९ असार २०८१ आइतबार
image/svg+xml
खेल

असारको पहिलो शनिबार पोखरामा ४५ किमी साईकल दौड

असारको पहिलो शनिबार(४ गते) पोखरामा ४२ किलोमिटरको साईकल दौड आयोजना गरिदैं छ। पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला साईक्लिङ संघ र साईकल सिटी पोखराको सहयोग एवं व्यवस्थापनमा राष्ट्रियस्तरको महिला तथा पुरुष साईकल दौडका आयोजना गरिने महानगर खेलकुद विकास समितिले जनाएको छ।  

४२ किलोमिटर साईकल दौडका लागि संघले साईकल सिटी पोखरासँगको सहकार्यमा रुट समेत अध्ययन गरी महानगर खेलकुद विकास समितिलाई प्रस्तुत गरिसकेको छ। पोखरामा संघकै आयोजनामा कोरोनाको प्रभाव अघि पोखरा आईभी आयोजना गरिएको थियो। स्वदेशी तथा विदेशी खेलाडीहरुको सहभागिता रहेको थियो। महानगर खेलकुदको आयोजनामा हुने साईक्लिङ रेस पहिलो हो भने महानगरको यो चौथो प्रतियोगिता हो। महानगरले यसअघि व्याडमिन्टन, टेबलटेनिस र भलिबल प्रतियोगिता(मेयर कप) आयोजना गरेको थियो।  

असारको पहिलो शनिबार (४ गते) आयोजना हुने साईकल दौडको लागि पोखरा–१९ अर्मलाको जोईमुरेबाट शुरु हुने छ। रुट जोईमुरेबाट र्यालेचौर भलाम हुदैं मौजाबाट अर्मलाकोट झर्ने रुट छ। अर्मलाकोटबाट झरेर घार्मीको डाँडो उक्लिएर ४५ किलोमिटरको दुरी तय गर्ने साईकल संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए। उनका अनुसार रुट उकाली ओराली छ। बजार क्षेत्रमा सवारी साधनको चापले समस्या हुदाँ रुट ग्रामीण क्षेत्रमा बनाइएको उनले बताए। उनका अनुसार साईक्लिङको लागि उपयुक्त बनाइएको छ। सहभागिको विमा गरिएको छ। प्रत्येक खेलाडीको ५ लाख रुपैयाँ बराबरको बिमा छ। पोखराभन्दा बाहिर जिल्लाबाट सहभागित हुने साईक्लिष्टलाई यातायात शुल्क(एक हजार रुपैयाँ) उपलब्ध गराईने छ।  

प्रतियोगितामा पोखरा, काठमाडौं, धरान, बुटवल लगायत विभिन्न शहरबाट साईक्लिष्टहरुको सहभागिता रहने छ। महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार साईक्लिङ विजेता महिला तथा पुरुष विजेताले ३०, २० र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। समितिले साईकल दौडको लागि साढे तीन लाख रुपैयाँ खर्चको अनुमान गरेको छ। खड्काका अनुसार सहभागिताको लागि असार २ गतेभित्र दर्ता गरिसक्नुपर्ने छ।  

प्रकाशित: २७ जेष्ठ २०७९ ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App