५ आश्विन २०८१ शनिबार
image/svg+xml

ओलीले कुर्सी भाँच्छु भन्थे संविधान नै भाँचिदिए : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट लोकतन्त्र नै खतरामा परेको बताएका छन्।

प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सुरु, बृहत पूर्ण इजलासमा जानेबारे सरकारी पक्ष असहमत

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन छन्। रिट निवेदकरुले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा बृहत पूर्ण इजलासमा लैजान पर्ने भन्दै निदवेदन दिएका छन्।

संसद विघटनविरुद्ध मुद्दाः संवैधानिक इजलासमा सपना प्रधान मल्ल

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलासमा सपना प्रधान मल्लको नाम थपेका छन्।

देउवाले भने : सडकबाट न्यायालयलाई धम्क्याउन मिल्दैन

प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट संसद बिघटनको पक्षमा निर्णय आए पार्टीले चुनावमा भाग लिने बताएका छन्। अदालतले संसद पुनःस्थापना वा बिघटनको जुन निर्णय गरे पनि कांग्रेसले स्वीकार्नेसमेत उनले स्पष्ट पारे।

ओलीको कदमले देश १० वर्षपछि पर्‍यो : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक र प्रतिगामी कदम भएको बताएका छन्। उनले संसद विघटनविरुद्ध सशक्त प्रतिकार गरिने पनि बताए।

प्रधानमन्त्रीसँग संसद विघटन बाहेक अरु विकल्प थिएन : मुख्यमन्त्री पोखरेल

प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोगी मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटनको बचाउ गर्दै पदीय आकांक्षाबाट सिर्जना भएको राजनीतिको कालो बादल चुनावपछि हटेर जाने बताएका छन्।

संसद विघटन भएको, जनताको अधिकार खोसिएको होइन : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधि सभा विघटन भएपनि जनताका अधिकार यथावत रहेको बताएका छन्। बाँकेको खजुरामा सोमबार सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले झण्डा हल्लाएर हिँड्नु भ्रम मात्रै : पूर्वमन्त्री शर्मा

प्रतिनिधिसभा विघटनकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीको शक्ति ह्रास भएको पूर्वगृहमन्त्री तथा प्रचण्ड–माधव नेकपा समूहका नेता जनार्दन शर्माले बताएका छन्। प्रधानमन्त्री ओलीले झण्डा हल्लाएर हिँड्नु जनतालाई भ्रममा पार्नलाई मात्र भएको उनको भनाइ छ।

क्रान्तिकारी माओवादीले भन्यो : संसद विघटन फाँसीवादी कमद

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले प्रतिनिधिसभा विघटनलाई गणतन्त्र, सङ्घीयता तथा धर्मनिरपेक्षताका विरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फाँसीवादी कदम भएको बताएको छ।

प्रधानमन्त्री ओली संघीयता विरोधी हुन् : जसपा अध्यक्ष ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी भएको बताएका छन। प्रेस नेपालले आज भैरहवामा गरेको पत्रकार भेटघाटमा बोल्दै ठाकुरले प्रम ओली समग्र संघीयताकै विरोधी भएको बताए।

संसद पुनःस्थापना नभए देश द्वन्दमा फस्छ : डा. कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद पुनःस्थापना नभए देश द्वन्द्वमा फस्ने खतरा रहेको बताएका छन्। आइतबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँगको कुराकानीमा अदालतबाट संसद पुनःस्थापनाको निर्णय नभए देश द्वन्द्वमा फस्ने खतरा रहेको बताएका हुन्।

राष्ट्रियसभामा प्रधानमन्त्रीलाई प्रश्न : महाराज घोषणा गरियोस् भन्नु होला, हामीले त्यो पनि मान्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई सम्वोधन गरेका छन्। सम्वोधनका क्रममा उनले अहिलेको कदम सही भएको बताए। ओलीले दलहरुको शुद्धिकरणका लागि यो निर्वाचन एउटा झड्का भएको दाबी गरे।

राष्ट्रियसभामा प्रधानमन्त्रीले भने : अहिलेको कदम विलकुल सही छ

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको कदम सही भएको बताएका छन्। राष्ट्रिय सभामा बोल्दै ओलीले दलहरुको शुद्धिकरणका लागि यो निर्वाचन एउटा झड्का भएको दाबी गरे।

कांग्रेसले आज ३३० ठाउँमा प्रदर्शन गर्दै

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधसँगै निर्वाचनको तयारीलाई पनि एकसाथ अघि बढाउने भएको छ। सरकारविरुद्ध मंसिर अन्तिमसाता ७७ वट्टै जिल्लामा प्रदर्शन गरेको कांग्रेसले पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै विरोधका कार्यक्रम र निर्वाचन तयारीलाई एकैसाथ अघि बढाएको हो।

संसद विघटनविरूद्ध विवेकशील साझाले ऐना प्रदर्शन गर्ने

विवेकशील साझा पार्टीले संसद विघटनविरूद्ध ऐना प्रदर्शन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्