गण्डकी प्रदेशको हिउँदे अधिवेसन सुरु
गण्डकी प्रदेशको हिउँदे अधिवेशन सुरु भएको छ। गण्डकी प्रदेशसभाको पाचौं अधिवेशनका रूपमा बुधबारदेखि हिउँदे अधिवेशन सुरु भएको हो।
गण्डकी प्रदेशको हिउँदे अधिवेशन सुरु भएको छ। गण्डकी प्रदेशसभाको पाचौं अधिवेशनका रूपमा बुधबारदेखि हिउँदे अधिवेशन सुरु भएको हो।
दुर्लभ वन्यजन्तु अध्ययनका लागि जडान गरिएका क्यामेरामध्ये च्छोरोल्पा हिमतालभन्दा केही माथि पहाडको फेदीमा राखिएको एउटा स्वचालित क्यामेराले वयस्क हिउँ चितुवालाई यसैगरी तीन पटकसम्म कैद गर्छ।
हिमपातसँगैको वर्षाले एकातिर जनजीवन प्रभावित भएको छ भने अर्कोतिर किसान खेतीपाती सप्रिने भन्दै दंग छन्।
दुईदिनदेखि लगातार हिउँ पर्दा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङको जनजीवन बढी प्रभावित भएको छ। त्यस्तै अर्को जिल्ला गोरखाको माथिल्लो क्षेत्रको दैनिकी पनि कठिनपूर्ण बनेको छ। गोरखाको माथिल्लो क्षेत्रमा दुईफिट हिउँ जमेको स्थानीयले बताएका छन्। मनाङको तापक्रम घटेर माइनस ९ डिग्रीमा झरेको प्रहरीले बताएको छ।
बाँके खजुरा गाउँपालिकाका किसान लालबहादुर खत्रीले गत वर्ष १० लाख रुपैयाँको टमाटर बिक्री गरेका थिए। उनले खजुरा आएर गाउँमा तीन बिघामा टमाटर र एक बिघामा आलु लगाएका छन्। यस वर्ष उनले टमाटर र आलुबाट १५ लाखको कारोबार गर्ने लक्ष्य राखेका थिए। तर, गत शुक्रबारको अविरल वर्षाले उनको लक्ष्य पूरा नहुने भएको छ।
संसद्को उपल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार(आज)बाट सुरु हुँदैछ।
जिल्लाको छत्रदेव गाउँपालिकामा हिउँदे अधिवेशनको चटारो थियो। गाउँपालिकाको सभाहलमा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायत आठ वटै वडाका वडाअध्यक्षहरु दौरा सुरुवालमा सज्जित थिए।
हिउँले कर्णाली ढाकिएको छ। बिहीबारदेखि परेको हिउँले कर्णाली सेताम्य छ। यहाँका गाँउबस्ती, पाखा पखेरा र डाँडाकाँडा हिउँले ढपक्कै छन्। उच्च हिमाली क्षेत्रमा तीन फिटसम्म हिउँ परेको स्थानीय बताउँछन्। तल्लो समथर क्षेत्रमा डेढ फिटसम्म हिउँ परेको हो।
हिमपात विभिन्न बस्तीमा ओहोरदोहोरमा समस्या भएको छ भने चिसोले मानिसहरू घरबाहिर निस्केका छैनन्, घरभित्र आगो बालेर बसेका छन्।
संसद्को हिउँदे अधिवेशन नजिकँदै गए पनि सरकारले पर्याप्त बिजनेस नदिँदा संसद् बैठक बिजनेसविहीन हुने देखिएको छ। प्रतिनिधिसभका समितिमा १० विधेयक छन् भने आठ दर्ता भएका छन्। राष्ट्रियसभाका समितिमा चार विधेयक र दर्ता भएको संख्या दुई रहेको छ। दुवै सदनमा गरी २४ विधेयक रहे पनि अधिकांश विवादका कारण अघि बढ्न सकेका छैनन्। केही विधेयक प्रतिनिधिसभा र राष्ट्रिसभामा पुग्ने क्रममा रहे पनि दर्ता हुन बाँकी छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले तत्काल संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेकी छिन्।
उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ। दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो। चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए।
अन्तरिक्ष विज्ञान संस्था (नासा) को सानो हवाई जहाजबाट करिब ५०० फिटमुनि ठुल्ठूला हिउँका ढिक्का लहराइरहेको दृश्य देख्न सकिन्छ। नीलो–हरियो समुद्रमा सेता हिउँका यी ढिक्का साना थोप्लाजस्ता देखिन्छन्, तर यी ढिक्का युद्धपोतकै आकारका वा केही त १५ तल्ले भवनजत्रा अग्ला छन्।
हिउँदको बेला उपत्यकावासी ट्यांकरकै पानीमा निर्भर रहन्छन््। भएका ढुंगेधारा, इनार, पोखरी र खोला सुक्छन्। खानेपानीका पुराना स्रोत सुकेपछि नयाँ प्रविधिको सहयोगमा हिउँदमा गहिरो ‘डिप बोरिङ’ गरेर पानी तान्ने गरिन्छ। इनारमा पानी सुक्न थालेपछि राजधानी उपत्यकामा डिप बोरिङ बाध्यकारी बन्दै गएको छ।