६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

भारतले नक्कली नक्सा बनाएर नेपालको भूमि मिच्यो : पाँच कम्युनिस्ट घटक

काठमाडौं– साना पाँच कम्युनिस्ट घटकहरुले कार्यगत एकता गरेका छन्।

मंगलबार मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी), सुलभ नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। 

उनीहरुले विज्ञप्तिमार्फत वंशजको अाधारमा नागरिकता वितरणको विरोध जनाएका छन्। विज्ञप्तिमा भनिएको छ– ‘भारतले नक्कली नक्सा बनाएर नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा गाभेर ३७२ वर्ग किलोमिटर जमिन गायब पारेको छ।’ सरकारले आफ्नो भूभाग सुरक्षित भएको नक्सा तयार पारोस्।’

त्यसैगरि नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि लगाइएका प्रतिबन्ध खारेज गर्नुपर्ने, बालुवाटारको जग्गा व्यक्तिका नाममा गर्नेलाई कारबाही र एनसेलले तिर्नुपर्ने कर असुल्नसमेत माग गरेको छ।

त्यस्तै ३८ क्विन्टल र साँढे ३३ किलो सुन सार्वजनिक गर्न माग गर्दै संलग्नलाई कारवाही माग गरिएको जारी विज्ञप्तिमा उल्लेख छ। जारी विज्ञप्तिमा ‘कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीहरुलाई कारवाहि गरियोस्’ भनी लेखिएको छ।

प्रकाशित: १० वैशाख २०७६ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App