२ असार २०८१ आइतबार
image/svg+xml

टुर दि पोखराः पुस दोस्रो साता मेयरकप साईकल दौड

‘बोसो पगाल, इन्धन नबाल’ साईकल सिटी पोखराको मूल मन्त्र हो। मन्त्र लाई आत्मसाथ गर्दै साईकल सिटी पोखराले ‘टुर दि पोखरा’ आयोजना गर्दैछ। खास गरी साईक्लिङ टुरको अभियान फ्रान्सबाट शुरु भएको हो । फ्रान्समा टुर दि फ्रान्सको शुरुवातसँगै विश्वमा साईकल यात्रा ‘टुर दि’ अभियानले महत्व पाएको हो।

म्याराथन उपाधि जितेपछि रामले पाए साइकल

रौतहटको गरुडामा लायन्स युवाक्लबले हरेक वर्ष दशैँमा गर्दै आएको मनोजकुमार चौधरी स्मृति म्याराथन दौड प्रतियोगिताको उपाधि गरुडा नगरपालिका ८ काअजेश रामले हातपारेका छन्।

फुलपातीमा जुम्लाको राजासिममा घोडा दौड

यस वर्षको फुलपातीकै दिन छौटौँ पटक घोडा दौड प्रतियोगिता गरिएको छ। घोडा दौड प्रतियोगितामा पालित, कदम र खुल्ला गरी तीन विधामा पुरुस्कार प्रदान गरिएको छ। खुल्ला तर्फ गुठीचौर गाउँपालिका २ गडीगाउँका विकास बोहरा प्रथम, सोही गाउँका शंकर रोकाया द्धतिय र सोही वडा कोल्तेका विपन्न बोहरा तृतिय भएका छन्।

मुटु दिवसको अवसरमा रौतहटमा खुल्ला दौड प्रतियोगिता

विश्व मुटु दिवसको अवसरमा रौतहटमा खुल्ला दौड प्रतियोगिता सम्पन्न गरिएको छ। चन्द्रपुर हस्पिटल प्रालिले गरेको खुल्ला दौड प्रतियोगितामा १६ देखि ५० वर्षसम्मका २५० भन्दा बढीले सहभागिता जनाएका छन्।

महानगर १० किलोमिटर दौडमा विभागीय हावी

निर्धारित समयभन्दा झण्डै एकघण्टा ढिलो गरी शुरु गरिएको १० किलोमिटर खुल्ला दौडको उपाधि नेपाली सेना(बैतडी)का मोहनदेव जोशी प्रथम भएका छन्। पोखरा महानगर खेलकुद विकास समितिद्वारा आयोजित दौडमा जोशीले ३५ मिनेट ३१.४ सेकेण्डमा पुरा गर्दै प्रथम भएका हुन्। उनले नगद २५ हजार राशीको पुरस्कार थापे।

विद्यालयस्तरीय सडक दौडमा श्रेया र राज प्रथम

संविधान दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय सडक दौड प्रतियोगितामा छात्रा तर्फ सिद्ध माविकी श्रेया मगर प्रथम भएकी छन्।

दौडमा अन्जु र विश्वरामलाई सफलता

गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अन्जु खड्का प्रथम बैकुण्ठ मानन्धर अन्तरमाध्यमिक विद्यालय पाँच किलोमिटर दौड प्रतियोगितामा शनिबार पहिलो भएका छन्।

‘शेरबहादुर दाइ टिकट माग्न म काठमाडौँ आउँदिन’

दाइ, म जस्तै आकांक्षीहरु दलबलसहित तपाई र पार्टीका ठूला नेताहरुलाई भेटेर उम्मेदवार बन्नका लागि टिकट दिलाइदिनुस् भन्नका लागि राजधानी आउँदै हुनुहुन्छ। उहाँहरुलाई शुभयात्रा र शुभकामना टक्रयाँउछु। तर, शेरबहादुर दाइ म भने तपाईं र ठूला नेतालाई चुनाव अघि भेट्न आउँदिन। किनकी भेटेर टिकट मिलाई दिनुस् भन्न म आउँदिन। यसको मतलव म उम्मेदवार बन्ने दौडबाट पछाडी हटे र फिर्ता लिएको भन्ने पटक्कै होइन।

तिर्थबहादुरले जिते लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथुन

१० जनाभित्र पर्न सफल सोलोखुम्बु महाकुलुङका अर्जुन राई कुलुङ, महेन्द्र दल गणका थमबहादुर अधिकारी, सिरानचोक ५ गोरखाका अशोक बराम, भुतपूर्व सैनिक रैबतबहादुर दाहाल र महाविर सौर्य गणका बिमल खड्का लाई क्रमस ३०, २५, २०, १५, १० हजार पुरस्कार प्रदान गरिएको छ।

बागलुङका पुनले जिते काँक्रेविहार म्याराथनको उपाधि

प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथनको उपाधि बागलुङका तिर्थकुमार पुनले चुमेका छन्। ‘कर्णाली दौडिन्छ’ भन्ने नाराका साथ पहिलो पटक प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको प्रतियोगितामा एक हजार प्रतियोगीलाई उछिन्दै पुनले उपाधि चुमेका हुन्।

असारको पहिलो शनिबार पोखरामा ४५ किमी साईकल दौड

असारको पहिलो शनिबार(४ गते) पोखरामा ४२ किलोमिटरको साईकल दौड आयोजना गरिदैं छ। पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला साईक्लिङ संघ र साईकल सिटी पोखराको सहयोग एवं व्यवस्थापनमा राष्ट्रियस्तरको महिला तथा पुरुष साईकल दौडका आयोजना गरिने महानगर खेलकुद विकास समितिले जनाएको छ।

खुला दौडको उपाधि मिजारलाई

गणतन्त्र दिवसको अवसरमा हेटौंडामा आयोजना भएको ६ किलोमिटर खुला दौड प्रतियोगिताको उपाधि हेटौंडा १४ का सञ्जीव मिजारले जितेका छन्।

नेपालगन्ज उपमहानगरपालिको मेयरमा कांग्रेसका १४ आकांक्षी

नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर बन्न नेपाली कांग्रेसका आकांक्षी दौडधुपमा लागेका छन्।

पूर्वचिहानबाट चियाउँदा

कागेश्वरी क्षेत्र वास्तवमै अर्गानिक पर्यटकीय क्षेत्र बन्ने योग्यता राख्छ। तारेभिरको काखमा अवस्थित यो क्षेत्र शिवपुरी, मणिचुड, जहरसिंह पौवा हुँदै नगरकोटसम्म एउटै पेरिफेरीको प्याकेज निर्माण गर्न सक्षम छ।

यादव र बोहोरालाई १० किलोमिटर दौड उपाधि

पोखरामा पहिलोपटक सहभागिता जनाएका अजितकुमार यादवले पुरुष तर्फको १० किलोमिटर दौडको उपाधि जितेका छन्। नेपाल भूतपुर्व खेलाडी मञ्चको आयोजनामा शनिबार सम्पन्न १० किलोमिटर पुरुष दौडमा यादवले ३० मिनेट ४५.२० सेकेण्डको समयमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्