२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

माओवादीसँग एकता नगर्न नेकपा एसभित्र दबाब

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच पार्टी एकता प्रक्रिया सुरु भएको भनिए पनि तत्काललाई रोकिएको छ।

कुलमानलाई हरिवंशले भनेः राम्रो मान्छे लैजाँदैछन् भन्ने सुनेको छु, शुभकामना

‘कुलमान सरलाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमा नै स्टाटस लेखेर राखेका थियौँ। त्यसमा यति धेरै फिडब्याक आयो, उहाँ जस्तो मानिस चाहिन्छ भनेर। राम्रो मान्छेलाई जसले पनि लैजान्छन्। लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले। उहाँलाई शुभकामना।’

नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमाः उपमहासचिव पुन

बिहीबार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागमा भिजिटिङ प्रोफेसरका रूपमा विद्यार्थीलाई कक्षा लिने क्रममा उपमहासचिव पुनले यस्तो औंल्याएका हुन्। पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले अर्थतन्त्रको ठूलो हिस्सा सीमित घरानाका मुठीमा रहनुले मुलुकको आर्थिक विकासमा चुनौती खडा गरेको बताए।

भरतपुरमा सुरु भयो भूमिगत विद्युतको काम, दुई वर्षभित्र निर्माण हुने

आयोजनाको शिलान्यास आज (शनिबार) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे। विद्युतीय तार परियोजनाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यो वितरण प्रणालीलाई सुरक्षित र गुणस्तरीयसहितको सहज सेवाका लागि वातावरण बनाउन आवश्यक रहेको बताए।

बन्दुक छाडेर नौमतीमा रमाउँदै दीपेन्द्र

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा लागेर मर्न र मार्न तयार भएका दीपेन्द्र परियार अहिले परम्परागत पन्चे र नौमती बाजा बजाउँदै संरक्षण अभियानमा लागेका छन्।

भोलिसम्म सिट बाँडफाँटसँगै प्रदेश नेतृत्वको टुंगो लाग्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबारसम्म पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुंगो लाग्ने बताएका छन्।

नागरिकतामा राजनीति नगर्न दाहालको सुझाव

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन्।

माओवादी देउवासँग भिख माग्ने ठाउँमा पुग्योः महासचिव पोख्रेल

‘गठबन्धन अस्थिरताको परिणाम हो,’ उनले भने ‘गठबन्धनको नाटकबाट मुलुकले स्थायीत्व प्राप्त गर्न सक्दैन। बलियो राष्ट्रिय शक्तिले मात्र मुलुकमा राजनीतिक स्थायीत्व दिन सक्छ।’ उनले गठबन्धनबाट माओवादी केन्द्र झन् कमजोर बनेको बताए।

प्रचण्डको निर्वाचन क्षेत्रमा कांग्रेसका ७ जना आकांक्षी

बुधवार (आज) क्षेत्रीय समितिले उम्मेद्वार बन्नका लागि इच्छुकसँग आवेदन माग गरेको थियो। नाम दर्ता गराउनेमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइराला सहित पुर्व सांसद समेत छन्।

माओवादी केन्द्र ताप्लेजुङद्धारा प्रत्यक्षतर्फका उम्मेदवार घोषणा,समानुपातितर्फको निर्णय हुन बाँकी

समानुपातिकतर्फका आकांक्षीहरुको नाम समेत सार्वजनिक गरेपनि समानुपातिकतर्फ भने निर्णय नभएको मंगलबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

जोडाबिनाको जीवन !

रोल्पा नगरपालिका ८ जंकोटकी ५२ वर्षीया पुनिकला बिकका पति बेपत्ता भएको २३ वर्ष भयो। पुनिकलाका अनुसार माओवादी नेता वर्षमान पुनको छिमेकी गाउँका नन्दबहादुर बिक वर्षमानसँगै हिँड्थे। पुनिकलाका पति बेपत्ता हुँदा दुई छोरा जन्मिएका थिए भने छोरी गर्भमा थिइन्।

गल्ती गर्नेलाई कारबाही गर्ने आँट गर्‍यौँ भने पार्टी क्रान्तिकारी बन्न सक्छः दाहाल

‘हामीले गल्ती गर्ने र गम्भीर अपराध गर्नेहरुलाई कारबाही गर्ने आँट गर्‍यौँ भने यो पार्टी क्रान्तिकारी बन्न सक्छ नत्र पार्टी क्रान्तिकारी बन्न सक्दैन। यही मुल उद्देश्यकासाथ हामीले छानविन समिति बनाएका थियौँ र त्यसले प्रतिवेदन बुझाएको छ। त्यस समितिले त्यसमा आलोचना गर्ने, चेतावनी दिने, निलम्बन गर्ने, निष्काशन गर्ने र भण्डाफोर गर्ने सम्मका सुझाव दिएको छ।'

बुधबारसम्म गठबन्धनदलहरुबीच सिट संख्या टुंगो लाग्छः अध्यक्ष दाहाल

‘२० गतेभित्र गठबन्धन दलहरुले निर्वाचन क्षेत्रहरु टुंगो लगाउँछन्। गठबन्धनभित्रका समाजवादी, कांग्रेस, लोपस, राजपालगायत दलहरुको क्षेत्र टुंगो लाग्छ’, दाहालले भने। उनले भदौ २५ गतेभित्र सबै दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लड्ने उम्मेदवारहरु नामावली टुंग्याउने पनि बताए। ‘हामी यसरी अभियानमा लागेका छौँ’,

माओवादी गोरखा जिल्ला समन्वय प्रमुखमा भट्ट

आइतबार गण्डकी प्रदेश कमिटिको बैठकले बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका भट्टलाई जिल्ला समन्वय प्रमुख तोकेको हो।

विदेशमा हुने नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउनुपर्छः सांसद विश्वकर्मा

सांसद विश्वकर्माले सम्बन्धित दुतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न पनि माग गरिन्। उनले नेपालमा नै रहेर नेपाली विभिन्न उद्योगमा काम गर्ने जनताले भोट दिन नपाएको अवस्था रहेको भन्दै उद्योगमा काम गर्ने मजदुरहरुलाई पनि भोट हाल्ने वातावरण बनाउन माग गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्