एक नागरिकको बकपत्र
हजुर अहिले हाजिर भएको छु तपाईंको अदालतमा मलाई जे भन्नु भए’नि हुन्छ मन परे क्रान्तिकारी/राष्ट्रवादी मन नपरे प्रतिक्रान्तिकारी प्रतिगामी वा प्रतिक्रियावादी जे भन्नु भए’नि हुन्छ अहिले हाजिर भएको छु तपाईंको अदालतमा।
हजुर अहिले हाजिर भएको छु तपाईंको अदालतमा मलाई जे भन्नु भए’नि हुन्छ मन परे क्रान्तिकारी/राष्ट्रवादी मन नपरे प्रतिक्रान्तिकारी प्रतिगामी वा प्रतिक्रियावादी जे भन्नु भए’नि हुन्छ अहिले हाजिर भएको छु तपाईंको अदालतमा।
अहिले हाजिर भएको छु हजुरको अदालतमा मलाई जे भन्नुभए नि हुन्छ
संघीय, प्रदेश र स्थानीय तहका केही स्थानमा हुन लागेको निर्वाचनलाई कतिपयले मिनी जनमत संग्रह हुने टिप्पणी गरिरहेका सुनिन्छ। निर्वाचनमा मत घट÷बढले केही त संकेत गरेकै हुन्छ। यस्तो उपनिर्वाचनले कार्यकारी अधिकारमा बस्नेहरूका क्रियाकलापको जति मूल्यांकन गर्छ त्यति नै प्रतिपक्षसहित अन्य राजनीतिक दलको अवस्थाको समेत झल्को मिल्छ। तिनै प्रदेशको निर्वाचन भएको दुई वर्ष भएको छ। दुई वर्षका कार्यप्रति आमनागरिकले खुसी जाहेर गर्नुपर्ने केही देखिँदैन।
नेपाल कम्युनिस्ट पार्टीको सरकार दिन÷प्रतिदिन नियन्त्रणकारी हुँदै गएको छ। सैनिक तानाशाही, एकदलीय वा निर्दलीय अधिनायकवादी सत्तालाई बिर्साउने गरी सरकार कानुन तर्जुमा गर्न प्रतिबद्ध देखिन्छ। यो सरकारले सबैभन्दा ठूलो वर्ग दुश्मन अभिव्यक्ति स्वतन्त्रतालाई देख्न लागेको छ।
यतिखेर नेपालमा भारतीय राजनीतिक नक्साले उत्पन्न गरेको आक्रोश उत्कर्षमा छ भने भारतमा लामो समयदेखि लागेको घाउ निको पारिएको खुसियालीले उत्पन्न गरेको शान्ति छ। नेपाली स्वाभिमानको आगोमा जल्न तयार भइरहेको अवस्था छ भने भारतीय जनता एकताको अनुष्ठानमा सफलता मिलेकोमा हर्षबढाइँ गरिरहेको देखिन्छ। सानो छिमेकी देशको संवेदनशीलतालाई महसुस नगरी भारतबाट भएको पछिल्लो व्यवहारले नेपाली जनता साँच्चै नै आजित भएका छन्। तर यसको ठीकविपरीत भारतको वर्तमान नेतृत्व एकपछि अर्को गरी आन्तरिक राजनीतिमा सफलताको उचाइ नाप्ने क्रममा छ।
नेकपाको सरकारले संविधानका अनिवार्य सर्तहरू पालना गर्ने कुनै जांँगर देखाएको छैन भन्ने जगजाहेर छ। संघीय संसद् र प्रदेशसभामा सभामुख र उपसभामुख एउटै पार्टीको नरहने स्पष्ट व्यवस्था भएपनि दुईतिहाइको बलमा ती दुवै पद कब्जा गरेर बसेको छ।
एउटै दलको शक्तिशाली सरकार लोकतन्त्रका लागि खतरा मानिन्छ। जनमतको अत्यधिक समर्थन पायो भने त्यो समर्थन जनताकै विरुद्ध प्रयोग हुनसक्छ। त्यसरी अनियन्त्रित शक्ति सम्पन्न सरकारले आफूखुसी सबै सरकारी, गैरसरकारी र कमजोर नागरिक सबैलाई आफ्नो प्रभाव र नियन्त्रणमा राख्न चाहेको अवस्थामा उसलाई रोक्ने क्षमता कसैसँग पनि हुँदैन। बिस्तारै यस्तो सरकार निरंकुश र स्वेच्छाचारी हँुदै अन्ततः अराजकताको सिकार हुन्छ र देशमा गहिरो द्वन्द्व सुरु हुन्छ। हिटलर र मुसोलिनी इतिहासका पात्रमा परिणत भइसके। तर तिनको मृतछायाँ संसारका सबै शक्तिशाली सरकारसँगसँगै निरन्तर हिँडिरहेको हुन्छ।यसैकारण लोकतन्त्रमा प्रतिपक्ष आवश्यक मानिएको हो।
भर्खरै छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिङ पिङले नेपालको संक्षिप्त भ्रमण सम्पन्न गर्नुभएको छ। यो भ्रमण निश्चय पनि नेपालका निम्ति गौरव गर्न योग्य छ।
