१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादी गोरखा जिल्ला समन्वय प्रमुखमा भट्ट

माओवादी केन्द्र गोरखा जिल्ला समन्वय प्रमुख विष्णुभट्ट।

नेकपा माओवादी केन्द्र गोरखा जिल्ला समन्वय प्रमुखमा विष्णु भट्ट चयन भएका छन्। आइतबार गण्डकी प्रदेश कमिटिको बैठकले बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका भट्टलाई जिल्ला समन्वय प्रमुख तोकेको हो।  

यस अघि प्रमुख रहेको लेखबहादुर थापा केन्द्रिय सदस्य बनेपछि भट्टलाई उक्त जिम्मेवारी दिइएको हो। बैठकले गोरखा नगरपालिकाको इञ्चार्जमा धना तमु, पालुङ्टार नगरपालिकाको इञ्चार्जमा विवश चिन्तन, सिरानचोक गाउँपालिकाको इन्चार्जमा पूर्णकुमारी कँडेललाई चयन गरेको छ।गण्डकी गाउँपालिकाको इञ्चार्जमा दिपक तिमिल्सिना, सहिदलखन गाउँपालिकाको इञ्चार्जमा कृष्णबहादुर चेपाङ, भीमसेन थापा गाउँपालिकाको इञ्चार्जमा लोकप्रसाद बन्जरा, आरुघाट गाउँपालिकाको इन्चार्जमा श्यामकुमार श्रेष्ठलाई चयन गरिएको जिल्ला संयोजक विष्णु भट्टले बताए।

धार्चे गाउँपालिकाको इन्चार्जमा छमबहादुर गुरुङ, चुमनुब्री गाउँपालिकाको इन्चार्जमा निमा लामा, बारपाक सुलिकोट गाउँपालिकाको इन्चार्जमा धामी बराम, अजिरकोट गाउँपालिकाको इन्चार्जमा अनिता भुजेललाई चयन गरिएको छ। जिल्ला कार्यालयको इञ्चार्जमा अकुर तिमिल्सिना चयन भएका छन्।

प्रकाशित: १३ भाद्र २०७९ ०८:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App