४ वैशाख २०८१ मंगलबार
राजनीति

नागरिकतामा राजनीति नगर्न दाहालको सुझाव

फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन्। शीतलनिवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले सरकारले ल्याएको नागरिकता विधेयकबारे चासो राखेकी छन्।  

उनले खासगरी वैवाहिक अंगीकृत नागरिकता दिन समयसीमा नतोकिएको विषयमा चासो राखिन्। दाहालले नागरिकता विधेयकलाई राजनीतिको विषय बनाउन नहुने धारणा राखेका थिए। दाहालले केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रपतिले स्वीकृत गरेको तर अहिले सोही विषयमा सरकारले ल्याएको विधेयक राष्ट्रपतिले रोकेर राजनीति गर्न खोजेको भन्दै त्यसो नगर्न सुझाएका थिए।  

उनले नागरिकताविहीनलाई नागरिकता दिन नयाँ विधेयक ल्याइएको जानकारी गराएका थिए। संघीय ससद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको विधेयकलाई पुनर्विचार गर्न भन्दै राष्ट्रपति भण्डारीले फिर्ता पठाइदिएकी थिइन्। प्रतिनिधिसभाबाट पुनः जस्ताको तस्तै पारित उक्त विधेयक राष्ट्रियसभामा छ।

प्रकाशित: १६ भाद्र २०७९ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App