१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

जबज, जनताको जनवाद र जुछे

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आफ्नो संव्रmमणकालीन कार्यव्रmमका रूपमा ‘जनताको जनवाद’ अघि सारेको छ। कतिपयलाई यो २०७५ जेठ ३ गते नेकपा एकीकरणका अवसरमा अवलम्बन गरिएकाले जबजभन्दा नवीन विचार हो भन्ने भान परेको छ। वास्तवमा जनताको जनवाद जबजभन्दा निकै पुरानो सिद्धान्त र कार्यक्रम हो। जनताको जनवाद, नौलो जनवाद, राष्ट्रिय जनवाद, लोक जनवाद, माओवाद, जुछे विचार, प्रचण्डपथ सबै जे नामकरण गरिए पनि एउटै ड्याङका मुला हुन्। जनताको बहुदलीय जनवादबारे वैचारिक बहसमा टिक्न नसकेपछि नौलो जनवाद र प्रचण्डपथका भाष्यकारहरूले जनताको जनवादलाई बहस र बखेडाको नयाँ किल्ला बनाएका छन्।

जनताको बहुदलीय जनवादबिनाको जनताको जनवाद अधुरो र अपुरो हुन्छ। एक्लै नौलो जनवाद वा जनताको जनवादले सान्दर्भिकता गुमाइसकेका छन्।

प्रतिबन्धमा परेको नौलो जनवादको पुरानो रक्सी जनताको जनवादको नयाँ बोतलमा हालिएको छ। सेनापति काण्डमा प्रचण्डलाई ठोकाउने सुलसुलेहरू नै आज जबज विस्थापन गर्न जनताको जनवादलाई मिलनबिन्दु भनेर संवेदना उछाल्दै चामल दिएर कनिका साट्न उद्दत देखिन्छन्। जनताको जनवाद एउटा यस्तो सपाट चित्र हो, जसको रङभर प्रतियोगितामा उत्रने पार्टी वा नेतारूपी चित्रकारहरूले जबजदेखि प्रचण्डपथ हुँदै जुछे विचारधारासम्मका रङ भर्न सक्ने छन्। यसर्थ जनताको जनवाद र जबजबीचका समानता र अन्तरबारे प्रकाश पार्नु वाञ्छनीय भएको छ।

के हो जनताको जनवाद ?
देश र क्रान्तिका केही भिन्न विशेषताका आधारमा नामकरणमा फरक भए पनि नौलो जनवाद, जनताको जनवाद, लोक जनवाद, राष्ट्रिय जनवादमा ताŒिवक भिन्नता छैन। यी एउटै र उही सिद्धान्त हुन्। यही सिद्धान्तका आधारमा धेरै देशमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएका थिए। देश, काल र परिस्थितिअनुसार क्रान्तिका आआफ्नै विशेषता र विविधता भए पनि सबै देशका क्रान्तिमा अधारभूत रूपमा यही सिद्धान्त लागू भएको छ। मदन भण्डारीले क्रान्तिको यस सिद्धान्तलाई यसरी सूत्रबद्ध गरेको पाइन्छ:

 

