३ असार २०८१ सोमबार
image/svg+xml
समाज

मुटुको चालमा गडबडी आएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। शुक्रबार साँझ उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना भएका हुन्।

नागरिकता प्रकरणमा मंगलबार कान्तिपुर अफिसबाट पक्राउ गरेर प्रहरीले जनकपुर लगेको थियो। नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई गए राति १० बजे अस्पताल भर्ना भएकाे बताइएको छ। हिजो साँझ स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: १२ जेष्ठ २०८१ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App