५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभामा प्रधानमन्त्रीलाई प्रश्न : महाराज घोषणा गरियोस् भन्नु होला, हामीले त्यो पनि मान्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई सम्वोधन गरेका छन्। सम्वोधनका क्रममा उनले अहिलेको कदम सही भएको बताए। ओलीले दलहरुको शुद्धिकरणका लागि यो निर्वाचन एउटा झड्का भएको दाबी गरे।

राष्ट्रियसभा सदस्यहरुले ओलीलाई प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदम किन चालेको भन्दै प्रश्न गरे। जितेन्द्र देवले प्रधानमन्त्रीको भनाईप्रति आफु पूर्ण असहमत भएको बताए। प्रमिला कुमारीले '२००७ सालको संविधानलाई राणाहरुले तुहाए, २०१७ सालमा राजा महेन्द्रले कु गरे। राजा ज्ञानेन्द्रले लोकन्त्रको को घाँटी निमोठे, तपाईले पनि ठ्याक्कै त्यसरी  प्रतिनिधिसभाको विघटन गरी अहिलेका सबै उपलव्धीहरु नास गरी गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षतामाथी तरवार झुण्डाउनु भएको छ', भन्दै प्रश्न गरिन्।

अनिता देवकोटाले प्रधानमन्त्रीले राष्ट्रपतिबाट महाराज भनेर घोषणा गराउनु होला, के उहाँलाई हामीले महाराज मान्ने भन्दै प्रश्न गरिन्।  

 

कसले के भने ?

जितेन्द्र देव

प्रधानमन्त्रीको भनाईप्रति पूर्ण असहमत छु। प्रधानमन्त्री आफै दावी गर्नु हुन्छ नेकपा भित्र र संसदीय दलभित्र बहुमतमा छु तर पार्टीका केही साथीहरुले काम गर्न रोके। पुरै संसदको ६४ प्रतिशतको कमाण्ड गरेको दावी उहाँको छ।

प्रमिला कुमारी  

२००७ सालको संविधानलाई राणाहरुले तुहाए, २०१७ सालमा राजा महेन्द्रले 'कु' गरे। राजा ज्ञानेन्द्रले लोकन्त्रको को घाँटी निमोठे, तपाईले पनि ठ्याक्कै त्यसरी  प्रतिनिधिसभाको विघटन गरी अहिलेका सबै उपलव्धीहरु नास गरी गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षतामाथी तरवार झुण्डाउनु भएको छ। जसको प्रतिपाद सदन र सडकबाट भइरहेको छ। त्यसैले नै तपाईले सदन बन्द गर्न खोज्नु भएको हो। हामी राष्ट्रिय सभाका सदस्यहरु सदन बन्द होस् भन्ने पक्षमा छैनौ। यसै सदनबाट प्रतिनिधिसभा पुन:स्थापनाको पनि माग गर्छु। यसमा तपाई के भन्नुहुन्छ जान्न जाहन्छु।

रमेशजंग रायमाझी

धारा ७६ को १ अनुसार बनेको सरकार भन्नु भयो। यो होइन। संविधान पढियोस् सम्माननीय अध्यक्ष ज्यू र प्रधानमन्त्री ज्यूले पनि पढ्नुस्। नेकपा माओवादी र नेकपा एमाले मिलेर संयुक्त सरकार धारा २ अन्तर्गत बन्यो। धारा ५ लाई प्रयोग नगरीकन धारा ७ प्रयोग गरेर प्रधानमन्त्री जानुभएको छ। संसदले अर्को सरकार बनाउने सम्भावना हुँदा हुँदै यो कदम प्रधानमन्त्रीले किन चाल्नु भयो यो संवैधानिक छ।

प्रकाश पन्त

मृत्यु पर्यन्त आँखा दान गरेको यो त मर्ने चिज रैछ भनेर त्यसलाई मारेरै आँखा निकालियो। संसदको विघटन पनि यस्तै भयो। संविधान च्यातेर निर्वाचन कसरी हुन्छ। नहर भत्काएर रोपाई गर्न जा भने जस्तो भएन? नहर नभएसम्म रोपाई हुन सक्दैन। संविधान बचे चुनावमा जाउँला। चुनाव त राजाले पनि गर्छु भनेका थिए। जमिन खोजेको चित्र बाँड्नु भयो। चुचे जमिन ल्याउन नसकेर संसद भंग गर्नुभएको हो? जतिसुकै तर्क गरेपनि संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक छ। यो अन्यन्तै खेदजनक छ। गेस पेपर पढेर भएन प्रधानमन्त्री ज्यू संविधान पढ्नु पर्यो प्रधानमन्त्री ज्यू।

अनिता देवकोटा

संविधानले दिँदै नदिएको असंवैधानिक कार्यको घोर भर्त्सना गर्छु। आफ्नो सत्ता यात्रा टुंगिदै गर्दा संसदको घाँटी रेट्न पछि नपर्ने प्रधानमन्त्रीले कसरी निर्वाचन गर्छ भनेर प्रश्न गर्न चाहन्छु। त्यसै गरेर धनगढीमा भएको आमसभामा निर्मला पन्तका बलात्कारी खै भन्ने टिसर्ट लगाएकालाई समातियो के अब संविधानमा मौलिक हक अन्तर्गत धारा १७ पनि विघटन भएको हो? संविधानको १०१ माहा लेखिएको छ ११९ राज लेखिएको छ यहाँले महाराज घोषणा गरियोस् भनेर राष्ट्रपतिकहाँ पठाउनु होला राष्ट्रपतिले त्यो विज्ञप्ति जारी गर्नु होला के हामीले महाराज भनेर मान्ने?

 

 

 

 

प्रकाशित: २६ पुस २०७७ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App