१. माक्र्सवाद–लेनिनवादलाई क्रान्तिको मार्गदर्शक सिद्धान्तका  रूपमा स्वीकार गर्नु
२. पछौटे मुलुकहरूको माक्र्सवादी पद्धतिका आधारमा विश्लेषण गर्दै सम्बन्धित देशको ठोस स्थितिअनुरूप सामन्ती, अर्धसामन्ती, उपनिवेशी, अर्धउपनिवेशी, नव–उपनिवेशी के हो भनी आधारभूत सामाजिक चरित्र निरुपण गर्नु
३. लक्ष्यका रूपमा सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादविरुद्ध प्रहार गर्नु
४. सामाजिक मुक्ति र राष्ट्रिय स्वाधीनता हासिल गर्नु
५. क्रान्तिको नेतृत्वदायी वर्ग र शक्तिका रूपमा सर्वहारा श्रमजीवी वर्ग र त्यसको माक्र्सवाद–लेनिनवाद मार्गदर्शनमा चल्ने राजनीतिक पार्टीद्वारा नेतृत्वको अभिभारा वहन गरी तदनुरूप विकास गर्नु
६. क्रान्तिका आधारभूत तथा निर्णायक शक्तिका रूपमा मजदुर किसान र दृढ सहयोगीका रूपमा निम्न पुँजीपति वर्गका अन्य तहहरूको भूमिका एवं मध्यम वर्ग(राष्ट्रिय पुँजीपति वर्ग र धनी किसान)को दोहोरो चरित्रका बीच सहयोगी भूमिका स्वीकार गर्नु र उक्त वर्गीय भूमिकाकै आधारमा सम्बन्धित वर्गलाई प्रतिनिधित्व गर्ने राजनीतिक, सामाजिक वा वर्गीय संगठनहरूसँग सम्बन्ध निर्धारण गर्नु
७. वर्तमान क्रान्तिद्वारा पुँजीपति वर्गको अधिनायकत्व भएको पुँजीवादी राज्य होइन र सर्वहारा श्रमजीवी वर्गको अधिनायकत्व भएको समाजवादी राज्य पनि होइन, सामन्तवाद–साम्राज्यवादविरोधी विभिन्न वर्ग–तहका आमजनताको संयुक्त जनवादी अधिनायकत्व भएको तेस्रो खालको राज्य सत्ता स्थापना गर्नु
८. वर्तमान युगको नयाँ क्रान्ति पुरानो युगको पुँजीवादी जनवादी क्रान्तिजस्तो होइन र सर्वहारा समाजवादी क्रान्ति पनि होइन, साम्राज्यवाद र सर्वहारा क्रान्तिको नयाँ युगमा गरिने नयाँ खालको पुँजीवादी जनवादी क्रान्तिका रूपमा क्रान्तिको चरित्र स्वीकार गर्नु
९. सामन्तवाद र साम्राज्यवादको शोषण, उत्पीडनका आधारहरूलाई समाप्त पारेर उत्पादक शक्तिलाई शोषणबाट मुक्त गर्दै आर्थिक क्षेत्रमा निजी होइन, सरकारको प्रधान भूमिकाका आधारमा एकाधिकार पुँजीवादलाई समाप्त गर्दै पुँजीलाई नियन्त्रित रूपमा विकास गर्नु
१०. अर्थतन्त्रमा रहेको राजकीय क्षेत्रको भूमिकालाई उचित ढंगले वृद्धि गर्दे समाजवादमा संक्रमण गर्ने भौतिक र सांस्कृतिक तयारी गर्नु
११. वर्ग संघर्षलाई आधार बनाएर सामन्तवाद–साम्राज्यवादविरोधी आमजनताको क्रान्तिकारी संघर्षमार्फत क्रान्तिमा विजय प्राप्त गर्ने बाटो लिनु
प्रयोग र परिणाम

 

जनताको बहुदलीय जनवादबारे वैचारिक बहसमा टिक्न नसकेपछि नौलो जनवाद र प्रचण्डपथका भाष्यकारहरूले जनताको जनवादलाई बहस र बखेडाको नयाँ किल्ला बनाएका छन्।

जनवादी क्रान्ति सम्पन्न भएका मुलुक र अन्य देशमा संघर्षरत कम्युनिस्ट पार्टीहरूका कमीकमजोरीका कारण माक्र्सवाद, लेनिनवाद र जनताको जनवादमा गम्भीर क्षति पुगेको छ र यी सिद्धान्तको प्रतिष्ठा घटेको छ। निश्चय पनि समाजवादी सरकारहरूले सामाजिक न्यायका हिसाबले मानव जातिलाई नै अभूतपूर्व गुन लगाएका हुन्। २०औँ शताब्दीको महानतम घटना अक्टोबर क्रान्तिपछि स्थापित सोभियत समाजवादको असफलता, उत्तर कोरियामा जनताको जनवादको भ¥याङ भएर कम्युनिस्ट पार्टीको प्रमुखका नाममा  झाँगिएको वंशवादी शासन र नेपालमा समेत भएका कमीकमजोरीले नौलो जनवाद वा जनताको जनवादले बाँकी विश्व समुदायमाझ ख्याति कमाउनुको सट्टा विश्वास गुमाएको विगत पनि छ।

के हो जनताको बहुदलीय जनवाद ?
सोभियत समाजवादी मोडलको असफलता र अन्य देशमा कम्युनिस्ट आन्दोलनले खाएका धक्का र प्रतिष्ठामा पुगेको क्षतिका विषयमा बाह्य कारण देखाएर आन्तरिक कमजोरीमा पर्दा लगाउनेको भिडबाट अलग रहेर मदन भण्डारीले आन्तरिक कमजोरीमा प्रकाश पार्दै त्यस प्रकारका गल्ती दोहोरिन नदिन माक्र्सवादको पुनव्र्याख्या गरेकाप्रति धेरैले आग्रहको चस्मा खोल्न सकेका छैनन्। नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवाद माक्र्सवादको नवीनतम पुनव्र्याख्या हो। सन् १९९० को दशकमा सोभियत समाजवाद ढल्दा विश्वका वामपन्थीको ओठ–तालु सुके पनि भण्डारीले उक्त असफलताका बाह्य र आन्तरिक कमजोरी यसरी औँल्याउदै जबजमार्फत ती गल्ती दोह¥याउन नहुनेमा जोड दिएको देखिन्छ ः

