७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

‘मेयर साईकल दौड’ मा वालिङका मेयर प्रथम

नयाँवर्षको अवसरमा पोखरामा आयोजना गरिएको ‘मेयर साइकल दौड प्रतियोगिता’ मा वालिङ नगरपालिका प्रमुख दिलिपविक्रम खाँड प्रथम भएका छन् । उनले ४ किलोमिटरको दुरीलाई १५ मिनेट ३१.५३ सेकेण्डमा पुरा गर्दै प्रथम पुरस्कार जित्न सफल भए ।  

बुधबार विहान पोखरा–६ हल्लनचोकबाट शुरु भएको साईकल दौड पोखरा सभागृहमा आएर टुंगिएको थियो । हुम्ला नाम्खा गाँउपालिकाका अध्यक्ष विष्णुबहादुर लामा दोस्रो भए । उनले १५ मिनेट ३८.८८ सेकेण्डको समयमा पुरा गर्दै दोस्रो भए । तेस्रो स्थानमा भने कास्की माछापुच्छ«े गाँउपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ रहे । उनले १६ मिनेट ४८.५९ सेकेण्डको समयमा पुरा गरेका थिए ।  

पोखरा महानगरपालिकाको आयोजनामा कास्की जिल्ला साईक्लिङ संघको व्यवस्थापनमा बैशाख १ गते नयाँ वर्षको अवसरमा मेयर साईकल दौड प्रतियोगिता आयोजना गरिएको हो । बढ्दो सवारीले निम्त्याउने प्रदुषण न्युनिकरण तथा स्वास्थ्यप्रतिको सचेतना साईकल दौडको उद्देश्य रहेको थियो । कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँग हातेमालो गर्दै ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’ नारासहित आयोजित साईकल दौडमा ९ जनाले सहभागिता जनाएका थिए ।

साईकल दौडका विजेतालाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पुरस्कार प्रदान गरेका थिए । प्रथम हुनेलाई १० तोलाको चाँदीको पदक, दोस्रो हुनेलाई ८ तोला र तेस्रो हुनेलाई ७ तोलाको चाँदीको पदकबाट पुरस्कृत गरिएको साईकल दौडका संयोजक दर्शन लामाले जानकारी दिए । साईकल दौड हल्लनचोकबाट शुरु भई बाराहीचोक–राष्ट्रबैंक–सृजनाचोक–सभागृहचोक हुदैं सभागृह हल परिसरमा पुगेर टुंगिएको थियो ।  

मेयर साईकल दौडकै अवसरमा पोखरामा साईकल लेनको समेत शुरुवात गरिने मेयर जिसीले स्पष्ट पारे । पोखरा महानगरपालिकाले तालदेखि तालसम्म ८४ किलोमिटर साइकल ट्र्याकको आवश्यक पूर्वाधार निमाणर््ा गर्ने समेत योजना अघि सारिएको छ । लेक टु लेक साईक साईकल ट्रयाक निर्माणको लागि आवश्यक अध्ययन सकिएको छ । पोखराको विभिन्न ५० ठाँउमा साईकल स्ट्याण्ड बनाईने योजना समेत पोखरा महानगरपालिकाको छ । महानगरपालिकाले साईकल दौडकै अवसरमा कास्कीबाट १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा साईक्लिङ प्रतिस्पर्धा(डाउनहिल) रजत पदक जितेकी जमूना थापालाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरिएको थियो । साईकल दौडसहित विभिन्न क्षेत्रका व्यक्तित्व एवं साईक्लिष्टहरु समेत साईकल र्यालीमा सहभागि थिए ।  

प्रकाशित: १ वैशाख २०७८ ०७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App