१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रचण्डको निर्वाचन क्षेत्रमा कांग्रेसका ७ जना आकांक्षी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्न नेपाली कांग्रेसका २ केन्द्रीय सदस्य सहित ७ जनाले नाम टिपाएका छन्।  

बुधवार (आज) क्षेत्रीय समितिले उम्मेद्वार बन्नका लागि इच्छुकसँग आवेदन माग गरेको थियो। नाम दर्ता गराउनेमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइराला सहित पुर्व सांसद समेत छन्। गुरुङ र कोइराला चौधौँ महाधिवेशनमा शेखर कोइराला पक्षबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका छन्। त्यस्तै पूर्व सांसद रामकृष्ण घिमिरे, विजयराज शर्मा भूसाल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी र भरतप्रसाद सापकोटाले नाम दर्ता गराएको नेपाली कांग्रेस चितव क्षेत्र नम्बर ३ का सभापति लालबहादुर दवाडीले जानकारी दिए।  

त्यस्तै समानुपातिक तर्फ १६ जनाले नाम दर्ता गराएका छन्। केन्द्रिय  सदस्य अञ्जली श्रेष्ठ, चन्द्रध्वज गुरुङ, तोपमानसिंह गुरुङ, शिवनारायण गुरुङ, सरिता केसी, टेकप्रसाद गुरुङ, केदारनाथ कोइराला, बृद्धि बहादुर गुरुङ, बीर बहादुर लोहनी, उमेशचन्द्र पौडेल, शम्भु भण्डारी, बिष्णुमायाँ परियार, लक्ष्मी कान्त दवाडी, शारदा गुरुङ, काशिराम अधिकारी र गणेश पौडेलले नाम दर्ता गराएको दवाडीले जानकारी दिए।  

चितवन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ १० जनाले ईच्छा व्यक्त गरेका छन्। नेपाली कांग्रेसले बुधबार उम्मेदवारको आह्वान गर्दा २ मन्त्रीसहित १० जनाले नाम दर्ता गराएका छन्। नेपाली कांग्रेस चितवनका जिल्ला सचिव ध्रुर्व पोखरेलका अनुसार, मन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठले उम्मेदवारीका लागि ईच्छा व्यक्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, राजन कार्की, प्रकाश अधिकारी, राजन ताम्रकार, इन्दिरा कुमारी सापकोटा, राजेश्वर खनाल, कैलाश कोइराला, र भरत सापकोटाले चितवन क्षेत्र नम्बर २मा उम्मेदवार बन्न इच्छुक छन्।  

समानुपातिकतर्फ ८ जनाले नाम दर्ता गराएका छन्। शालिग्राम शर्मा, गौरीकुमारी श्रेष्ठ, शान्ति परियार, कशवराज कंडेल, रामकुमार श्रेष्ठ, पवित्रा केसी, इन्द्रनाराण श्रेष्ठ, भुवनराज खनाल रहेका छन्। चितवन क्षेत्र नम्बर २ ‘क’ को प्रत्यक्षतर्फ तीन जनाले इच्छा व्यक्त गरेका छन्।  टंकनाथ पौडेल, विष्णुकुमार श्रेष्ठ र लक्ष्मण गुरुङले नाम टिपाएको पोखरेलले बताए।  सोही स्थानमा समानुपातिक तर्फ भने २९ जनाले नाम टिपाएका छन्। निरु कार्की, कमला पौडेल, गिताकुमारी गुरुङ, सुवोध प्रधान, दिर्गमान श्रेष्ठ, दिपेन्द्र रामुदामु, रामबाबु लामा लगायतका नेता रहेका छन्।  

चितवन निर्वाचन क्षेत्र २ ‘ख’मा धुर्वराज पोखरेल, कैलाश कोइराला, मिलनबाबु श्रेष्ठ, देवेनद्र गुरुङ, उत्तम जोशी, निलकण्ठ रिजाल, विनोदबाबु ढकाल, अनमोल अधिकारी, रामशरण कुँवर, इन्मणी गैरे लगायतका १६ जनाले इच्छा व्यक्त गरेका छ। समानुपातिकतर्फ १९ जनाले इच्छा व्यक्त गरेको जिल्ला सचिव पोखरेलले जानकारी दिए।  

कांग्रेसले हिजोदेखि संघ र प्रदेशमा उम्मेदवार बन्न चाहने आकांक्षीको नाम दर्ता गराएको हो। हिजो चितवन क्षेत्र नम्बर १ को उम्मेदवार बन्न चाहने आकांक्षीको नाम संकलन गरिएको थियो। धेरैले उम्मेदवार बन्न इच्छुक देखाए पनि कांग्रेसको विधानअनुसार क्षेत्रले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ १ महिलासहित २ जनाको नाम जिल्लामा सिफारिस गर्ने व्यवस्था छ। जिल्लाले आफ्नो रायसहित प्रदेश र प्रदेशले कांग्रेसको संसदिय बोर्डमा नामावली सिफारिस गर्छ। संसदीय बोर्डले उम्मेदवारको सिफारिस गर्ने सचिव पोखरेलले बताए।

प्रकाशित: १५ भाद्र २०७९ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App