१४ असार २०८१ शुक्रबार
image/svg+xml

हिमाल टमाटाले जिते लिगलिगे साईकल दौडको उपाधि

लिगलिग भिलेज स्पोर्टसको आयोजनामा भएको तेस्रो लिगलिगे साईकल दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका हिमाल टमाटाले जितेका छन्।

टुर दि पोखराः पुस दोस्रो साता मेयरकप साईकल दौड

‘बोसो पगाल, इन्धन नबाल’ साईकल सिटी पोखराको मूल मन्त्र हो। मन्त्र लाई आत्मसाथ गर्दै साईकल सिटी पोखराले ‘टुर दि पोखरा’ आयोजना गर्दैछ। खास गरी साईक्लिङ टुरको अभियान फ्रान्सबाट शुरु भएको हो । फ्रान्समा टुर दि फ्रान्सको शुरुवातसँगै विश्वमा साईकल यात्रा ‘टुर दि’ अभियानले महत्व पाएको हो।

असारको पहिलो शनिबार पोखरामा ४५ किमी साईकल दौड

असारको पहिलो शनिबार(४ गते) पोखरामा ४२ किलोमिटरको साईकल दौड आयोजना गरिदैं छ। पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला साईक्लिङ संघ र साईकल सिटी पोखराको सहयोग एवं व्यवस्थापनमा राष्ट्रियस्तरको महिला तथा पुरुष साईकल दौडका आयोजना गरिने महानगर खेलकुद विकास समितिले जनाएको छ।

दुई घण्टा २५ मिनेटमा ५३ किलोमिटर लिगलिगे साईकल दौड

गोरखाको पालुङटारदेखि सिरानचोक, लमजुङको राईनासहुँदै लिगलिगकोटसम्म आयोजना गरिएको खुल्ला साईकल दौडमा सुरज राना पहिलो भएका छन्।

दोस्रो लिगलिगे साईकल दौड चैत ४ गते हुने

लिगलिगकोटको प्रचारप्रसार गरी पर्यटन विकास गर्ने उद्देश्यले सुरु गरिएको ‘दोस्रो लिगलिगे साईकल दौड’ चैत ४ गते हुने भएको छ। प्रतियोगितामा सहभागी हुनका लागी फागुन १० गते मंगलवारदेखि रजिष्ट्रेशन खुल्ला गरिएको आयोजक लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष सञ्जीव राना मगरले बताए।

‘मेयर साईकल दौड’ मा वालिङका मेयर प्रथम

नयाँवर्षको अवसरमा पोखरामा आयोजना गरिएको ‘मेयर साइकल दौड प्रतियोगिता’ मा वालिङ नगरपालिका प्रमुख दिलिपविक्रम खाँड प्रथम भएका छन् ।

नयाँ वर्षमा पोखरामा ‘मेयर साईकल दौड’

नयाँवर्षको अवसरमा पोखरामा ‘मेयर साइकल दौड प्रतियोगिता’ हुने छ । पोखरा महानगरपालिकाको आयोजनामा कास्की जिल्ला साईक्लिङ संघको व्यवस्थापनमा बैशाख १ गते नयाँ वर्षको अवसरमा मेयर साईकल दौड प्रतियोगिता आयोजना गरिएको आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्