१. सोभियत संघविरुद्ध सुरुदेखि नै पुँजीवादी पन्थीहरूको सशस्त्र आक्रमण, आर्थिक नाकाबन्दी, व्यापक वैचारिक हमलाजस्ता प्रहार हुनु
२. समाजवाद निर्माण प्रक्रियामा नियन्त्रण र सन्तुलनको स्थिति कायम गर्न नसक्नु
३. पुँजीवादसँगको प्रतिस्पर्धाका क्रममा उत्पन्न हुँदै गएको नयाँ परिस्थितिको मूल्यांकन गरी रचनात्मक ढंगले अघि बढ्न नसक्नु
४. उत्पादन प्रक्रियामा अन्तरक्षेत्रीय प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गर्दै साधनहरू परिचालन गर्ने कुरामा ध्यान दिन नसक्नु
५. समस्त राजकीय तथा आर्थिक मामिलामा समेत जनताका स्वतन्त्र इच्छाहरू अभिव्यक्त हुन नदिनु
६. लोकतान्त्रिक, कानुनी राज तथा पार्टी एवं राज्यबीच सम्बन्धको उचित समाधान नहुनु र अझै राज्यको केन्द्रीय निकायका इच्छाहरूलाई व्यक्ति–व्यक्तिको तहसम्म लगेर बलात् स्थापना एवं नियन्त्रण गर्नेजस्ता विशाल नोकरशाही तन्त्रका अति केन्द्रित–नियन्त्रित प्रणालीले समाजवादको आन्तरिक जीवन कमजोर बनाउनु
७. समय छँदै र ठीक ढंगले यस्ता कमजोरी हटाउने काम नहुनु।

समाजवाद प्रयोग दौरानमा भएका यिनै गल्ती दोहोरिन नदिन मदनले जनताको जनवाद वा नौलो जनवादमा केही महŒवपूर्ण अन्तरवस्तु थपेर ओढारमा रमाउने वामपन्थीहरूलाई भण्डार थमाउने आधार खडा गरेका भए पनि मदन र जबजविरुद्ध  बदला सिलसिला रोकिएको छैन। देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र वामपन्थी आन्दोलनको त्रिवेणीका रूपमा नेपालको वामपन्थी आन्दोलनलाई स्थापना गर्दै मार्गदर्शन गर्ने सिद्धान्त जनताको बहुदलीय जनवादमा जनताको जनवादका सबै सकारात्मक अन्तरवस्तु त छन् नै, त्यसमाथि निम्न थप तŒव आत्मसात् गरिएका छन् ः

१. संविधानको सर्वाेच्चता
२. बहुलवादी खुला समाज
३. शक्ति पृथकीकरण
४. मानव अधिकार संरक्षण
५. बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था
६. आवधिक निर्वाचन
७. बहुमतको सरकार तथा वैधानिक प्रतिपक्ष
८. कानुनी राज्य
९. जनताको लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण
१०. वैदेशिक पुँजी तथा प्रविधि उपयोग
११. क्रान्तिलाई साथ दिने जमिन्दारलाई क्षतिपूर्ति
१२. सन्तुलित र मर्यादित विदेश नीति
यसरी हेर्दा जनताको बहुदलीय जनवादबिनाको जनताको जनवाद अधुरो र अपुरो हुन्छ। एक्लै नौलो जनवाद वा जनताको जनवादले सान्दर्भिकता गुमाइसकेका छन्। जबजको सान्दर्भिकता र जनताको जनवादबारे समयक्रममा उठेका प्रश्न र आशंकाले यी दुई सिद्धान्तलाई कहाँको सगरमाथा र कहाँको ट्याम्के डाँडा बनाइसकेका छन्। जबज र जनताको जनवादका निम्न लिखित अन्तरले समेत कार्यकर्ताको अदालतको रोजाइलाई संवेदनाको उछालले प्रभाव पार्न नसक्ने देखिन्छ ः

 

प्रकाशित: ३१ श्रावण २०७६ ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App