९ असार २०८१ आइतबार
image/svg+xml
खेल

दौडमा अन्जु र विश्वरामलाई सफलता

गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अन्जु खड्का प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय पाँच किलोमिटर दौड प्रतियोगितामा शनिबार पहिलो भएका छन्।

निकुञ्ज पूर्वविद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा सम्पन्न दौडमा विश्व छात्रतर्फ र अन्जु छात्रामा पहिलो भएका हुन्। शान्ति विश्वले १७ मिनेट ३९.०९ सेकेन्डमा पूरा गरे। जनज्योति माविका अजय विक दोस्रो तथा अरनिको माविका सोनाम शेर्पा तेस्रो स्थान रहे। अन्जुले निर्धारित दूरी २२ मिनेट १६.३६ सेकेन्डमा पूरा गरिन्। पञ्चकन्या माविका सोनु घतानी दोस्रो तथा सरिता रम्तेल तेस्रो भए। दुवै समूहका शीर्ष तीनका खेलाडीले क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरे।

विजेतालाई नेपाल ओलम्पिक कमिटी(एनओसी) का अध्यक्ष एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष विवेन्द्रभक्त प्रधानाङ, महासचिव नरेशकुमार मल्ल, कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर र पूर्वधावक बुद्धवीर लामा लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। सो अवसरमा हालै फ्रान्समा सम्पन्न विश्व अल्ट्रा दौड प्रतियोगितामा दोस्रो हुन सफल धाविका सुनमाया बुढालाई शान्ति निकुञ्ज सम्मान पत्रसहित एक लाख एक हजार एक सय रूपैयाँ नगद प्रदान गरी सम्मान गरिएको थियो।

एक वर्षमा चार वटा म्याराथन दौडेका भेट्रान धावक शम्भुप्रसाद दाहाललाई पनि शान्ति निकुञ्ज सम्मानपत्रबाट सम्मान गरिएको थियो। दशरथ रंगशालादेखि सुरु भएको दौड दशरथ रंगशालामै आएर सकिएको थियो। उपत्यका, रोल्पा, सुर्खेत, सुनसरी र सर्लाहीका विभिन्न ८० विद्यालयका दुई सय १३ प्रतिस्पर्धी सहभागी थिए।

प्रकाशित: २ आश्विन २०७९ ०१:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App