७ वैशाख २०८१ शुक्रबार
समाज

साफेबगरमा नागरिक सहायता कक्ष

अछाम - अछामको साँफेबगरमा इलाका प्रहरी कार्यालय साफेबगरले नागरिक सहायता कक्ष स्थापना गरेको छ। दशै दीपावली र छठ पर्वको अवसरमा समुदायमा हुने हिँसात्मक गतिविधि न्यूनिकरणका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरीले बताएको छ।

समुदायलाई लक्षित गरेर स्थापना गरिएको नागरिक सहायता कक्षले सबै सर्वसाधारणलाई सहज हुने साफेवगर नगरपालिका उपप्रमुख बिरमला बुड्थापाले बताइन्। उनले भनिन्, 'प्रहरी एक्लैले मात्र शान्ति सुरक्षा कायम गर्न नसक्ने हुँदा सभ्य समाज निर्माणका लागि नागरिकले समेत सचेत हुनुपर्छ।'

ईलाका प्रहरी कार्यालय साँफेबगरको जीप पार्कमा नागरिक साहायता कक्षको स्थपना गरिएको छ। दशै दीपावली तथा छठ पर्वको अवसरमा यात्रुहरुको सहजताका लागि र  शान्ति सुरक्षा कायम गर्न  नागरिक सहायक कक्षको स्थपना गरिएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा प्रहरी निरीक्षक नरपती भट्टले बताए।

प्रहरी सधै नागरिकको साथमा रहेको भट्टले बताए । उनले नागरिकलाई केही अफ्ट्यारो वा असहज भए १०० वा ०९७—६२५१०० मा सम्पर्क गर्न आग्रह गरे।

प्रकाशित: ६ आश्विन २०७६ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App