बकर इदले सांस्कृतिक सद्भावलाई सुदृढ बनाउँछः अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समर्पण, मानवता, सहिष्णुता र परोपकारको सन्देश बोकेको बकर इद (इद–उल–अजहा)ले धार्मिक तथा सांस्कृतिक सद्भावलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन्।

