१० मंसिर २०८१ सोमबार
image/svg+xml

मुस्ताङमा तीन फिटसम्म हिउँ जम्यो(फोटोफिचर)

जाडोयाम सकिने बेलामा हिमाली जिल्ला मुस्ताङमा बाक्लो हिमपात भएको छ। हिमपातले जनजीवन प्रभावित भएको स्थानीय प्रशासनले बताएको छ। बाक्लो हिमपातपछि यातायात, विद्युत र सञ्चारसेवा समेत प्रभावित भएको प्रशासनको भनाई छ।

हिउँमा चिप्लेर एक जनाको मृत्यु

सोरु गाउँपालीकाको गाड्खोलामा हिउँमा चिप्लीएर लड्दा एक जनाको मृत्यु भएको छ। सोरु गाउँपालिका–३ का ४२ वर्षीय चक्रबहादुर बुढाको आइतबार हिउँमा चिप्लेर मृत्यु भएको प्रहरीले जनाएको छ।

हिउँदे साइक्लिङ रुटहरू

शनिबार सबेरै शहरमा साइकलका शौखिनको बाक्लै उपस्थिति देखिन्छ । केही दशकअघि कार्यालय समयमा देखिने साइकलको हुल भने आजकल मोटर साइकल तथा अन्य सवारी साधनले विस्थापित गरी सक्यो ।

नामांकन सकसपछिको राजनीति

पूर्वएमाले पक्षका सांसदहरू जातीय नामले समस्या ल्याउने भन्दै त्यो बाटो हिँड्नै नहुने पक्षमा छन्। यद्यपि, उनीहरू यसबारे सार्वजनिक रूपमा खुल्दैनन्।

हिउँदे अधिवेशनमा कानुन निर्माणले गति लिँदै

संसद्को हिउँदे अधिवेशन सुरु भएको दुई महिना बित्न लागेको छ। तर, प्रतिनिधिसभामा सभामुख नहुँदा लामो समय कानुन निर्माण कार्य अघि बढ्न सकेको थिएन। गत पुस ४ गते संसद्को अधिवेशन आह्वान भयो।

लाङटाङमा बेपत्ता दुई विद्यार्थी मृत फेला

लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि हराइरहेका दुई विद्यार्थी सोमबार मृत अवस्थामा फेला परेका छन्। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घोप्टेफेदीमा हिउँमा पुरिएको अवस्थामा उनीहरूको शव फेला परेको हो।

पदयात्री खोज्न हिउँ खोतल्दै सेना

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र नेपाली गाइड खोज्न खटिएको सेनाको टिमले हिउँ खोतल्दै खोजी सुरु गरेको छ। हिउँ जमेको ठाउँमा खनखोरस गरेपनि अधिक हिउँ जमेकाले वेपत्ता व्यक्ति भेटाउन भने सहज नभएको सेनाले बताएको छ।

‘अपेक्षाबमोजिम सरकारले काम गरेन’

सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ। पाँच महिनापछि सुरु भएको अधिवेशनको पहिलो दिन सोमबार बैठकमा नेकपा, नेपाली कांग्रेस र राजपाका तर्फबाट सासंदले धारणा राखेका थिए।

हिउँदे झरीले जलमग्न खेत, बालीमा ठूलो नोक्सानी

हिउँदे झरी कैलालीका किसानका लागि अभिशाप बनेको छ। लगातारको झरीले किसानको गहुँ, तोरी, मसुरो, केराउ लगायतका हिउँदे बालीमा ठूलो नोक्सानी पु-याएको छ।

प्रमुख एजेन्डा ‘राजधानी र नाम’

‘बिजनेश’ अभावका कारण चार महिनासम्म चल्न नसकेको प्रदेश ५ को संसदको हिउँदे अधिवेशन आईतबारदेखि सुरु हुँदैछ। जेठ २ गतेदेखि सुरु भएको बजेट अधिवेशन (चौथौ बैठक) असोज २ गते सकिएको थियो।

उत्तरी गोरखामा हिउँपहिरो, मनास्लु पदमार्ग बन्द

उत्तरी गोरखामा शुक्रवार दिनभर भारी हिमपात भएको छ। तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिको सामागाउँ, छेकम्पार लगायत धार्चे गाउँपालिकाको लाप्राकमा बाक्लो हिउँ परेको हो। हिउँ अत्याधिक परेसँगै मनास्लु पदमार्गको बिभिन्न ठाउँमा पहिरो बगेको छ। हिउँ पहिरोका कारण मनास्लु पदमार्ग बन्द रहेको वडा नम्बर ४ का अध्यक्ष पेम्बाडुण्डुप लामाले बताए।

बझाङमा चिसोले दुईजनाको मृत्यु

चिसोले बझाङमा दुईजनाको मृत्यु भएको छ। चिसो बढेपछि कठ्याङ्रिएर बझाङको जयपृथ्वी नगरपालिका–२ का ७९ वर्षीय पृथ्वीभान खड्का र मष्टा गाउँपालिका–१ की ८३ वर्षीय भुलीदेवी खड्काको मृत्यु भएको हो।

हिउँ पन्छाउने उपकरण नहुँदा जोखिम बढ्यो

हिउँ पन्छाउने उपकरण नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लालाई जोड्ने मुख्य राजमार्ग जोखिममा परेका छन। बर्सेनि पटकपटक हिमपातका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गलगायत दशरथचन्द, जय पृथ्वी, डा. केआई सिंह राजमार्ग घन्टौंसम्म अवरुद्ध हुने गरेका छन्।

आहा ! शैलुङ (फोटो फिचर)

माथी माथी शैलुङेमा चौरी डुलाउनेलाई, हत्केलामा मायाको गुराँस फुलाउनेलाई.. कुन्ती मोक्तानको चर्चित यो गित सुन्ने बितिकै सबैलाई दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङको याद आउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्