१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

खुला दौडको उपाधि मिजारलाई

गणतन्त्र दिवसको अवसरमा हेटौंडामा आयोजना भएको ६ किलोमिटर खुला दौड प्रतियोगिताको उपाधि हेटौंडा १४ का सञ्जीव मिजारले जितेका छन्। ५७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले निर्धारित दुरी २३ मिनेट २६ सेकेण्डमा पार गर्दै विजेता भएका हुन्।

दौडमा श्रीजन गणका निरायण जिसी (२३ मिनेट ३१ सकेण्ड) द्वितीय र सुनाचुरी ब्यारेकका गणेशबहादुर कुंवर (२३ मिनेट ४७ सेकेण्ड) तृतीयभए। वागमती प्रदेश स्तरीय गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको दौड प्रतियोगितामा ५८ जना सहभागी भएका थिए।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय भएका खेलाडीले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै महिलातर्फको उपाधि गोरखबहादुर गणका भिष्मा बस्नेतले जितेकी छिन्। अन्य ८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्। कालीप्रसाद गणका बसन्तीगोले द्वितीय र दंगाप्रहरी गणकी दुर्गा खाती तृतीय भइन्।

विजेतालाई गणतन्त्र दिवसको दिन हुने अन्तिम कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ। वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी लगायतको आतिथ्यतामा दौड भएको हो। मकवानपुरमा विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ।

प्रकाशित: १४ जेष्ठ २०७९ ११:१८ शनिबार

गणतन्त्र दिवस हेटौंडा खुला दौड प्रतियोगिता मकवानपुर मावि विध कार्यक्रम