नेकपामा सिदा कि बिदा ?
सकभर सहकर्मीमा सुधार र परिपक्वताको खेती गर्ने, नभए आफैँ जोगिन मुस्किल पर्ने स्थिति आए अलग अस्तित्व बाटो रोजेर पूर्वएमालेको मौलिकता जोगाउने ओली प्रयास र स्थायी कमिटीको बहुमतबीच द्वन्द्व छ।
सकभर सहकर्मीमा सुधार र परिपक्वताको खेती गर्ने, नभए आफैँ जोगिन मुस्किल पर्ने स्थिति आए अलग अस्तित्व बाटो रोजेर पूर्वएमालेको मौलिकता जोगाउने ओली प्रयास र स्थायी कमिटीको बहुमतबीच द्वन्द्व छ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आफ्नो संव्रmमणकालीन कार्यव्रmमका रूपमा ‘जनताको जनवाद’ अघि सारेको छ। कतिपयलाई यो २०७५ जेठ ३ गते नेकपा एकीकरणका अवसरमा अवलम्बन गरिएकाले जबजभन्दा नवीन विचार हो भन्ने भान परेको छ। वास्तवमा जनताको जनवाद जबजभन्दा निकै पुरानो सिद्धान्त र कार्यक्रम हो। जनताको जनवाद, नौलो जनवाद, राष्ट्रिय जनवाद, लोक जनवाद, माओवाद, जुछे विचार, प्रचण्डपथ सबै जे नामकरण गरिए पनि एउटै ड्याङका मुला हुन्। जनताको बहुदलीय जनवादबारे वैचारिक बहसमा टिक्न नसकेपछि नौलो जनवाद र प्रचण्डपथका भाष्यकारहरूले जनताको जनवादलाई बहस र बखेडाको नयाँ किल्ला बनाएका छन्।
विभाजन, घात–प्रतिघात र एक अर्काविरुद्ध उपयोग हुने घातक राजनीतिक दाउपेजहरूको खतरा टार्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एकातिर आफू सही लिकमा उभिँदैछ भने अर्कोतिर देशको मियोको भूमिकामा आएको छ।
देश बन्ने दिलले हो। एक असल राजनेताको राजनीतिक श्रेष्ठताको कसी उसको नबांगिएको नियत नै हो। महाकवि देवकोटाले ‘मानिस ठूलो दिलले हुन्छ’ भनेर त्यसै भनेका होइनन्। एसएस राजामौलीद्वारा निर्देशित साउथ इन्डियन चलचित्र वाहुवलीले गृह निर्माणका लागि चाहिने मूल तत्व महान् हृदय नै हो भन्ने सन्देश दिएको छ।
परिवर्तित विश्वमा माक्र्सवादलाई सान्दर्भिकताको त्राण दिनु र जनसमर्थनको जगमा उभ्याउनुसँगै मदन भण्डारीले एमालेको अटल सौभाग्यको भाग्यरेखा कोरेकामा कसैको विमति नरहला।
अचेल जनता र एमालेबीच दरार पार्न कांग्रेस नेताहरूको मुखमा ‘कम्युनिस्टहरू’ ‘अधिनायकवाद’ जस्ता शब्दहरू झुण्डिने गरेका छन्। यी शब्दहरूको प्रयोग जानिबुझी गरिएको छ। अवश्य पनि कम्युनिस्ट आयातित शब्द हो।
नुनबिनाको अचार र सर्जामबिनाको नुन उपयोगी हुँदैन । सत्य जहिले पनि बीचमा हुन्छ । एकताको सट्टामा विचार फ्याँकिहाल्ने वकालत गर्नु, स्थापित सिद्धान्त, मूल्य र मान्यतालाई फाटेको चप्पलजस्तै त्याज्य ठान्नु, एकतासँग विचारको अंगभंग, बिव्रmी वा विस्थापन गर्ने दाउ हेर्नु निष्ठाको राजनीति होइन ।
अहिले एमाले र माओवादीको अवस्था लिभिङ टुगेदरमा रहेका युवकयुवतीको जस्तो छ । हतारमा विवाह गरेर पछि पारपाचुके गर्नुभन्दा लिभिङ टुगेदरको अवधि लम्ब्याएर एक अर्कालाई बुझ्नु बुद्धिमानी भएजस्तै पर्याप्त गृहकार्य र खुला छलफलपछिको पार्टी एकता दिगो, भरपर्दो र सुखद परिणामदायी हुनेछ ।
फोनमा मौजुद रहेको सेवा, सामथ्र्य वा गुणले घडी, रेडियो, टिभी, क्यालकुलेटर, फोन र फ्याक्सको बजार एकैसाथ संकटमा पर्नुमा फोनको दोष नरहेजस्तै देशभक्त हुन राजभक्त हुनैपर्ने, लोकतन्त्रवादी हुन कांग्रेस हुनैपर्ने र क्रान्तिकारी हुन हतियार उठाउनैपर्ने जडता तोड्नुमा एमालेको दोष छैन ।
माक्र्सवाद र विनयपिटकको केही हदसम्म दोभानजस्तो हो, जबज । माक्र्सवादको यो नेपाली संस्करण देख्न पाएको भए सायद अम्बेडकर पनि भिन्नै निष्कर्षमा पुग्थे होला ।
आजको कांग्रेस कोइराला, सिंह र निधी परिवारका वंशज र अंगीकृत उत्तराधिकारीहरुका लागि नाफा कमाउने र साख गुमाउने माध्यममात्र बनेको छ।
मनुदेखि महात्मा गान्धीसम्म मेकियावेलीदेखि माक्र्ससम्मका चिन्तकले राज्य र राजनीतिका बारेमा ज्ञान र अनुभवको गंगा उछालेका छन्।
कस्तूरी मृग आफूसँग भएको मासुका कारणले मात्र नभई बिनाका कारणले अन्य मृगभन्दा बढी खतरामा रहेजस्तै देश र जनताको पक्षमा दिल, दिमाग, दृष्टिकोण, दम, द्रव्य र दलबलको आपूर्ति गरेकै कारण एमाले संगठकहरु अहिले नेपालको अस्तित्व र समृद्धि नचाहने जतिको निशानामा छन्।
हरेक संकटले अवसर पनि ल्याउँछ। 'जिउँदो हात्ती एक लाख मरे हात्ती दुई लाख' त्यसै भनिएको होइन। ओली सरकारले आफ्नो नौ महिने शासनकाल, जाँदाजाँदैको घडीमा समेत छाडेर गएका केही दूरगार्मी प्रभावभन्दा पनि त्यसको रक्षा र निरन्तरताको पक्षमा उभिएको सचेत जनमत एक उदाहरण हो। योबीचमा ठूला राजनीतिक दल र तिनका केही थान हर्ताकर्ता नेताको राजनीतिक डिप्रेसन र अरुको योग्यता, इमान, देशभक्ति, लोकप्रियता र महानायकीय भूमिकाप्रतिको जलन सतहमा आएको छ।
राष्ट्र र राजनीतिक स्कुलिङले हरेक कालखण्डमा समान कदका नायक पाउन सम्भव हँुदैन। किनकि मानव सभ्यताको विकास नै असमान ढंगले भएको हुन्छ। एउटै सामन्तवादी युगमा पनि सबै राजा पृथ्वीनारायण शाह जस्तै लक्ष्यवर्ती रहेनन्।