१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अछाममा प्रदेशकै ठूलो धनराशिको भलिबल प्रतियोगिता हुने

अछाम- अछामको साँफेबगरमा सुदूरपश्चिम प्रदेशकै ठूलो धनराशीको भलिबल प्रतियोगिता हुने भएको छ। जिपी कोईराला प्रतिष्ठान जिल्ला शाखा अछामको आयोजनामा ठूलो धनराशिको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ।

शनिबार साफेबगरमा पत्रकार सम्मेलन गरी स्वर्गिय पूर्व प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोईरालाको स्मृतीमा प्रजातन्त्र दिवसको अवसर पारी भलिबल प्रतियोगिताको आयोजना गरिएको जिपी कोईराला प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुंगानाले बताए।

प्रतियोगितामा प्रथम पुरस्कार नगद ५ लाख रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाण पत्र , दिद्धिय पुरस्कार २ लाख ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाण पत्र, तृतिय पुरस्कार १ लाख ५० हजार रुपैयाँसहित ट्रफि, मेडल तथा प्रमाण पत्र, सान्तवना पुरस्कार ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाण पत्रको व्यवस्था गरिएको छ। साथै खेल अवधिभर बिभिन्न विद्यामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था रहेको छ। जिपी कोईराला प्रतिष्ठानले आयोजना गर्ना लागेको भलिबल प्रतियोगिताले खेलाडीहरुलाई हौसला थप्ने र भ्रमण वर्षलाई पनि टेवा पुग्ने स्थानीयवासीको विश्वास छ।

उक्त प्रतियोगतामा सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्ला, पालिका, संघसंस्था, कर्मचारी तथा व्यक्तिगत रुपमा टिम दर्ता गर्न पाउने छन्।  प्रत्येक टिमबाट ११ जना खेलाडी सहभागी गराइने उक्त प्रतियोगितामा कुनै ३ जना खेलाडी प्रदेश भन्दा बाहिरबाट पनि सहभागी गराउन पाउने व्यवस्था रहेको आयोजकले जनाएको छ।

खेलमा कुनै पनि विदेशी टिम तथा व्यक्तिलाई सहभागी नगराउने भएको छ। प्रतियोगितामा टिम दर्ता शुल्क ११ हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित: ३ फाल्गुन २०७६ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App