२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी केन्द्र ताप्लेजुङद्धारा प्रत्यक्षतर्फका उम्मेदवार घोषणा,समानुपातितर्फको निर्णय हुन बाँकी

नेकपा माओवादी केन्द्र ताप्लेजुङले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको घोषणा गरेको छ। 

समानुपातिकतर्फका आकांक्षीहरुको नाम समेत सार्वजनिक गरेपनि समानुपातिकतर्फ भने निर्णय नभएको मंगलबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।माओवादी केन्द्रको जिल्ला समन्वय समिति संयोजक बिष्णकुमार हाङ्वाङका अनुसार प्रतिनिधिसभामा केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री(पराग),प्रदेश सचिवालय सदस्य लक्ष्मीप्रसाद अन्छङ्वो(आवाज) र मिङ्माडण्डु शेर्पाको नाम सिफारिस गर्ने निर्णय भएको छ।

यस्तै प्रदेशसभा १(क)तर्फ खेलप्रसाद बुढाक्षेत्री(पराग र बमबहादुर भट्टराई(तारा) तथा प्रदेशसभा १(ख)तर्फ लक्ष्मीप्रसाद अन्छङ्वो(आवाज) र मिङ्माडण्डु शेर्पाको नाम सिफारिस गर्ने निर्णय भएको छ। यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टीका वैकल्पिक केन्द्रीय सदस्य पर्शुराम कार्की,प्रदेश सदस्य तेजशमसेर भट्टराई(काजी) र ठाकुरसिंह साम्सोहाङ,प्रदेश सल्लाहकार देउबहादुर इवाराम र प्रदेश विभागीय सदस्य गोमा चुडाँलको नाम आएको छ। यस्तै प्रदेशसभातर्फ महिलामा बिमला लिम्बू,मनकुमारी मादेन,मलिसा यक्सो र मैया न्यौपाने(सविना)को नाम आएको छ। 

यस्तै पुरुषतर्फ प्रेमकुमार सेलिङ(संगम),पर्शुराम थोप्रा(बंशु),सागर आङबुहाङ,पूर्ण इजम लिम्बू,मिङ्माडण्डु लामा र अमरनन्द खातिको नाम आएको माओवादी केन्द्रले जनाएको छ। माओवादीले मिङ्माडण्डु शेर्पा संयोजक र सागरमणि गौतम सहसंयोजक रहेको संघीय निर्वाचन परिचालन समिति गठन गरेको छ। यस्तै प्रदेशसभा १(क)तर्फ तेजशमसेर भट्टराई(काजी) संयोजक र प्रेमकुमार सेलिङ(संगम) सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरेको छ। प्रदेशसभा १(ख)मा बिष्णकुमार हाङ्वाङ संयोजक र मानबहादुर केसी सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन भएको माओवादीले जनाएको छ। पार्टीका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य बुढाक्षेत्रीले पार्टीका तर्फबाट उम्मेदवारको घोषणा भएपनि अहिले गठबन्धनको मर्म र भावना अनुरुप अघि बढ्ने बताए।

प्रकाशित: १४ भाद्र २०७९ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App