३ असार २०८१ सोमबार
image/svg+xml
समाज

समाचारमा आएको विषयले न्यायाधीशले फैसला गर्न डराउनु हुँदैनः न्यायाधीश फुँयाल

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रुपमा स्थापित गराउनुपर्ने बताएका छन्। शुक्रवार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा भएको अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले राजनीतिक रिपोर्टिङबाट अदालती रिपोर्टिङलाई निकालेर छुट्टै प्रोफेसनल वा स्पेसलिष्ट रिपोर्टिङ बनाउन बाँकी रहेको र  न्यायाधीश फुँयालले ‘हाई प्रोफाइल केस’मा मिडिया ट्रायल हुने गरेको बताए। अदालती रिपोर्टिङमा केही चुनौतिहरु अझै रहेको उनको भनाइ छ।

उनले भने भने, ‘अहिलेको लिगल रिपोर्टिङका केही चुनौतिहरू छन्। अहिलेको लिगल रिपोर्टिङ भनेको मुख्यतया राजनीतिक रिपोर्टिङसँग गाँसिएर आउँछ। हामी सेप्रेसन अफ पावरको कुरा गर्दछौँ, सेप्रेसन अफ लिगल रिपोर्टिङ स्टिल एण्ड एचटुबी एचिभ। मेन स्ट्रिम पोलिटिकल न्युजहरूबाट लिगल रिपोर्टिङलाई छुट्याएर छुट्टै प्रोफेसनल वा स्पेसलिष्ट रिपोर्टिङ बनाउन वास्तवमा अझै बाँकी छ। अहिले रिपोर्टिङ कस्तो छ भन्दा हाइ प्रोफाइल केसेसहरुको रिपोर्टिङ गर्दा त्यसपछि कहिलेकाहीँ अब हामी त्यसलाई यन अदर ल्याङ्ग्वेज पत्रकारहरूले त भन्नुहुन्न, स्क्यान्डलाइज गर्ने भनेर पनि भनिन्छ।

अर्को भाषामा भन्दा मिडिया ट्रायल गर्ने। हाइ प्रोफाइल केसेसहरू। अहिलेकै केही हाइ प्रोफाइल केसेसहरु हामीले उदाहरणका रूपमा लिन सक्छाैँ। कतिपय जजहरूलाई एकदम त्यसको सिन्ड्रोम बसिसकेको हुन्छ। कतिपय कोर्ट अफिसर्स र जजहरुलाई त्यसको प्रभाव परिरहेको हुन्छ। मिडियाले के भन्ला, कसो भन्ला, भन्ने सिन्ड्रोम तयार भइसकेको हुन्छ, हामी त्यो चरणमा छाैँ। अहिले पछिल्लो चरणमा क्रमशः पोजिटिभ रिपोर्टिङ हुँदै गएको छ।’

न्यायाधीश फुँयालले अन्य देशमा लिगल रिपोर्टिङको अवस्थाका बारेमा पनि छलफल गर्न जरुरी रहेको उनको भनाइ छ। 

प्रकाशित: १२ जेष्ठ २०८१ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App