सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले हालै ‘साम्यवाद’ लाई पार्टीको ‘उद्देश्य’बाट झिकेर आफ्नो राजनीतिक प्रतिवेदनमा ‘दार्शनिक लक्ष्य’का रूपमा राखेकोछ। २००६सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीले इतिहासमा प्रमुख कम्युनिस्ट पार्टीले लक्ष्य साम्यवाद राखेका हुनाले अहिलेसम्म पार्टीको झण्डाको रङ रातो नै छ। साम्यवादका प्रणेतामाक्र्सले आफ्नोभाष्यमा समाजद्वन्द्वका क्रममा सामन्तवादबाट पुँजीवाद हुँदै समाजवादअनि साम्यवाद स्थापनाहुने ठोकुवा गरेका थिए। उनले यो साम्यवाद वर्गविहीन र राज्यविहीनहुने बताएकाथिए।
जहाँ सबै अन्तरविरोधहल हुने उनको भनाइ थियो। यसर्थ माक्र्सपनि इतिहास अन्त्य वादी हुन्। तर नेकपामा इतिहासको अन्त्यवादमाविश्वास कायमै छ। साम्यवाद जुन भू–स्वर्ग हो त्यो कहिले अन्तरविरोधात्मक चेतनाबोकेको मानवमा सम्भव हँुदैन। चेतनादुई विपरीत जीवन–मृत्यु, उज्यालो–अँध्यारो तथा स्त्री–पुरुष आदिधारणाबाट बनेको हुन्छ।
साम्यवाद संसारमा ल्याउने हो, नेपालमा नव उदारवाद, लोकप्रियतावाद र राष्ट्रवादले सञ्चालित नेकपाले कसरी साम्यवाद ल्याउला आश्चर्यको विषय बनेको छ।
चेतनाको यो अवस्था अन्त्य नहुन्जेल ‘युटोपिया’ हासिल हँदैन। हुन त ‘युटोपिया’ काल्पनिक समाजवादीहरूको उपज थियो। तर कम्युनिस्टहरू के विश्वास गर्थे भने माक्र्सले त्यो युटोपिया सम्भव छ भनी वैज्ञानिक व्याख्या र उपाय प्रस्तुत गरेका छन्। साम्यवादइसाई, यहुदी, स्वर्ग–नर्क शास्त्रसँग पनि सम्बन्धित छ किनभने राजनीतिक मनोवैज्ञानिकहरूले माक्र्सको व्यक्तित्वबारे अध्ययनगर्दा के पत्ता लगाएभने उनीयहुदीधार्मिक परिवारका भएकाले उनको अचेतनमनमा यहुदी स्वर्गको धारणा रहेको र जुन पछि राजनीतिक भू–स्वर्गका रूपमा प्रकट भएको थियो। हिन्दूहरूको रामराज्यपनित्यस्तै अवधारणा हो। तर विश्वमा साम्यवादको औपचारिक विसर्जन भएको ३० वर्षपछि नेपाल कम्युनिस्ट पार्टीलाई लाग्यो– साम्यवाद उद्देश्यका रूपमा राख्नउचित छ। सन् ९० देखि नवउदारवादीपुँजीवादको जगजगी रहेको वर्तमानविश्वमा नेपालका कम्युनिस्ट अत्यन्तएक्लो र असान्दर्भिक हुँदै गएका छन्।
उनीहरू नवउदारवादलाईनै आत्मसात् गरी नेपालमाशासनगरिरहेका छन्। सामूहिक सम्पत्ति र सहकारीमूलक समाजवादी अर्थतन्त्रको वकालतगर्नेहरू यो निरीह अवस्थामाआइपुगेका छन्। साम्यवादीहरूको यो नवउदारवादीकरणलाई हेगेलपन्थीमनोविश्लेषक स्लोभाजजिजेकले ‘फुकुयामावादी वामपन्थी’ नाम दिएका छन्। फ्रान्सिसफुकुयामा त्यस्ता दार्शनिकहुन् जसले सन् ९० को दशकमाभएको साम्यवादको पतन र उदारवादको विजयलाई इतिहासको अन्त्यभनीदाबी गरेका थिए। उनले त्यो अन्त्य प्रजातन्त्र र खुला अर्थतन्त्रमानव विकासको अन्तिम प्रणाली भएको दाबी गरेका थिए। तर अहिले युरोप, अमेरिका, एसिया