९ असार २०८१ आइतबार
image/svg+xml
खेल

टुर दि पोखराः पुस दोस्रो साता मेयरकप साईकल दौड

‘बोसो पगाल, इन्धन नबाल’ साईकल सिटी पोखराको मूल मन्त्र हो। मन्त्र लाई आत्मसाथ गर्दै साईकल सिटी पोखराले ‘टुर दि पोखरा’ आयोजना गर्दैछ। खास गरी साईक्लिङ टुरको अभियान फ्रान्सबाट शुरु भएको हो । फ्रान्समा टुर दि फ्रान्सको शुरुवातसँगै विश्वमा साईकल यात्रा ‘टुर दि’ अभियानले महत्व पाएको हो।  

पोखराले पनि छैटौं पटक ‘टुर दि पोखरा’ अभियान सञ्चालन गर्दै छ। अभियान ७२ किलोमिटरको हुनेछ। बाग्लुङको कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्मको यात्रा तय गरिने छ। धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित दुई धार्मिकस्थललाई जोड्ने अभियान साईकल सिटीले लिएको छ। विभिन्न उमेर समूहका साईक्लिष्टहरुले सहभागिता जनाउने छन्। दुई वर्ष कोभिड–१९ कै कारण टुर दि पोखराको यात्रा स्थगित गरिएको थियो। आगामी पुसको ७ गते टुर दि पोखरा आयोजना गरिएको साईकल सिटी पोखराले जनाएको छ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले टुर दि पोखराको झण्डा टुर दि पोखराका संयोजक राजन गोङ्गजूलाई हस्तान्तरण गरे। स्वास्थ्य, बातावरण र पर्यटनका लागि साईकल भन्ने नारा साईकल सिटीले तय गरेको छ। टुर दिन पोखरापछि पोखरामै साईकल ¥याली गरिने छ। ¥याली पोखरा बजार क्षेत्र परिक्रम गर्ने छ। साईकल ¥यालीमै सुस्त गतिमा साईकल चलाउने प्रतियोगिता जस्ता कार्यक्रम समेत गरिने। १ हजार ५ सय भन्दा बढी साईक्लिष्टहरुले सहभागिता जनाउने छन्। टुर दि पोखराको पूर्वसन्ध्यमा पोखरामा दोस्रो राष्ट्रिय मेयरकप साईकल दौड प्रतियोगिता आयोजना गर्ने निर्णय साईक्लिङ संघ कास्कीले जनाएको छ।  

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पुस ६ गते रानीबन क्षेत्रमा २० किलोमिटर साईकल दौड आयोजना गरिएको महानगर खेलकुदका सदस्य सचिव सुवास खड्काले जनाए। साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीका अनुसार रानीबनको ४ किलोमिटर दुरीलाई पाँच ल्याप (रुटलाई पाँचपटक घुम्ने) गरी २० किलोमिटर पुरा गरिने छ। विजेतालाई नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।  

महानगरकै सहयोगमा साईकल सिटी तथा साईक्लिङ संघ कास्कीले पोखराको बजार क्षेत्रमा ३ किलोमिटर साईकल लेन निर्माण गरिएको छ। बजार क्षेत्रमा २.६ किलोमिटर लेन बनाईएको छ। साईकल लेन निर्माण समितिका संयोजक राजन गोंगजुले पोखरा महानगरपािलका र उपभोक्ता समितिको गरी ३५ लाख ३० हजार रुपैयाँको लागतम लेन बनाइएको हो। महानगरले ३० लाख रुपैयाँ र उपभोक्ता समितिको ५ लाख ३० हजारको लागतमा बजार क्षेत्रमा लेन बनाइएको हो।सडकमा थर्मोप्लाष्टिक पेन्ट लगाइएको छ। प्लाष्टिकलाई २ सय डिग्रीमा पगालेर पेन्टको रुपमा प्रयोग गरिएको छ। पेन्ट लगाउन प्रतिमिटर ११ सय रुपैयाँको लागत परेको छ। साईकल लेन चिप्लेढुंगाबाट सभागृहचोक, सृजनाचोक हुदै जिरोकिलोमिटरसम्म बनाइएको छ।

प्रकाशित: २७ कार्तिक २०७९ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App