१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

भरतपुरमा सुरु भयो भूमिगत विद्युतको काम, दुई वर्षभित्र निर्माण हुने

भरतपुरमा विद्युतका तारहरुलाई भूमिगत बनाउन सुरु गरिएको छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा विद्यतु वितरण प्रणालीलाई भूमिगत बनाउन लागेको हो। 

आयोजनाको शिलान्यास आज (शनिबार) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे। विद्युतीय तार परियोजनाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यो वितरण प्रणालीलाई सुरक्षित र गुणस्तरीयसहितको सहज सेवाका लागि वातावरण बनाउन आवश्यक रहेको बताए। उनले भरतपुरमा मात्र नभइ चितवन जिल्लालाई नै भूमिगत प्रणाली लैजानुपर्ने धारणा राखे। भरतपुरले देशभर विकासको मोडल पेश गर्नुपर्ने अवस्था आइपुगेको उनले उल्लेख गरे।  

वितरण प्रणालीलाई भूमिगत तथा सृदृढीकरण र अटोमेशन गर्ने उद्देश्यले तारहरुलाई भूमिगत गर्न लागिएको आयोजनाका प्रमुख इन्जिनियर वीरेन्द्र कुमार झाले जानकारी दिए।  

नेपाल सरकारले काठमाण्डौँ पोखरा र भरतपुरका मुख्य सहरका विद्युतीय तारलाई भूमिगत गर्ने गरी एकैपटक बजेट विनियोजन गरेको थियो। काठमाडौँ र पोखरामा यस काम अघि सुरु भइसकेको छ। भरतपुरमा निर्माणधिन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम थालनी गरिएको छ। आयोजना प्रमुख झाका अनुसार, पहिलो चरणमा ३१३ किलोमिटर सडकमा दुवैतर्फ विद्युतीय तार भूमिगत हुनेछ। यही फाउण्डेशनमा इन्टरनेट र केवल टेलभिजनका तार पनि भूमिगत हुनेछन्। विद्युतिय तार भूमिगत गर्न सडक निर्माणसँग सम्बन्धित रहेकाले सडकसँगको समन्वयमा काम गर्ने उनले बताए। पहिलो चरणको सुरुवात भरतपुर ओरालोस्थित भरतपुर महानगरको कार्यालय अगाडिबाट गरिएको छ।  

भरतपुर वितरण केन्द्र अन्तरगत पर्ने मुख्य सहरी सडकहरुको एच.टी÷एट.टी लाईनहरु भूमिगत गर्ने तथा ट्रान्सफरमहरु सुदृढीकण र एल.टी लाईनहरु बिछ्याउने आयोजना रहेको छ। एशियाली विकास बैंकको ऋण सहयोगमा दुई वर्षभित्र सक्ने गरि भारतको बहुराष्ट्रिय कम्पनी टाटाले ठेक्का पाएको छ। यस आयोजनाको बजेट दुई अर्व ५८ करोड ६९ लाख ३८ हजार ३५२ रुपैयाँ रहेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भूमिगत तार प्राणाली सुरक्षाका दृष्टिकोणले बहुउपयोगी रहेको बताएका छन्। उनले भूमिगत प्रविधिद्धारा सुदृढीकरण गरि गुणस्तरीय, सुरक्षित तथा भरपर्दो विद्युत सेवाप्रदान गरि सौन्दर्यकरण बढाउने उनले बताएका छन्।  

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले परियोजनाले निर्धारित समयमा काम नगर्ने परिपाटीको विकास भएको भन्दै समयमै काम सक्न निर्माण व्यवसायीलाई आग्रह गरिन्।  

उर्जामा नेपालले ठुलो परिवर्तमा गरेको छः घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पाँच वर्षको बीचमा नेपालले उर्जामा क्षेत्रमा ठुलो परिवर्तन आएको बताएका छन्। ‘विगतमा हामी १० मेगावाट विद्युत कतैबाट पाउँछौँ भनेर खोज्दै हिड्नुपर्दथ्यो। विद्यालयमा विद्युत खपत कम कसरी गर्ने भनेर सिकाउनु पर्दथ्यो,’ विगतका दिनलाई कोट्याउँदै घिसिङले भने, ‘अहिले हामी ५० अर्ब लगानी गर्न सक्ने अवस्थामा छौँ।’ पाँच बर्ष अगाडि ६५ प्रतिशत विद्युतिकरण रहेको नेपालमा ९५ प्रतिशत पुगेको उनले बताए। अहिले भारतलाई दैनिक १२ करोड भारुको विद्युत बिक्री गरेको उनले बताए। आगामी पाँच वर्षभित्र दुई खर्ब रुपैयाँको विद्युत बिक्री गर्ने योजना रहेको उनले सुनाए। ‘अहिले विश्वमा उर्जा संकट छ। अन्य इन्धनको तुलनामा ६० प्रतिशत सस्तो छ, उनले भने, ‘सन् २०५०सम्म भरतपुर सहित नेपालका मुख्य १८ सहरमा विद्युतिकरण गर्ने गरी गुरुयोजना निर्माण भैरहेको छ।’ यसले गर्दा विद्युतीय उर्जामा संकट नहुने धारणा राखे। युरोप, चीन, श्रीलंका, बंगलादेश जस्ता राष्ट्रमा अहिले उर्जाको संकट देखिन सुरु गरिसकेकाले यसलाई मध्यनजर गर्दै दीर्घकालिन योजना बनाई काम थालनी गरको उनको भनाई छ।

 

 

 

 

प्रकाशित: १८ भाद्र २०७९ ०६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App