नेपालमा नवसमाजवादको परिकल्पना सुरु भएको छ। नेपालका कम्युनिस्ट विश्लेषक र कम्युनिस्ट बुद्धिजीवीहरूका अनेक पूर्ववत्र्ती धारणामा परिवर्तन आएको हो कि विचलनका अस्थीर आयामहरूको समुद्रमा पौडी खेल्दै अगाडि बढ्दा र भौतारिँदै जाँदा जस्तो नमुना मिल्छ त्यसैमा विचार अड्याउने उनीहरूको प्रयास हो, अहिले नै प्रस्ट भएको छैन।छिमेकी मित्र राष्ट्र चीनका शक्तिशाली राष्ट्रपतिले चीनको विकासमा अख्तियार गरेको आर्थिक राजनीतिक मोडलका पक्षमा नेपालका कम्युनिस्टहरूमाझ बहस आरम्भ भएको छ। यस बहसलाई समर्थन गर्नका लागि चीनबाट राष्ट्रपति सिका विचार विवेचकहरू, विज्ञहरूसमेत नेपालमा आएर कम्युनिस्ट पार्टीका बुद्धिजीवीलाई दिग्दर्शन गराउन लागेका छन्।
चिनिया जनकांग्रेसले राष्ट्रपति सिका विचारलाई मार्गदर्शक विचार भन्ने स्वीकार गर्दा यस विचारलाई निर्यात गर्ने योजनासमेत बनेको विज्ञहरू बताउँछन्। अर्थात् सन् १९१७ को अक्टोबर क्रान्तिपछि समाजवाद निर्यातगर्ने सोभियत रुसको असफल प्रयासको पाठका रूपमा नवीन धारको जन्म हुन लागेको छ। अर्थात् नेपालका कम्युनिस्टहरूका लागि अरु केही वर्ष आमनागरिकलाई भ्रमित पार्ने वैचारिक मसला प्राप्त भएको छ। माक्र्सले राज्य, राष्ट्र, धर्म, जातका कुनै पनि शब्द स्वीकार गरेका थिएनन्। उनी वर्ग संघर्षमार्फत् विकसित समाजवाद स्थापनाको लक्ष्यमा केन्द्रित थिए।हुने र नहुने, मालिक र मजदूरका बीचमा संघर्ष अनिवार्य हुने र त्यसपछि स्थापित वर्गीय अधिनायकत्वले अन्ततः वैज्ञानिक स्थापना गर्ने कल्पना माक्र्सको थियो।
अब नेपालका कम्युनिस्टहरूका लागि विचारको कुनै गन्तव्य नभेटिएपछि चीनका शक्तिशाली शासक सि चिनफिङको विचारको विरासत बोक्ने प्रयास हुनथालेको छ।
जग्गा, घर÷बास नभएका, श्रीसम्पत्ति नभएकाहरू, मजदूरी गरी खाने शोषित, पीडित जनता नै माक्र्सका विचारमा सर्वहारा वर्ग हुन् तर आधुनिक कम्युनिस्टहरूको शब्दकोशमा अब त्यस्तो सर्वहारा भेटिने छैन।कम्युनिस्टका नेताहरू, विचारहरू, विश्लेषकहरू नै नवधनाढ्य वर्गमा रूपान्तरित भएको अवस्था छ। सत्ता, शक्ति, सबै मदहरूको जोड नै कम्युनिस्टहरूकालागि धन आर्जन गर्ने, सुविधा लिने र रहेसहेका गरिबहरूलाई सपनाको खेती गराएर आफ्नो, आफ्ना परिवारको र आफन्तको श्रीसम्पत्तिको सुरक्षागर्ने माध्यम र लोकप्रिय नाराअन्तर्गत कम्युनिस्ट शब्दावली, समाजवाद, सर्वहारावर्ग हुन पुगेका छन्।माक्र्सवादका अनुयायी भएको र उनले परिकल्पना गरेको समाज स्थापनार्थ तत्कालीन रुसमा लेनिनले सन् १९१७ को अक्टोबर क्रान्तिमार्फत आफ्ना विरोधीलाई समाप्त पारेका थिए। बहुमतमा रहेको विपक्षीहरूको कत्लेआम गरी प्राप्त सत्तालाई उनले कठोरपूर्वक आरम्भ गरे। उनीपछि सोभियत सत्तामा पुगेका स्टालिनले साम्यवाद निर्यात गर्ने रणनीति बनाए र पूर्वी युरोप हँुदै दक्षिण अमेरिकासम्मको यात्रा तय गरी सन् १९९० पुग्दैगर्दा २५ देशमा कम्युनिस्ट प्रणाली स्थापित भयो।
