२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

पुष्पलाललाई राष्ट्र नायक घोषणा गर्न माग

रामेछाप– युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले पुष्पलालले सुरु गरेको नेपाली कम्युनिस्ट आन्दोलन पुरा हुने चरणमा पुगेको बताएका छन्। पुष्पलाललाई सरकारले राष्ट्रिय नायक घोषणा गर्नुपर्ने उनको माग छ। 

मंगलबार भंगेरीमा पुष्पलालको सालिकमा माल्यार्पणपछि सम्बोधन गर्दै पौडेलले  पुष्पलालले देखाएको बाटो अहिले समृद्ध नेपाल निर्माणको प्रमुख सुत्र बनेको बताए। भंगेरीले गंगालाल र पुष्पलाल जस्ता नायकहरु जन्माएको र यो ठाउँको विकासमा सबैको चासो रहनुपर्ने उनको भनाई थियो। 

दुई ठूला कम्युनिस्ट पार्टीको एकताले पुष्पलालको सपना साकार पार्ने उनले विश्वास व्यक्त गरे। बर्तमान सरकारले पुष्पलालको सपनालाई साकार पार्न लागि परेको र परिणाम देखिन सुरु भएको उनले दाबी गरे।

दुई नयाँ अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने तयारीमा रहेको, बेरोजगारी समस्याको समाधानमा नयाँ आयाम थपेको साथै विकास निर्माणमा छिटो परिणाम देखिने कार्य प्रारम्भ भएको उनको भनाई छ। 

 

प्रकाशित: १० वैशाख २०७६ १५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App