२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कम्युनिस्ट सरकारको राणा र पञ्चायत जस्तै हालत हुन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको सरकारले आफ्ना निरङकुश गतिविधिहरु नसच्याए राणा र पञ्चायतको जस्तै हालत हुने चेतावनी दिएका छन।

कम्युनिस्ट सरकारले गर्न नसकेको काम

अहिलेसम्म बिर्ता समस्या ज्यूँका त्यूँ छन्, मोही समस्या र गुठीका नाममा नापी गरिएका किसानका जग्गा दोहोरो स्वामित्वमा छन्।

नेकपाका एक वर्ष : नीति भन्दा व्यक्ति हावी

ठीक एक वर्ष अगाडि आजकै दिन राष्ट्रिय सभागृहको हलमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए ‘कतिलाई लाग्ला नेकपामा किन दुई अध्यक्ष? टेम्पो चलाएको हो र? ‘जेट विमान’मा दुई जना नै पाइलट हुन्छन्।’

नेकपामा घोचपेच

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र अस्थिरता र वैचारिक अस्पष्टतालाई मुद्दा बनाएर नेताहरुबीच घोचपेच सुरु भएको छ। नेकपानिकट युवा संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिवालय सदस्य ईश्वर पोखरेलबीच घोचपेच भएको हो।

ईश्वर पोखरेलको चेतावनीः विचारमा स्पष्टता भएन भने कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्छ

उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता ईश्वर पोखरेलले विचारमा स्पष्टता नभए कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्ने चेतावनी दिएका छन्।

कम्युनिस्ट सरकार र भूमि सुधार

भूमि सुधार यो सरकारको पहिलो प्राथमिकता हुुनुपर्छ। यसका लागि भूमि सुधारको स्पष्ट खाका तयार गरेर चाँडो कार्यान्वयनमा ल्याउनुपर्छ।

लोकतन्त्रको रक्षाका लागि लड्न अपिल

कांग्रेसका नेता अर्जुननरसिंह केसीले कम्युनिस्टको गलत प्रवृत्ति अन्त्य गर्दै कांग्रेसको गर्विलो इतिहास रक्षा गर्ने मूल उदेश्यले राष्ट्रिय जागरण अभियान चलाइएको बताएका छन्। बुधबार पार्टी कार्यालय हेटौंडामा एक महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेपछि उनले लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि डटेर लाग्न कार्यकर्तालाई निर्देशन दिए।

पार्टीमा अनुशासन क्लबको जति पनि भएन : भूषाल

नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य घनश्याम भुषालले पार्टीभित्रको सैद्धान्तिक धार ‘बोन्सायी’ झार जस्तो भएको बताएका छन्। पार्टीभित्र कुनै पनि प्रकारको अनुशासन नभएको जिकिर गर्दै उनले सो कुरा बताएका हुन्। कार्लमाक्र्सको २ सय १ आंै जन्मशताब्दी मनाउने कार्यक्रमको तयारीका क्रममा उनले सो कुरा बताएका हुन्। ‘बोन्सायी जापनीजहरूले मूल जरो काटिदिएपछि बढ्दो रहेनछ, अनि गमलामा सजाइदिने। अहिले सिद्दान्तको अवस्था वाम आन्दोलनमा बोन्सायी भएको उनले कम्पनी हुँदा कम्पनीको अनुशासन, पार्टी हुँदा पार्टीको अनुशासन, क्लबमै पनि अनुशासन हुन्छ। के भएको छ, भएको छ थाह छैन,’ नेता भुषाले भने।

भागबन्डामा सहमति

नेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ। नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो।

पुष्पलाललाई राष्ट्र नायक घोषणा गर्न माग

युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले पुष्पलालले सुरु गरेको नेपाली कम्युनिस्ट आन्दोलन पुरा हुने चरणमा पुगेको बताएका छन्। पुष्पलाललाई सरकारले राष्ट्रिय नायक घोषणा गर्नुपर्ने उनको माग छ।

भारतले नक्कली नक्सा बनाएर नेपालको भूमि मिच्यो : पाँच कम्युनिस्ट घटक

मंगलबार मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी), सुलभ नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्।

सहमतिपछि चार जिल्लामा हेरफेर

कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमको बीचमै हिँडेपछि नेता माधव नेपाल जिल्ला नेतृत्व चयनप्रति असन्तुष्ट रहेको आशंका गरिएको छ।

पर्दा उघारेर हिँडेका माधव नेपाल कता हराए ?

करिब सवा १ बजेतिर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै कार्यक्रममा हात हल्लाउँदै आइपुगे वरिष्ठ नेता माधवकुमार नेपाल। कार्यक्रम प्रस्तोता महासचिव विष्णु पौडेलले कम्युनिस्ट पार्टीबारे केही समय लिखित व्याख्या गरे, त्यसपछि दाहाललाई मन्तव्यका लागि बोलाए।

फलामे ढोका फोरेर एकता प्रक्रिया टुंगियाे: प्रचण्ड

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७१ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले पार्टी एकता फलामे ढोका भएको बताए।

ढुंगा प्रहारको राजनीति

एकपटक तत्कालीन प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी माओवादीका सुप्रिमो पुष्पकमल दाहालले उग्र जातिवादी समूहलाई सडकमा विद्रोह गर्न सुझाव दिएका थिए। परिणाम– ‘बाहुनलाई काशी, क्षत्रीलाई फाँसी’ नारा सडकमा प्रादुर्भाव भयो। जातीय कलहको त्यो बीउ अहिले मत्थर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्