र ल्याटिन अमेरिकामा लोकप्रियतावाद संकीर्ण राष्ट्रवाद र नश्लवादको उदयसँगै सही प्रजातन्त्रविरुद्ध इतिहास फर्किएको छ। यसर्थ विश्वमा दुवै इतिहासको अन्त्यवादीहरूबाट मोह भंगभएको अवस्था छ। तर नेकपाले भने नाममा मात्रभए पनि साम्यवादको उद्देश्य छाडेको छैन। कार्लमाक्र्सको साम्यवाद १९औं शताब्दीको विश्व र समाज दृष्टिकोणको कैदी थियो। माक्र्स मौलिक दार्शनिक पनि होइनन्।
बेलायती अर्थशास्त्र, जर्मन दर्शन र फ्रान्सेली काल्पनिक समाजवादको चित्रणबाट उनले माक्र्सवाद आविष्कार गरेका थिए। द्वन्द्ववादी त हेगेल थिए। उनको द्वन्द्ववादआध्यात्मिक प्रकृतिको थियो। जसमाआत्माको पूर्णताविकास र स्वतन्त्रतामाआधारित थियो। जसलाई उल्टाएर माक्र्सले द्वन्द्वात्मकभौतिकवादतयार गरे। यही द्वन्द्ववाद कम्युनिस्टहरूको साम्यवादसम्म पुग्ने विधिहो। माक्र्सले धर्म अफिमहो भने तर आजविश्वमा ९९ प्रतिशत मान्छे धर्मका संरचनाभित्र छन्। माक्र्सवादीहरूले धार्मिक जीवन र साधनको विकल्पदिन सकेनन्। यसर्थ अनिश्वरवादलाई आजजीववैज्ञानिक रिचर्ड डकिन्स, मनोवैज्ञानिक स्टिभन पिंकर, स्नायु वैज्ञानिक डेनियल डिनेट र पत्रकार÷लेखक क्रिस्टोफर हिचेन्सहरूले लोकप्रियबनाउँदै लगेका छन्। उनीहरूमाक्र्सवादीहोइनन्। उनीहरूको अनिश्वरवादको आधार भने नयाँ विज्ञान हो। हालै नेकपाभित्र पार्टी कार्यक्रम जनताको बहुदलीयजनवाद कि २१औंशताब्दीको जनवाद रहने भन्ने विवाद भयो। अन्ततः उनीहरू जनताको जनवादकार्यक्रममा सहमतभए,जुन अमूर्त छ। बिरालो कालो कि सेतो भन्ने विवाद गर्नुभन्दामुसापक्रनु ठूलो कुरा हो। तर नेकपाको दुईतिहाइको सरकार मुसापक्रनअसफल भइरहेको छ। चीनमा देङको बिरालोले धमाधममुसापक्रिरहेको छ। चीन जुन माओको नेतृत्वमा साम्यवादी राष्ट्र बनेको थियो तर आज ऊ कम्युनिस्ट होइन, कन्फुसियाली बनेको छ। आजचीनमा माक्र्सवादको केहीकुरा पनि नरहेको तर एकदलीय संरचनामा लेनिनवादीअंशहरू रहेको हङकङका पूर्वगभर्नर क्रिसप्याटन बताउँछन्। चीनले साम्यवादको सिद्धान्त होइन, ल्याटिन अमेरिकी कर्पोरेटवाद, पूर्वी एसियाली एकाधिकारवाद र युरोपेली सामाजिक कल्याणका सफलताहरूलाई गुपचुपप्रयोग गरिरहेको छ।
यसर्थ चीनमा आज माक्र्सको कम्युनिस्ट घोषणा पत्रभन्दा १३औं शताब्दीमाकुब्लाई खानको दरबार भ्रमण गर्ने इटालीका मार्कोपोलोको यात्रा विवरण महŒवपूर्ण भएको छ। जीवन पद्धतिका रूपमा माक्र्सवादले कहिले पनि परम्परा विस्थापन गर्न सकेन। माक्र्सवादमूलतः राजनीतिक–आर्थिक दर्शन थियो। साम्यवादी सरकार आएपछि नयाँ मान्छे, संस्कृति र समाजको जन्म हुन्छ भनिन्थ्योतर भएन। चीनआज पुँजीवादीअर्थतन्त्र भएको संसारकै सबैभन्दा ठूलो राष्ट्र भएको छ। पूर्वसोभियत संघमा ७० वर्षको शासनपछि पनि सन् ९० माजनता रोटीका लागिलाइनमा बस्नुप¥यो। सोभियत साम्यवादको