१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद विघटनविरुद्ध मुद्दाः संवैधानिक इजलासमा सपना प्रधान मल्ल

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलासमा सपना प्रधान मल्लको नाम थपेका छन्।  

पुस २२ गते कानुन व्यवसायीहरूले न्यायाधीशमाथि ‘स्वार्थ बाझिने’ भन्दै इजलासमाथि नै प्रश्न उठाएपछि न्यायाधीश हरिकृष्ण कार्कीले यस मुद्दामा आफू नबस्ने निर्णय गरेका थिए। प्रधानन्यायाधीश जबराले बुधबार कार्कीको ठाउँमा मल्ललाई थपेका हुन्।  

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज हुँदैछ। सो मुद्दा सुनुवाइका लागि संवैधानिक इजलासमा प्रधान न्यायाधीश जबरा, सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।

प्रकाशित: २९ पुस २०७७ ०५:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App