११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बागलुङ पहिराे: गाउँलेले खोला थुनिएको पत्तै पाएनन्

बुधबार राति देउरालीमा पहिरो झ-यो । भीषण पहिरोले केहीबेर भुजीखोला थुनियो । तर तटीय भेगका बासिन्दाले सिरान क्षेत्रमा खोला थुनिएको मेसै पाएनन् । मध्यरात हुन थालेको र वर्षा निरन्तर भएकाले पनि खोलामा पानीको सतह घटबढ भएकोबारे गाउँलेले हेक्का राख्न सकेनन् ।

इन्सपेक्टरसहित तीन प्रहरी निलम्बित

प्रहरी हिरासतमा रहका दलित युवक उपचारको क्रममा मृत्यु घटनाको थप अनुसन्धान गर्नका लागि इन्सपेक्टरसहित तीनजना प्रहरी निलम्बनमा परेका छन् ।

तीन दिनदेखि चुलो बलेको छैन मृतकको घरमा

प्रहरी हिरासतमा रही उपचारको क्रममा मृत्यु भएका रौतहटको गरुडा ८ जिंगडियाका विजय रामको घरमा तीन दिनदेखि चुलो बलेको छैन । मृतक रामका दुई श्रीमतीका साथै बुबा र आमा भोकभोकै छन् । हिन्दु परम्पराअनुसार कसैको मृत्यु भएपछि लासको सदगति नगरेसम्म कसैले केही खानु हुँदैन भन्ने चलन रहेकोले घरका सबै सदस्य भोकभोकै रहेका छन् ।

प्रहरीद्वारा हिरासतमै हत्या गरिएको भनी दलितले गरे इप्रका घेराउ

प्रहरी हिरासतमा रही बिरामी भएपछि उपचारको क्रममा मृत्यु भएको रौतहटको गरुडा नगरपालिका ८ जिंगडियाका १९ वर्षीय विजय राम चमारलाई प्रहरीले यातना दिएर हत्या गरेको आरोप लगाउँदै विहीवार इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

कोरोनाले हिमालमै विलायो हिमाली हिरा

हिमाली हिराको नामले चिनिने यार्सागुम्बा संकलन गर्न नपाउँदा सुदूरपश्चिमका हिमाली जिल्लाका स्थानीय आर्थिक संकटमा परेका छन् ।

किन डुब्छ बर्सेनि कैलाली ?

हरेक वर्षायाममा कैलालीको दक्षिणी क्षेत्र डुबानमा पर्दै आएको छ। नेपाल–भारत सीमाबाट १० किलोमिटर दक्षिणमा भारतले घाँघरा (कर्णाली) नदीमा गिरिजापुरी बाँध (कैलाशपुरी बाँध) बनाएर बाँधको ढोका थुन्ने गरेका कारण कैलाली र बर्दिया डुबानमा पर्ने गरेका हुन्।

सुदूरपश्चिममा बाढीपहिराेः ६ हजार घर डुबानमा, ४ जना बेपत्ता

सुदूरपश्चिममा मंगलवार रातिदेखि आएको अबिरल बर्षाका कारण आएको पहिरो र बाढीले ठूलो क्षति गरेको छ। पहाडी जिल्लामा पहिरोले र तराईमा बाढीले जनजिवन अस्तव्यस्त बनाएको छ।

पहिराे प्रभावितलाई राहत वितरण

पहिराेले घरमा क्षति पुर्‍याएपछि विस्थापित बनेका बागलुङ नगरपालिका–५ का तीन परिवारलाई मालिका सेवा समाजले आज राहत रकम प्रदान गरेको छ ।

अझैं खुलेन पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग (फोटो फिचरसहित)

पहिराेले शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार (आज) पनि खुलेको छैन। तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। शनिबार दिनभर सडक खुलाउन डोजर प्रयोग गरिए पनि पहिरो खस्नेक्रम नरोकिएपछि समस्या थपिएको छ। यस्तै शनिबार राति तिनाउँ गाउँपालिका–३, पैठेडाँडाबाट ठूला ढुङ्गा सडकमा खस्दा सडक पूर्ण रुपमा बन्द भएको छ।

आज पनि विभिन्न स्थानमा वर्षा र बाढीपहिराेको सम्भावना

प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी (ठूलो) वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बाढीपहिराेकाे वितण्डाः अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति

कोभिड–१९ को जोखिम कायमै रहँदा मनसुनजन्य विपद्को कहरले मुलुकका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ। विपद् व्यवस्थापन विज्ञका अनुसार अपत्यारिलो स्थानमा पहिरोले अकल्पनीय क्षति पु¥याएको छ। मुख्यगरी पर्वत, बझाङ, पाल्पा, सिन्धुपाल्चोक, रुकुम, म्याग्दी, कास्की, जाजरकोटमा पहिरोका अपत्यारिलो घटना भयो। पर्वत, बझाङ, होस् या सिन्धुपाल्चोकका बाह्रबिसेमा खसेको पहिलो, त्यति धेरै क्षति हुन्छ भनेर आँकलन थिएन।

श्रीलंकाली क्रिकेटर प्रहरी हिरासतमा

श्रीलंकन पुलिसले अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सिहान मधुशंकालाई लागू औषधको कारोबार आरोपमा सोमबार नियन्त्रणमा लिएको छ । २५ वर्षीय मधुशंकाले २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दा ह्याट्रिक गरेका थिए । मधुशंकालाई करिब दुई साता अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ ।

पहिलो पटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली (फोटो फिचर)

पहिलो पटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली भएको छ । नेपाल प्रहरीको इतिहासमै पहिलो पटक थुनुवा कक्ष खाली भएको हो।

६ दशकपछि हिरासत पक्ष रित्तो

अरु बेला जघन्य अपराध तथा घरेलु हिंसाबारे सूचना दिन फोन आउने प्रहरी कार्यालयमा अहिले भने छिमेकीले चर्को गीत बजाएको, मान्छेहरु एकैठाउँमा भेला भएको र होहल्ला गरेको गुनासो सुनाउन फोन आउँछ।

नागरिकता विधेयक संशोधन गर्न माग

निलहिरा समाजले संसदमा विचाराधिन नागरिकता विधेयक संशोधन गर्न माग गरेको छ। तेस्रो लिंगीले नागरिकता लिन अनिवार्य लिंग परिवर्तन गर्नुपर्ने प्रावधानमा आपत्ति जनाउँदै विधेयक सच्याउन माग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्