अत्यन्त क्रूर शासकमध्ये स्टालिन र पोलपोटको नाम अग्रस्थानमा आउँछ। अहिले उत्तर कोरियाका शासकको नाम त्यसरी नै लिइन थालिएको छ। तर माक्र्सका विचारहरू एकापट्टि थन्काएर लेनिनबाट आरम्भ कम्युनिस्ट सत्ता चीनमा माओ, भियतनाममा हो चि मिन्ह, उत्तरकोरियामा किम इल सुङ, क्युबामा फिडेल क्यास्त्रो, युगोस्लाभियामा मार्सल टिटो, हँुदै कम्बोडियामा दुर्नाम कम्युनिस्ट पोलपोट सत्ता स्थापित भयो। सन् १९९० कै हाराहारीबाट पतनको बाटोमा लागेको साम्यवादी राजनीतिक प्रणालीले पुनर्जीवन पाउन सकेको छैन। बर्लिनको पर्खाल ढल्नुअघि भत्कन लागेकोकम्युनिस्ट राज्य प्रणालीले पोल्यान्डको मजदूर आन्दोलनलाई थेग्न नसकी लोकतन्त्रको अभ्यास थालिसकेको थियो। बर्लिनको पर्खाल विनाशसँगै सोभियत संघ १५ स्वतन्त्र राज्यमा परिणत हुन पुग्यो।
देङले तियानमेन चोकमा हजारौँ विद्यार्थीमाथि बुल्डोजर प्रयोग गरी स्वतन्त्रताको माग गर्ने अनेक निर्दोष युवाको जघन्य हत्या गरेको कलंकको टीका लगाएका छन्। त्यही इतिहास हङकङमा दोहोरिने संकेत देखा परिरहेको छ।
चीनमा सन् १९४९ मा च्याङ काइसेकमाथि विजय हासिल गरी कम्युनिस्ट प्रणाली सुरु भएपनि माओत्सेतुङले समृद्धि दिन सकेका थिएनन्। चिनिया जनतालाई गरिबी वितरण गर्ने र आफ्नी पत्नी र उनका साथीहरूको महŒवाकांक्षा पूरा गर्न सांस्कृतिक क्रान्तिका नाममा सम्पूर्ण विपक्षी र प्राचीन सम्पदाको विनाश गरेका माओको अवशानपछि उदाएका देङ सियाओ पेङले चीनमा नयाँ आर्थिक नीति अवलम्बन गरे। आजको चीनको आर्थिक परिवर्तनका पिता नै देङ मानिन्छन्। देङ माओको कार्यकालमा दुई वर्षसम्म जेलमा बस्न बाध्य बनाइएका थिए। तर तिनै देङले तियानमेन चोकमा हजारौँ विद्यार्थीमाथि बुल्डोजर प्रयोग गरी स्वतन्त्रताको माग गर्ने अनेक निर्दोष युवाको जघन्य हत्या गरेको कलंकको टीका लगाएका छन्। त्यही इतिहास हङकङमा दोहोरिने संकेत देखा परिरहेको छ।
नेपाल कम्युनिस्ट पार्टीको एकीकरणलगत्तै उत्साहितयुवा बुद्धिजीवीले दश हजारभन्दा बढी युवालाई एक वर्षभित्रमाक्र्सवाद पढाउने उद्घोष गरेका थिए। त्यो उद्घोष पूरा गर्न प्रयास चलिरहेको हुनुपर्छ। वैज्ञानिक समाजवादको भ्रमको अन्त्य धेरै पहिले संसारमा भइसकेको हो। कताकति केही स्वप्नशील र समाजबाट भड्किएकाहरूले हतियारमार्फत वर्ग संघर्षको अभियान चलाइरहेका देखिन्छ र सुनिन्छ। नत्र वर्गसंघर्षबारे पाठ तयार पार्ने कार्ल माक्र्सले घोषणा गर्दै अनिवार्य ठहराइएका विचारका अनेक पुलिन्दा इतिहासको कालचक्रीय गोबरमा विलिन भइसकेका छन्। वर्ग संघर्षको परिकल्पनालाई बिस्तारै सबै कम्युनिस्टले परित्याग गरिसकेका छन्। किनभने संसारका सबै कम्युनिस्टका नाममा स्थापित पार्टीका नेताहरू गरिब, शोषित, पीडितहरूलाई भरिया जस्ता बनाएर आफू नवधनाढ्य वर्गमा रूपान्तरित भइसकेका अवस्था छ।
