७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसद पुनःस्थापना नभए देश द्वन्दमा फस्छ : डा. कोइराला

क्याप्शन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद पुनःस्थापना नभए देश द्वन्द्वमा फस्ने  खतरा रहेको बताएका छन्।  आइतबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँगको कुराकानीमा  अदालतबाट संसद पुनःस्थापनाको निर्णय  नभए देश द्वन्द्वमा फस्ने खतरा रहेको बताएका हुन्।  

अदालतबाट संसद पुनःस्थापनाको निर्णय भए  अहिले देखिएको समस्या समाधान हुने,  नभए देश नयाँ खालको द्वन्दमा फस्ने कोइरालाको भनाई छ।  अदालतले जुनसुकै निर्णय गरे पनि कांग्रेस अदालतको निर्णय स्वीकार गर्दै आगामि रणनीति तय गर्ने पक्षमा रहेको उनले बताए।  तर, तोकिएकै समयमा निर्वाचन हुने अवस्था नरहेको उनले स्पष्ट पारे।   विभिन्न कारणले  तोकिएकै समयमा निर्वाचन हुने अवस्था नदेखिएको उनले बताए।  ‘संसद विघटनको मुद्धा अदालतमा विचाराधिन रहेको,नेकपाको दल विवाद टुंगो नलागेको र निर्वाचनको मिति नजिकिंदै गएकाले तोकिएकै मितिमा निर्वाचन हुने अवस्था छैन’ कोइरालाले भने।  उनले नेपालमा तीन महिनामा निर्वाचन कसैलै पनि गर्न नसक्ने दाबीसमेत गरे।  अपवादका रुपमा निर्वाचन भइहालेको अवस्थामा कांग्रेस निर्वाचनबाट नभाग्ने कोइरालाले स्पष्ट पारे। उनले निर्वाचनको तयारीबारे निर्वाचन आयोगसFग पनि छलफल गरिने बताए।    

संसद विघटन असंवैधानिक भएकाले प्रधानमन्त्रीको कदमको बिरोधमा कांग्रेस सडकमा आइसकेकाले सरकारको बिरोध र निर्वाचनको तयारी  दुबैलाई कांग्रेसले एकैसाथ अघि बढाउने  कोइरालाले स्पष्ट पारे।  कोइरालाले कांग्रेको प्रदेश स्तरिय  संरचना नभएकाले प्रदेशको निर्णय पनि केन्द्रले नै गर्नुपर्ने अवस्था रहेको बताए।  कोइरालाले तत्काल प्रदेश सरकारमा नेपाली कांग्रेस समावेश नभई तथस्ट बस्नु उपयुक्त हुने धारणा राखे।  

पार्टी भित्रै पनि संघर्ष  

महाअधिवेशन टार्दै जाने नेतृत्वको प्रबृत्ती विरुद्ध पार्टी भित्रै पनि संघर्ष गर्नुपरेको कोइरालाले बताए।  महाअधिवेशन फागुनमा नहुने निश्चित भइसके पनि  आगामि भदौ भित्र जसरी पनि महाअधिवेशन गर्नै पर्ने बाध्यता कांग्रेसलाई रहेको कोइरलाको भनाई छ।  ‘संविधान, विधि र विधान मान्ने भए महाअधिवेशन भदौ भन्द पछि लैजान मिल्दैन’ कोइरालाल भने।    संसदको निर्वाचन बैशाखमा भए पनि नभए पनि  महाअधिवेशन भदौमा गर्नै पर्ने बाध्यता कांग्रेसलाई रहेको उनले बताए।  तर, महाअधिवेशन गराउन नेतृत्वले आलटाल गरिरहेको कोइरालाको भनाई छ।   भदौ भित्रै महाअधिवेशन गर्न नेतृत्वलाईसमेत दबाब दिन पार्टी भित्रै पनि संघर्ष आबश्यक रहेको उनले बताए।  

प्रतिनिधिसभाको चुनाव गर्न सरकारलाई र महाअधिवेशन गर्न पार्टी नेतृत्व दुबैलाई एकैसाथ दबाब दिन कांग्रेसका नेता कार्यकर्ताले संघर्ष गर्नु पर्ने अवस्था आइपरेको कोइरालाले बताए।  कांग्रेसको बैठकमा सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच भनाभन भएको विषय बाहिरिएपछि पार्टी फुट्ने लगाएतका अड्कल बाजी भए पनि अवस्था त्यस्तो नरहेको कोइरालाले स्पष्ट पारे।  ‘प्रजातान्त्रिक पार्टी भित्र भिन्न मत स्वभाविक हो’ कोइरालाले भने ‘भिन्न मत राख्दैमा पार्टी फुट्छ भन्ने हुँदैन।’    

 

प्रकाशित: २६ पुस २०७७ १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App