फेरि त्यस्तो दुर्भाग्य नहोस् !
दुईतिहाइ बहुमतको शक्तिशाली प्रधानमन्त्रीले पनि केही गर्न सकेनन् भने मुलुक फेरि कुनै न कुनै आन्दोलनतिर धकेलिन सक्छ वा कुनै कोणबाट ‘कु’ नै हुन सक्छ।
दुईतिहाइ बहुमतको शक्तिशाली प्रधानमन्त्रीले पनि केही गर्न सकेनन् भने मुलुक फेरि कुनै न कुनै आन्दोलनतिर धकेलिन सक्छ वा कुनै कोणबाट ‘कु’ नै हुन सक्छ।
‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ’ भन्ने ओलीको प्रतिबद्धता त झल्कियो तर उहाँले निशाना ठीक ठाउँमा लगाउन भने सक्नुभएको छैन।
हामीले लोकतन्त्रकै लागि भनेर २००७ सालको परिवर्तन ल्यायौँ। त्यसपछि पनि जति आन्दोलन भए, ती सबैमा हामी लोकतन्त्रकै निम्ति सडकमा उत्रियौँ। आखिर लोकतन्त्रकै लागि हामी किन यसरी बारम्बार लड्नुपरेको ? एकपटक लोकतन्त्र आइसकेपछि त पटकपटक लड्नुनपर्ने हो ! संसारमा लोकतन्त्रको राम्रो जग बसेका मुलुकहरूलाई हेर्ने हो भने यसरी सधैँ संघर्ष गरिरहनुपर्ने देखिँदैन। अमेरिका, बेलायत, युरोप, अस्ट्रेलिया, भारत इत्यादी जो लोकतन्त्रका लागि उदाहरणीय देश हुन् तिनमा हामीकहाँ जस्तो स्थिति देखिन्न। तर विश्वमा हाम्रै जस्तो पटकपटक लोकतन्त्र मासिने मुलुक पनि कम छैनन्।
हाम्रो देशमा आज र हिजो लागेको घातक रोग जसले राष्ट्रलाई संसारमा तल्लो स्तरमा पु¥याएको छ र झनै तल झार्दैछ, त्यो हो– भ्रष्टाचार। यो रोग यति घातक भएको छ कि देशको हरेक तह÷तप्काको प्रगतिमा ठूलै बाधक बनिसकेको छ।
पुस १६ गते मेरो घरमाआउने पत्रिकाका हेडलाइन सर्सर्ती हेरेँ। कहीँ कतै ‘समृद्ध नेपाल, सुखी नेपाल’ तिर लम्केको केही समाचार छ कि भनेर खोजेँ।त्यसपछि भित्र पल्टाएँ। ३–३वटा, त्यो पनि प्रमुख मानिएका ती पत्रिकामा आशा जगाउने समाचार कहीँ देखिएन। समाचार दिने क्रममा सरकारप्रति पूर्वाग्रह राखेर होच्याउन खोजेको पनि पाइएन। समाचार सही थिए र प्रमाण पनि। पत्रिकाभित्र होस् या अघिल्लो पेजमा,समाचार पढ्दा थाहा हुन्थ्यो कि मुलुक कुन अवस्थामा छ भन्ने।जुन उज्ज्वल भविष्यको संकेत थिएन।
अब त अति भो ! कति सहने सरकारको लापरबाही, निरीहपन र जनप्रतिको बेवास्ता ? वाचा ठूला–ठूला, सपना बाँड्ने अनेकौँ । जथाभावी आकाशै छुने गरी तर धरातलमा भने गर्ने कत्ति छैन । सिन्का पनि नभाँच्ने । दुई तिहाइको सरकार पायौँ भनेर जनता स्थिरता र प्रगतिपट्टि ढुक्क भएका थिए।
प्रायः हामी कसैलाई पनि माग्नेहरू मन पर्दैन। कुनै मन्दिर या मार्केट वरपर या कतै पनि माग्नेका झुन्ड देख्दा हामीलाई राम्रो लाग्दैन।
दत्तात्रेयका धेरै गुरु थिए र त्यसैले सबैसित सही शिक्षा लिएर उनी महान् सन्त भए । हाम्रा नेताहरूले पनि राम्रो शिक्षा जताबाट होस् लिएर जनताको सेवामा लागे मुलुकले अरु बढी दुःख भोग्न नपर्ने थियो कि ?
‘हामी कुन धारणा लिएर मधेस आएका थियौँ, मधेसमा यस्तो हुन्छ, उस्तो हुन्छ, कति झगडा पर्ने हो, के हुने हो ? हामीलाई के नजरले हेर्लान् ? तर, मधेस र मधेसीहरू यति अनुशासित, यति सौम्य देख्यौँ कि हाम्रो धारणा बदलिएको छ ।’ काडमाडौँबाट खटिएका ती प्रहरीले यसो भनेथे ।
'हात्तीको देखिने दाँत' अर्थात् भारतलाई मात्रै औँल्याएर के फाइदा? 'हात्तीको नदेखिने दाँत' अर्थात् पश्चिमा मुलुकको आर्थिक–धार्मिक–राजनीतिक प्रभावले हामी दबिइसकेका रहेछौँ। भिख माग्नेको कदर भिक्षा दिनेले किन गर्छ र? यो साधु–महात्माको कुरा हैन, जहाँ भिक्षा दिनेले आफूलाई धन्य ठान्छ।
माघ महिनामा दुई पटक मुलुकबाहिर जाने सुयोग जुर्यो, बाली र नयाँ दिल्ली। देशबाहिर जाँदा इमिग्रेसन र सिक्योरिटी सहजै थिए, तर अरु बाँकी भने लथालिंग। असनतिरकै जस्तो भीड थियो पर्खने कक्षमा, जहाँ बस्ने सिटसम्म पनि थिएन। सबै भरिभराउ र धेरै यात्रु खडेखडे।
हामीलाई गरिब बनाएको हाम्रो धर्म संस्कृतिले होइन। अहिले यही भ्रम फैलाएर हाम्रो हिन्दुत्व, बुद्धत्व, किरात, मगरातका धर्म नाश गर्ने काम भइरहेको छ।
सानोठुलो, नैतिकअनैतिक, परोपकारी वा स्वार्थी जस्तो भए पनि प्रत्येक व्यक्तिले कुनै न कुनै लक्ष्य लिएकै हुन्छ। त्यस्तै राजनीतिक पार्टी र राज्य चलाउनेहरूको पनि कुनै लक्ष्य हुन्छ। पार्टीको दर्शन, विचार र कार्यक्रम हुन्छ र तिनमा विश्वास गर्नेहरूको समूह बन्छ। ति