कम्युनिस्टहरूको शब्दकोशमा मात्र सीमित सर्वहारा शब्दले उनीहरूकालागि कुनै औचित्य स्थापित हुँदैन। सर्वहारा वर्गको आडमा वर्ग संघर्षमार्फत विकसित समाजवादका परिकल्पनाकार कार्ल माक्र्सका अनेक मान्यतालाई गतिशीलताका आवरणमा कम्युनिस्ट नेता र नेतृत्वले नै विनाश गरिसकेका छन्। माक्र्सले राष्ट्र, राज्यको समाप्ति, जात र धर्मको अस्वीकृति तथा वर्ग समाप्तिको मार्गचित्र तयार पारेका थिए। अहिले यो मार्गचित्रको अवशेष कतै पनि भेटिँदैन। तर नेपालमा कम्युनिस्टहरूको प्रयास फेरि माक्र्सवादको मार्गचित्र कोर्नमा ब्यस्त देखिन लागेको छ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाललाई पहिलो चरणमा बहिष्कार अस्वीकार गर्दै व्यक्ति हत्यादेखि पछिल्लो चरणमा क्रूर हिंसा चलाएका कम्युनिस्टहरू नै अहिले नेपालको शासनसत्तामा छन्। पुष्पलाललाई अस्वीकार गर्ने उग्र जमातले मदन भण्डारीको जनताको बहुदलीय जनवादको आवरणमा लोकतन्त्र स्वीकारेको थियो।
जनताको बहुदलीय जनवादलाई तिरस्कार गर्दै माओवादीले चलाएको सशस्त्र हिंसामा सत्र हजार नेपालीको रगत बग्यो। माओवादीले प्रचण्डपथ भन्ने ससानो गोरेटो घोषणासमेत गरेका थिए। तर त्यो पनि निष्फल भयो। अब नेपालका कम्युनिस्टहरूकालागि विचारको कुनै गन्तव्य नभेटिएपछि चीनका शक्तिशाली शासक सि चिनफिङको विचारको विरासत बोक्ने प्रयास हुन थालेको छ। यसअघिको दुई पटकभन्दा बढी राष्ट्रपति हुन नपाउने संवैधानिक व्यवस्थालाई उल्टाउँदै संशोधनमार्फत् आफूलाई लामो समयसम्मको शासक बनाउने सुविचारित योजनाका तहत चीनको विकासको मोडेल प्रस्तुत गरेका राष्ट्रपति सिको आसन्न नेपाल भ्रमणका सन्दर्भमा विचार बहसको तीव्रता देखिन लागेको छ। केही दिनपहिले चीनका विदेशमन्त्रीको नेपाल आगमनले नै राष्ट्रपति सिको नेपाल भ्रमणको पूर्वतयारी गरेको स्पष्ट गरेको थियो।
नेपालको कम्युनिस्ट आन्दोलनका निष्ठावान्, जुझारु नेता, बुद्धिजीवी लोककृष्ण भट्टराईका शब्दमा‘पुष्पलालको पदमार्गबाट शासनमा पुग्नेहरूले चीनका नेताको विचारको वैशाखीमा चढ्नु र राष्ट्रपति सिको पदमार्ग पछ्याउन खोज्नु अत्यन्त लाजमर्दो विषय हो।’ शान्तिपूर्ण संयुक्त जनआन्दोलनको मार्ग थियो पुष्पलालको। पुष्पलालले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिबीचको सहकार्यबाट नै नेपालमा परिवर्तन आउने र देशको विकास हुने विचार प्रस्तुत गरेका थिए। अहिले शासनमा पुगेको कम्युनिस्ट पार्टी पुष्पलालका विचारको अनुशरण गर्दै विगतमा निर्वाचनमा सहभागी भएको हो। तर अब नेपाल कम्युनिस्ट पार्टीको रोलमोडल विचार भने चीनका राष्ट्रपतिको विचार हुन लागेको छ। अहिले चिनियाँकम्युनिस्ट पार्टीका विशेष सदस्यहरू आएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सदस्यहरूलाई अबको बाटोका विषयमा प्रशिक्षित तुल्याउँदैछन्।