पतनलाई बीसौं शताब्दीको सबैभन्दा ठूलो भू–राजनीतिक ध्वंस ठान्छन्,रुसका राष्ट्रपति भ्लादिमिर पुटिन। सोभियत साम्यवादमाक्र्सवादको असफलताले मात्रहोइन, अमेरिकासँगभू–रणनीतिक प्रतिस्पर्धाले गर्दापनि विघटन भएको हो। यसर्थ साम्यवादको यो भयंकर असफलताको ३० वर्षपछि नेकपाले आफ्नो राजनीतिकलक्ष्यमानाममात्रको ‘साम्यवाद’ राखेको छ। नेपाली साम्यवादीआन्दोलन घरेलु आन्दोलन हो। यो विश्व साम्यवादीआन्दोलनबाट प्रभावित त भयो तर विश्वमाप्रभाव देखाउन असफल भयो। नेपालमा साम्यवादीहरू फुकियामावादीहुँदै संसद्सम्म ‘एमाले–माओवादी’ पुग्नुलाई अक्सफोर्ड विश्वविद्यालयका साम्यवादअध्येताआर्ची ब्राउनगरिबीनै प्रमुख कारण भएको बताउँछन्। नेपालको गरिबी र पछौटेपनले गर्दा उनीहरूप्रति जनताको आकर्षण बढेको हो। जसको निर्णायकमध्यमवर्ग हुन्छ।
हालै नेकपाभित्र पार्टी कार्यक्रम– जनताको बहुदलीय जनवाद कि २१औं शताब्दीको जनवाद भन्ने विवाद भयो। अन्ततः उनीहरू जनताको जनवाद कार्यक्रममा सहमत भए, जुन अमूर्त छ। बिरालो कालो कि सेतो भन्ने विवाद गर्नुभन्दा मुसा पक्रनु ठूलो कुरा हो।
मध्यमवर्ग नहुँदो हो त आज संसार कि पुँजीपति कि सर्वहाराको हातमापुगिसकेको हुन्थ्यो। यहीमध्यमवर्गले बीचमाबसेर समाज रूपान्तरणमा महŒवपूर्ण भूमिका खेलेको छ। यो वर्ग आफ्नो स्वार्थ हेर्छ र समाजका दुई विपरीत ध्रुवमा रहेका पुँजीपति र सर्वहाराबीच बसिदिन्छ। उनीहरूलाई दुवै इतिहासको अन्त्यमा रुचि छैन। माक्र्स अब सग्लो रहेनन्। उनीसंसारबाट बिदाहुँदैछन्। अब माक्र्स प्राज्ञिक क्षेत्रमापुँजीवादको आलोचनामामात्र सीमित हुने देखिन्छ। उनले सपना देखेका थिए– साम्यवादको तर समकालीनविश्वत्यो सपनाबाट टाढा हुँदै गइरहेको छ। तर अझैपनि अर्का माओवादी नेतामोहन वैद्य आफूलाई वैज्ञानिक समाजवादी भन्छन् भनेविद्रोही विप्लव समूहकानेता सरकारसँगको वार्तामा वैज्ञानिक समाजवादबारे कुरामिल्नुपर्ने बताउँछन्।
संसारलाई स्वर्ग त बनाउननसकिएला तर नर्क हुनबाटजोगाउन सकिन्छ। यसर्थ साम्यवादी र गैरसाम्यवादीदुवै भू–स्वर्ग बनाउने नाममा नर्कतर्फको यात्रानहोस्। आजको विश्वमा सम्भव नभएको साम्यवादलाई उनीहरूले किनलक्ष्यका रूपमा राखे भन्ने प्रश्नको उत्तर सजिलो छैन। समाज अब पुँजीवादबाट ‘टेक्नो’ सभ्यतामागएको छ। तर नाममामात्रभएपनिउनीहरू १९औं शताब्दीको धङधङीमाबाँच्न बाध्य छन्। साम्यवाद संसारमा ल्याउने हो, नेपालमानवउदारवाद, लोकप्रियतावाद र राष्ट्रवादले सञ्चालित नेकपाले कसरी साम्यवादल्याउलाआश्चर्यको विषय बनेको छ। माक्र्सवादको जन्मभूमि युरोपमाआज साम्यवादी राजनीतिको कुनै संकेत छैन। यसर्थ यो लक्ष्यमहान् आदर्शका नाममाझुक्याउने चाल मात्र हो।साम्यवादको लक्ष्यवर्तमानअवस्थामाभ्रममात्रहो, यथार्थ होइन।
प्रकाशित: १० भाद्र २०७६ ०४:५५ मंगलबार