१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गल्ती गर्नेलाई कारबाही गर्ने आँट गर्‍यौँ भने पार्टी क्रान्तिकारी बन्न सक्छः दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गल्ती गर्ने र गम्भीर अपराध गर्नेहरुलाई कारबाही गर्ने आट गरियो भने पार्टीलाई क्रान्तिकारी बनाउन सकिने बताएका छन्।

सोमबार माओवादी केन्द्रको वैचारिक राजनीतिक प्रशिक्षण तथा निर्वाचन सम्बन्धी कार्यक्रममा बोल्दै उनले स्थानीय निर्वाचनमा कहाँ घात भयो र कहाँ अन्तरघात भयो भन्ने विषयमात्र नभएको उल्लेख गर्दै पार्टीलाई कसरी क्रान्तिकारी रुपमा अघि बढाउने भन्ने  विषय समेत रहेको बताएका हुन्।

दाहालले भने,‘हामीले गल्ती गर्ने र गम्भीर अपराध गर्नेहरुलाई कारबाही गर्ने आँट गर्‍यौँ भने यो पार्टी क्रान्तिकारी बन्न सक्छ नत्र पार्टी क्रान्तिकारी बन्न सक्दैन। यही मुल उद्देश्यकासाथ हामीले छानविन समिति बनाएका थियौँ र त्यसले प्रतिवेदन बुझाएको छ। त्यस समितिले त्यसमा आलोचना गर्ने, चेतावनी दिने, निलम्बन गर्ने, निष्काशन गर्ने र भण्डाफोर गर्ने सम्मका सुझाव दिएको छ।'

उनले ती सुझावहरु कार्यान्ववयन गर्न पार्टी तयार रहेको र त्यसमा नेता तथा कार्यकर्ताहरुले पनि साथ दिनुपर्ने बताए। दाहालले भने,‘ गल्ती गर्नेलाई कारबाही गर्न पनि नसक्ने र राम्रो गर्नेलाई प्रोत्साहीत गर्न पनि नस्कदा यो पार्टी पनि जस्ले जे गरेपनि हुने हो कि भन्ने डर छ। किनकि राम्रो काम गर्नेलाई प्रोत्साहीत गर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने गर्ने सक्ने पार्टीले मात्र समाज रुपान्तरण गर्न सक्छ।’

प्रकाशित: १३ भाद्र २०७९ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App