नेपालमा स्थापित लोकतन्त्रका सार्वभौम मूल्य छन् र यी मूल्य नेपाली जनताको कठोर वलिदान र योगदानका परिणति हुन्। चीन नेपालको अत्यन्त निकटको मित्र र भरपर्दो आधार पनि हो। चीनको राजनीतिक प्रणाली जे÷जस्तो भए पनि सम्पूर्ण नेपालीले चीनका विषयमा कहिल्यै पनि नकारात्मक सोच बनाएका छैनन्। अर्थात् छिमेकी मित्रराष्ट्र चीन सबै नेपाली जनताको मनमा समानरूपमा रहेको थियो। तर बिस्तारै चीनको कम्युनिस्ट पार्टीको नेतृत्व र नेपालको कम्युनिस्ट नेतृत्वको सरकार र पार्टी मिलेर चीनलाई कम्युनिस्ट पार्टीको मित्रमा खुम्च्याउन लाग्दै गएको स्पष्ट छ। अहिले पनि चीनमा केही दिनपहिले तीसजना मेयर÷उपमेयर अध्ययन भ्रमणमा गएका छन्। तीमध्ये दुईजनालाई छाडेर सबै नै कम्युनिस्ट पार्टीका सदस्य छन्।
चीनले नेपालको विकासकालागि आर्थिक सहयोग गर्न सक्छ। आर्थिक विकासका सन्दर्भमा केही महŒवपूर्ण सम्झौता पनि भएका छन्। भलै ती स्वप्नशील भए पनि सम्भावनाविहीन देखिँदैनन्। यसको अर्थ चीनले नेपालमा उसले गरेको आर्थिक र राजनीतिक मोडलका विषयमा शिक्षा प्रदान गर्नसक्छ भन्ने पटक्कै होइन। नेपालले अवलम्बन गरेको राजनीतिक प्रणाली र आर्थिक प्रणालीलाई सहयोग गर्नु र चीनको वर्तमान शासकीय मोडलबारे शिक्षा दिनु समान हुनसक्देैन। विगतमा सोभियत रुसले जसरी आफ्नो देशको राजनीति र विचारलाई छरछिमेकमा निर्यात गर्दै गयो त्यसले युरोपमा निरंकुश सत्ताकालागि चरम हिंसाहरूसमेत निम्त्याउने काम गरेको इतिहास छ। नेपाल सानो आकारको भए पनि चीनका लागि महŒवपूर्ण दक्षिण ढोका र सुरक्षा किल्ला पनि हो। अर्को छिमेकी मित्रराष्ट्र भारतकालागि नेपालको भूगोल चीनको भन्दा महत्वको हुन सक्छ।
अहिले त अन्तर्राष्ट्रिय समुदायले समेत नेपालको भूमिलाई चनाखो आँखाले हेरिरहेको देखिन्छ। यसरी त्रिपक्षीय महत्वको सानो देशको राजनीतिक विचारलाई विस्थापन गर्ने शैलीमा नेपालमा चीनको मोडलका विषयमा बहस चल्नु, चलाइनु कदापि उचित मानिँदेैन। नेपालको लोकतन्त्र, गणतन्त्र, संघीयतासहित परिवर्तित लोकतान्त्रिक आदर्श, सिद्धान्त, यसले वरण गरेका मूल्य, मानव अधिकार, स्वतन्त्रता जस्ता विषयलाई सुनिश्चित गर्ने तरिका चीनको वर्तमान शासकीय अभ्यास हुनसक्देैन।लोककृष्ण भट्टराईले भनेजस्तै पुष्पलालको पथबाट सत्तामा पुग्नेहरूले चीनको नियन्त्रित राजनीतिक प्रणालीको पथतिर बहस गर्नु भनेको जनतालाई धोका दिनु नै हो।
प्रकाशित: ८ आश्विन २०७६ ०६:१२ बुधबार