१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आहा ! शैलुङ (फोटो फिचर)

दाेलखा  - माथी माथी शैलुङेमा चौरी डुलाउनेलाई, हत्केलामा मायाको गुराँस फुलाउनेलाई..

कुन्ती मोक्तानको चर्चित यो गित सुन्ने बितिकै सबैलाई दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङको याद आउँछ। ३४ सय मिटर उचाईमा रमणीय स्थानमा रहेको थुम्कै थुम्काको शैलुङ दोलखा जिल्लाको मात्र नभई मुलुककै ख्याती प्राप्त पर्यटकीय क्षेत्र हो। हिउँ पर्ने समयमा यो स्थान प्राय हिउँले ढाकिन्छ।

हिउँमा रमाउन र शैलुङ घुम्न मुलुकका विभिन्न भागबाट पर्यटक यहाँ पुग्छन्। शैलुङबाट गौरीशंकर, गणेश, जुगल, अन्नपूर्णसहित मुलुकका प्राय हिमश्रृङखला र महाभारत पर्वतसहित माथिल्लो क्षेत्रका प्राय पहाड र पर्वतहरु देखिन्छ।

प्राकृतिकसंगै शैलुङ हिन्दु र बोद्धधर्मावलम्बीहरुको धार्मिक स्थल हो। यहाँ जनैपूर्णिमा, बाला चतुदर्शी लगायतका समयमा मेला लाग्ने गर्छ।

शैलुङ पुग्न राजधानीबाट दुई ओटा मार्ग प्रयोग गर्न सकिन्छ। काठमाण्डौबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको खाडीचौरबाट शुरु हुने लामोसाँघु जिरी सडक र्फ लागेपछि मुडे बजार आउछ। त्यहाँबाट दोलखाको देउराली बाघखोर हुँदै शैलुङको कालापानी पुग्न सकिन्छ। कालापनी शैलुङको बेस क्याम्प हो। यहाँ सम्म मोटर पु¥याइएको छ।

यो बाहेक राजधानीबाट सोही मार्ग हुँदै १ सय ३२ किलोमिटर दुरीमा रहेको दोलखा सदरमुकाम चरिकोट निस्केर त्यहाँबाट ३२ किलोमिटर यात्रा गरेपछि कालापानी पुग्न सकिन्छ।

कालापानीमा शैलुङ गाउँपालिकाले पर्यटकका लागी पदमार्ग सहितका विभिन्न संरचना बनाएको छ। कालापानीमा एउटा होटल छ। गाउँपालिकाले पर्यटक लक्षित गरेर कालापानी, झोर मनगठाउँ सहितका बस्तीहरुमा होम स्टेको योजनाअघि सारेको छ। कालापानीबाट सिढी चढेर एक घण्टा उकालो चढेपछि सय ओटा थुम्काहरुको सुन्दर डाँडो शैलुङ पुगिन्छ।

तस्बिरः रमेश/नागरिक

 

प्रकाशित: २४ पुस २०७६ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App