१२ वैशाख २०८१ बुधबार
image/svg+xml
जीवन कुँवर
विगत ९ वर्षदेखि पत्रकारितामा सक्रिय कुँवर नागरिक न्यूजमा कार्यरत छन्। उनी समसामयीक राजनीतिक विषयमा कलम चलाउँछन्।

जीवन कुँवरका लेखहरु :

कहिले त सवारी चालकले साह्रै दिक्क बनाउँछन्

कोटेश्वर काठमाडौंमा अति सवारी जाम हुने स्थानमा पर्छ। आइतबार त्यहीँ सवारी व्यवस्था मिलाउँदै थिए ट्राफिक प्रहरी सहायक निरीक्षक (असई) बाबुराम नेपाल। सवारी चालकहरुलाई आफ्नै हतारो थियो।

हेलिकप्टर लिएर पुगे मन्त्री दुर्घटनास्थल

इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेर काठमाडौंका लागि छुटेको बस दुर्घटनामा दश जनाको मृत्यु भएको छ। मृतक दशमध्ये पाँच जनाको सनाखत भएको छ।

काठमाडौं जाँदै गरेको बस दुर्घटना, १० जनाको मृत्यु

सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकाको भोटसीपामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन्।

अवरुद्ध तातोपानी नाका फेरि सञ्चालन

अवरुद्ध रहेको सिन्धुपाल्चोकको तातोपानी नाका शुक्रबारदेखि फेरी सञ्चालनमा आउने भएको छ। निरन्तरको वर्षाको कारण चीनको रमिते भन्ने ठाउँमा सडक भत्किएपछि एक सातादेखि सडक अवरुद्ध भएको थियो।

एक सातादेखि बन्द तातोपानी नाका भोलिदेखि खुल्ने

सडक भत्किएकाले बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका भोलिदेखि सञ्चालनमा आउने भएको छ। चीनको रमितेमा सडक भत्किएको भन्दै गत शुक्रबारदेखि तातोपानी नाकाबाट कन्टेनर आवतजावत बन्द गरिएको थियो।

एसियामै पहिलो खुला दिसामुक्त देश बन्दै नेपाल

छिमेकी देश भारतले अक्टोबर २ अर्थात असोज १५ गते खुला दिसामुक्त देश घोषणा गर्दैछ। तर, नेपालले दक्षिण एसियामै पहिलो खुला मुलुक हुन असोज १३ गते बिनातयारी खुला दिसामुक्त घोषणा गर्न लागेको छ। भारतले असोज १५ गते खुला दिसामुक्त घोषणा गर्ने भएकाले पनि नेपालले हतारहतार असोज १३ गते नै घोषणा गर्न लागेको मन्त्रालयका कर्मचारी बताउँछन्।

भेनेजुएलाका राष्ट्रपतिको छोराले नेपालमा को–को भेटे, के-के भने ?

त्यसोत केहि महिनामा भेनेजुएलाको राष्ट्रपति निलोकस मडुरोका पक्षमा नेकपाका अध्यक्ष दाहालले विज्ञप्ति जारी गरेका थिए। अमेरिकाले भेनेजुएलामाथि हस्तक्षेप गर्दा दाहालले बिरोध गरेका थिए। तर उनकै छोरा तथा त्यहाँका सांसद नेपाल आउँदा दाहालले खासै भेट्न चाहेनन्। नेकपाकै नेताहरुको दवावमा बल्ल दाहालले गुयरालाई भेट दिएका थिए।

किन जाँदैनन् प्रधानमन्त्री ओली पूर्वमाओवादीले गरेको कार्यक्रममा ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली होटल उद्घाटनको कार्यक्रममा पनि विभिन्न जिल्ला–जिल्ला पुग्छन्। होटल मात्रै होईन महोत्सव, विद्यालय, मन्दिर, उद्घाटन र पुस्तक विमोचनसमेत ओलीले भ्याएका हुन्छन्।

कन्टेनर दिँदा ठूला–साना व्यापारीमा भेदभाव नहोस्

सिन्धुपाल्चोकको तातोपानी नाकासम्वद्ध कन्टेनर व्यवसायीहरुसँग छलफल गरिएको छ। बिहिबार काठमाडौंमा नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले सो नाकामा कसरी ढुवानीलाई सहज र सरल बनाउने विषयमा छलफल गरेको हो।

दाहाललाई पूरानै ‘रोग’ बल्झिने डर

काठमाडौं– तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीच एकतापछि दुई तिहाईको नेतृत्व गर्दै प्रधानमन्त्रीमा निर्वा्चित भएका केपी शर्मा ओलीले ०७४ फागुन ३ गते सपथ लिएका थिए। ओली प्रधानमन्त्रीमा निर्वाचित भएको ठिक १५ महिनामा बितेलगत्तै नेतृत्व हेरफेरको बिषयमा चर्चा हुन थालेको छ। तर यो विषयमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल निकटका नेताहरु खासै बोल्न चाहँदैनन्। ओलीले यस विषयमा बिरलै बोल्छन् भने दाहाल पनि खासै मुख खोल्न चाहँदैनन्।

सरकार हेरफेरको चर्चा : दाहाललाई विश्वास तोडिने चिन्ता

तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीच एकतापछि दुई तिहाईको नेतृत्व गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका केपी शर्मा ओलीले ०७४ फागुन ३ गते सपथ लिएका थिए। ओली प्रधानमन्त्रीमा निर्वाचित भएको ठिक १५ महिनामा बितेलगत्तै नेतृत्व हेरफेरको बिषयमा चर्चा हुन थालेको छ।

गणतन्त्रले बिर्सिएको रुविन गन्धर्व (भिडियो)

यो गीत गाएको सुनेपछि नेताहरूको नजर उनीमाथि पर्न थाल्यो। नेताहरू मात्रै होइन, प्रहरीको नजरमा पनि उनी परे। ‘म बच्चा नै थिएँ। प्रहरीले समाते पनि मानवअधिकारवादीहरूले थुन्न दिने थिएनन्।

चिनियाँ सामान लिन तातोपानीबाट खासा पुग्यो कन्टेनर

जेठ १५ गते औपचारिक रुपमा नाका खुलाउने तयारी अन्तिम चरणमा पुगेपछि सोमबार सामान लिन ६ वटा कन्टेनर र १० जना लोडर खासामा पुगेका छन्।

नेकपाका एक वर्ष : नीति भन्दा व्यक्ति हावी

ठीक एक वर्ष अगाडि आजकै दिन राष्ट्रिय सभागृहको हलमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए ‘कतिलाई लाग्ला नेकपामा किन दुई अध्यक्ष? टेम्पो चलाएको हो र? ‘जेट विमान’मा दुई जना नै पाइलट हुन्छन्।’

‘तलबको बदला महिनैपिच्छे कुट्थे’

‘हरियो रंङको ट्याक्सी बाहिर छ, छिटो आऊ भन्नुभयो। त्यतिबेला बिहानको ९/१० जति बजेको थियो होला। मालिक/मालिक्नी सुतिरहेका थिए। मोबाइल, पासपोर्ट बोकेर विस्तारै बाहिर निस्किएँ। अनि भागें।’ गोमाले कुवेतको त्यो ‘जेल’बाट भागेको दिनको बेलिविस्तार लगाइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्