२१ आश्विन २०८१ सोमबार
image/svg+xml

स्कूल विभागमा किचलो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला राजनीतिक रूपमा प्रशिक्षित गराउने स्कूल विभाग कसले लिने भन्नेबारे किचलो उत्पन्न भएको छ। पूर्वएमालेको भागमा परेको स्कूल विभाग ईश्वर पोखरेललाई प्रमुख बनाउने तयारी गरिरहेका बेला अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले दाबी गरेपछि थप किचलो उत्पन्न भएको हो।

ओली–गौतम सम्बन्ध नजिकिँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमको सम्बन्ध नजिकिन थालेको छ। गत पुुुसमा सम्पन्न स्थायी कमिटीको बैठकमा गौतमले फरक मत राखेपछि बिग्रेको सम्बन्ध बिस्तारै सुधार हुँदै आएको हो। गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए। ‘असार २८ मा गौतमको जन्मदिन रहेछ, त्यसदिन प्रधानमन्त्रीज्यूले उहाँको जन्मदिन सँगै मनाउने इच्छा व्यक्त गर्नुभयो र मिठाई बाँडेर जन्मदिन मनाइएको थियो,’ बालुवाटार स्रोतले भन्यो।

ओली कामरेड, राज्य कसको ?

केही हप्ताअघि मोफसलमा एक अन्तरक्रिया आयोजना गरिएको थियो। आहुतिलगायत अन्य दिग्गज कामरेडहरू वक्ता रहेका सो कार्यक्रममा छलफलको विषय थियो– ‘नेपालमा कम्युनिस्ट पार्टीको भविष्य।’ यस्तो वाहियात विषयमा अझै छलफल, अन्तरक्रिया, बहस गरेर समय खेर फाल्नु मूर्खता मात्रै हो। अब कुन र कस्तो कम्युनिस्ट पार्टीको भविष्य खोज्दै छौँ, हामी ? हाल देशमा कम्युनिस्ट पार्टीकै सरकार छ।

ओली कामरेड, राज्य कसको ?

केही हप्ताअघि मोफसलमा एक अन्तरक्रिया आयोजना गरिएको थियो। आहुतिलगायत अन्य दिग्गज कामरेडहरू वक्ता रहेका सो कार्यक्रममा छलफलको विषय थियो– ‘नेपालमा कम्युनिस्ट पार्टीको भविष्य।’ यस्तो वाहियात विषयमा अझै छलफल, अन्तरक्रिया, बहस गरेर समय खेर फाल्नु मूर्खता मात्रै हो। अब कुन र कस्तो कम्युनिस्ट पार्टीको भविष्य खोज्दै छौँ, हामी ? हाल देशमा कम्युनिस्ट पार्टीकै सरकार छ।

‘एकीकरण प्रक्रिया नै खलबलियो’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावल संसददेखि सामाजिक सञ्जालसम्म स्पष्ट धारणाका कारण चर्चामा छन् । आफ्नै दलको सरकारका निर्णयमा चित्त नबुझ्दासमेत उनी आलोचना गर्न पछि पर्दैनन् ।

नेकपाले छाड्यो जबज

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीको मूल कार्यदिशा जनताको जनवाद भएको बताएका छन्। पार्टीको कार्यदिशाबारे विवाद भइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एउटै मञ्चबाट जनताको जनवादमा जाने बताएका हुन्। तत्कालीन एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको एक्काईसौं शातब्दीको जनवाद दुवैलाई छाड्दै नेकपाले जनताको जनवादलाई कार्यदिशा बनाएको हो।

समझदारीबाट पछि हटे दुर्भाग्य : दाहाल

सहमति र एकताको आधारबाट जोकोही अलिकति पनि विचलित हुन थाले त्यसलाई खण्डन र आलोचना गर्नेबारेमा पार्टीमा सर्वसम्मति भएको अध्यक्ष दाहालको दाबी ।

ओलीप्रति अविश्वास

यतिबेला मुलुकका कार्यकारी प्रमुख हुन्– नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली। उनको वरिपरि देशको राजनीति घुम्ने गरेको छ। यसलाई हामीले स्वाभाविकै रूपमा लिनुपर्छ। उनका हरेक अभिव्यक्ति तथा व्यवहारले गहिरो अर्थ राख्ने गरेका छन्। मतदाताले उनको नेतृत्वलाई पत्याएर यस स्थानमा पुगेका हुन्, ५ वर्षका लागि। यस वास्तविकतालाई कतिपयले पचाउन नसकेका पनि हुन सक्छन्, उनका दलभित्र होस् अथवा बाहिर।

नेकपाको सचिवालय बैठक शुक्रबार

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको युरोप भ्रमणअघि रोकिएको सचिवालय बैठक शुक्रबार पुनः बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार दिउँसो भेटघाट भएपछि रोकिएको बैठक शुक्रबारका लागि तय भएको हो ।

विवादको भुमरीमा सरकार

सरकारले गरेका निर्णयबाट न्यायभन्दा बढी अन्याय भएको महसुस नागरिकले गरेका छन्। त्यही कारण सरकारका हरेक निर्णय विवादमा तानिएका छन्।

कम्युनिस्टहरुको शासन आएपछि जनता दास भएः गगन थापा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपालमा कम्युनिस्ट पार्टी जनताका निम्ति काम गर्ने नभएर सिंहदरबारको अधिकार प्राप्तिका लागि एक भएको आरोप लगाएका छन्। अछामको मुजाबगरमा आइतबार आयोजित कांग्रेसको आमसभालाई सम्बोधन गर्दै थापाले दुई पार्टीबीच मिलन भएकाले अहिले सरकारको काम कारवाहीबाट जनता निराश भएको बताए।

लोकसेवा विज्ञापनको विपक्षमा जनार्दन शर्मा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता तथा सांसद जनार्दन शर्मा लोकसेवाआयोगले निकालेको विज्ञापनको विपक्षमा उभिएका छन्। पूर्व मन्त्रीसमेत रहेका शार्माले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगको विज्ञापन संविधानकाेमूल मर्म विपरीत रहृेको बताए।

केन्द्रीय सदस्यको कार्यविभाजनमा सकस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुलाई केन्द्रीय सदस्यको कार्यविभाजनमा सकस परेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्षपछि केन्द्रीय सदस्यहरुलाई जिल्ला कमिटी इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न जारी सचिवालय बैठकमा शीर्ष नेताहरुबीच सहमति जुट्न सकेको छैन।

दलितको योगदानकै कारण जनयुद्ध सम्भव भयोः दाहाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहलले दलितकै योगदानका कारण १० वर्षे जनयुद्ध सम्भव भएको बताएका छन्।

दुई अध्यक्षबीच भएको लिखित सहमतिबारे पार्टीलाई कुनै जानकारी छैनः नेपाल

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेता नेपालले दुई अध्यक्षबीच भएको लिखित सहमतिबारे पार्टीलाई कुनै जानकारी नभएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्