार विकास नियोग (एसडिसी)ले समितिलाई जिम्मा लगाएको हजारांै थान जालीका विषयमा पनि नेकपाले चासो देखाएको छ।

जिल्ला समन्वय समितिको कार्यालय परिसरमा भण्डारण गरिएको हजारौं थान जाली र करिब ४० टनभन्दा बढी जाली बुन्न बाँकी तार अपादर्शी ढंगले समितिले बाँडेको सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले बताए। स्थानीय तहलाई सहभागी नगराई एकलौटी ढंगले कार्यकर्तालाई तारजाली बाँढिएको श्रेष्ठको भनाइ छ। समन्वय समितिले बाँढेको तारजालीको सदुपयोगभन्दा बढी दुरुपयोग भएको मेयर श्रेष्ठले बताए। यस विषयमा जिल्ला समन्वय समितीका सभापति जयबहादुर श्रेष्ठसँग बुझ्न खोज्दा आफू जिल्ला बाहिर रहेकाले भटेर मात्रै प्रतिक्रिया दिने बताए।
 

प्रकाशित: १९ श्रावण २०७६ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App