बिस्तारै अधिनायकवादको ढोका खुल्न लागेको छ। मानिसले बोल्न नपाउने गरी यन्त्रणा दिने छायाँ दलको निर्माण सत्ताले गर्न लागेपछि मानिसमा अधिनायकवादी भयले घर गर्न लागेको छ। यतिसम्म कि प्रमुख प्रतिपक्षी नेताका बाटा पनि छेकिन लागेका छन्। तनहुँको कुनै गाउँमा निर्धारित कार्यक्रममा पुग्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य, संघीय संसद्का सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजाललाई नेपाल कम्युनिस्ट पार्टीका समर्थक र कार्यकर्ताले लाठी, ढुंगा प्रहार गर्दै आक्रमण गरेका छन्।
नेपालमा नवसमाजवादको परिकल्पना सुरु भएको छ। नेपालका कम्युनिस्ट विश्लेषक र कम्युनिस्ट बुद्धिजीवीहरूका अनेक पूर्ववत्र्ती धारणामा परिवर्तन आएको हो कि विचलनका अस्थीर आयामहरूको समुद्रमा पौडी खेल्दै अगाडि बढ्दा र भौतारिँदै जाँदा जस्तो नमुना मिल्छ त्यसैमा विचार अड्याउने उनीहरूको प्रयास हो, अहिले नै प्रस्ट भएको छैन।छिमेकी मित्र राष्ट्र चीनका शक्तिशाली राष्ट्रपतिले चीनको विकासमा अख्तियार गरेको आर्थिक राजनीतिक मोडलका पक्षमा नेपालका कम्युनिस्टहरूमाझ बहस आरम्भ भएको छ। यस बहसलाई समर्थन गर्नका लागि चीनबाट राष्ट्रपति सिका विचार विवेचकहरू, विज्ञहरूसमेत नेपालमा आएर कम्युनिस्ट पार्टीका बुद्धिजीवीलाई दिग्दर्शन गराउन लागेका छन्।
नेपालको आधुनिक राजनीतिक परिवर्तनमा विचारक, समर्पित योद्धा, कुशल संगठकहरूको योगदान अविश्मरणीय छ। आजको नयाँ पुस्ता पातबाट जन्मेको राजनीतिक पुस्ता हो र यसले ती बलिदानका नायकहरूलाई न अनुभव गर्न पाएको छ न उनीहरूले भोगेका चरम यातना र विपत्तिहरूलाई आत्मसात् गर्नैसकेको छ। यी हरफ लेख्न बस्दा प्रगतिशीलताका विषयमा लेख्ने क्रममा मुर्धन्य साहित्यकार एवम् विचारक बिपी कोइरालाले लेखेका पंक्तिहरू मलाईस्मरण भएको छ।
अहिले नेपाली कांग्रेसमा बिपीका विचारहरूको स्वतन्त्र परिभाषा र आग्रहको विकास हुन लागेको छ। हुन त विचारको शृंखला अनन्त हुन्छ। उपस्थितिको पृथक कोणका आधारमा दृष्टिकोण विकास भइरहेको हुन्छ। को कता कुन दिशातिर फर्केर बसिरहेको छ, हेरिरहेको छ र कसरी सोचिरहेको छ, त्यसेैका आधारमा उसका दृष्टिकोण विकास भइरहेका हुन्छन्। समर्थ मानिसले आफैँ विचार निर्माण गर्छ।
बितेका केही हप्ता दुई प्रसंग निकै चर्चामा रहे। पहिलो हो– युवा सञ्चारकर्मी रवि लामिछानेका पूर्वसहयोगीको मृत्यु र उनको गिरफ्तारी। दोस्रो हो– उपचार गराउन कार्यबाहक प्रधानमन्त्री पद उपप्रधानमन्त्रीलाई जिम्मा दिएर सिंगापुर पुगेका प्रधानमन्त्रीले ‘भिडियो कन्फ्रेन्स’ गर्दै शासकीय केन्द्र सिंहदरबारको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन।
आमनागरिकमा सिद्धान्तको असर हुन्छ कि सिद्धान्तका समर्थनमा उभिने नेतृत्व वा सदस्यहरूको आचरण र व्यवहारको प्रभावकारिता बढी हुन्छ ? राजनीतिक दल खासगरी लोकतन्त्रको सिद्धान्तमा विश्वास गर्ने दलको नेतृत्व र सदस्यहरूले यो प्रश्नको समाधान खोज्नैपर्ने हुन्छ।
आफ्ना मन्त्रीहरूको जिम्मेवारी सहीरूपमा दिन नसक्ने, जिम्मेवारी तोक्न नसक्ने र कार्य सम्पादनको आदेश दिन नसक्ने सरकारको नेतृत्वबाट नेपाली जनताले के आशा गर्ने ? के त्यस्तो प्रधानमन्त्री रहिरहनु उचित हुन्छ ?