१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खम्म खत्री


खम्म खत्रीका लेखहरु :

कोरोना त्रास : सीमा जाेडिएकाे पुल भत्काइयो

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी बगुडा र बाजुराको बुढीगंगा नगरपालिका बाह्बिस जोड्ने बुढीगंगा नदी माथिको झोलङ्गे पुल भत्काईएको छ। सरकारले हालै लकडाउनमा कडाई गर्नलाई एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नपाईने निर्णय गरेपछि बाजुरा जिल्लाबाट अछाम–बाजुरा आवत–जावत गर्ने क्रम नरोकिएपछि यस्तो गरिएको हो।

अछाम पुगेर कांग्रेस नेता बडुले भने, ‘एमसिसी पास हुनुपर्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडुले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) पास हुनु पर्ने बताएका छन्।

अछाममा प्रदेशकै ठूलो धनराशिको भलिबल प्रतियोगिता हुने

अछामको साँफेबगरमा सुदूरपश्चिम प्रदेशकै ठूलो धनराशीको भलिबल प्रतियोगिता हुने भएको छ। जिपी कोईराला प्रतिष्ठान जिल्ला शाखा अछामको आयोजनामा ठूलो धनराशिको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ।

अछाममा छाउगोठभित्रै युवतीको मृत्यु

अछामको साफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा सोमबार एक युवतीको छाउपडी गोठमा मृत्यु भएको छ।

अछामको मेल्लेखमा नेकपाका रमेश खड्का विजयी

मेल्लेख गाँउपालिका वडा नम्वर ५ बिन्देवासिनीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रमेश खड्का विजयी भएका छन्। उनले नेपाली कांग्रेसका वीरबहादुर बोहरालाई २१५ मतले पछि पार्दै विजयी भएका हुन्।

राजनीतिक अस्थिरताले खेल क्षेत्र विकास हुन सकेनः रावल

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले राजनीतिक अस्थीर वातावरण द्धन्द्ध र देशको आर्थिक अवस्था कमजोरीका कारणले खेलकुदको क्षेत्रमा विकास हुन नसकेको बताएका छन्।

भीरबाट खसेर एक जनाको मृत्यु

भीरबाट खसेर अछाममा एकजनाको ज्यान गएको छ। बुधबार घर नजिकैको जंगलमा दाउरा चिर्न जाने क्रममा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नाको भीरबाट खसेर ज्यान गएको हो।

अछाममा डुबेर २ जनाको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर अछाममा दुई जनाको ज्यान गएको छ। शनिवार विहान बाख्रा चराउन घर नजिकैको जंगलमा गएका १३ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको अछामको मंगलसेन नगरपालिका वडा नं ७ जनालीमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हो।

चाउचाउ ल्याइदिन्छु भन्दै गएकी आमा चढेको जिप दुर्घटनामा परेपछि...

अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडाकी कौसी साउद भदौ १३ गते शुक्रबार बिहानै छोराछोरीलाई बजारबाट चाउचाउ, बिस्कुट ल्याइदिने भन्दै फकाउँदै थिइन्। मुलाको भारी बोकेर हिड्न लागेको देख्दा दुई बर्षको कान्छो छोरो गणेश उनलाई पछ्याउँदै रोइरहेको थियो। आफू बजारबाट छिट्टै फर्किने र चक्लेट ल्याइदिने भन्दै उनी रोइरहेको छोरालाई छोडेर हिँडिन्। उनीसंगै उनकी सासु नाता पर्ने किथ्थी पनी आलुको भारी बोकेर उनीसंगै साँफेबगर तर्फ लागिन्।

नाच्नेक्रममा विवाद, कुटपिटबाट एकको मृत्यु

दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। अछामको ढकारी गाउँपालिका वडा २ मा सोमबार दिउँसो तीजमा नाच्ने क्रममा स्थानीय दुइर् युवा समूहकाे झडपमा एक जनाकाे मृत्यु भएकाे हाे।

अछाममा बदेलको आतंक : भोकमरीको चिन्ता

जंगली जनावर बदेलले पाक्नै लागेको बाली नष्ट गर्न थालेपछी किसान चिन्तित बनेका छन्। मकै, धान, कोदो जस्ता बर्खे बाली उम्रिने बेला देखी नै बँदेलले खाएर नष्ट गर्न थालेपछि भोकमरी हुने भन्दै चिन्तितमा कृषक छन्। बँदेलबाट बाली जोगाउने चुनौती कुनै निश्चित एक गाउँ किसानलाई मात्र नभएर जिल्लाका अधिकांश किसानलाई यो चुनौति छ।‘

अछाममा जीप दुर्घटनाः २ जनाको मृत्यु, ५ घाइते

अछामको साँफेवगरबाट मेल्लेख गाउँपालिकाको कस्कोटको लागि छुटेको यात्रुवाहक जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो।

अछाममा ८४ प्रतिशत जनता विद्युत पहुँच बाहिर

मेल्लेख गाउँपालिका र विद्युत प्राधिकरण अछाम वितरण केन्द्रको सयुक्त पहलमा अछामको मेल्लेख गाउँपालिकाका सबै वडाहरुमा विद्युतीकरणको काम भईरहेको छ। विद्युत प्राधिकरण अछामले जिल्लाका दुर्गम गाउँमा विद्युत विस्तार गर्न थालेपछि स्थानीय खुशी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्