२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इन्सपेक्टरसहित तीन प्रहरी निलम्बित

रौतहट घटना

प्रहरी हिरासतमा रहका दलित युवक उपचारको क्रममा मृत्यु घटनाको थप अनुसन्धान गर्नका लागि इन्सपेक्टरसहित तीनजना प्रहरी निलम्बनमा परेका छन् । रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका टोलका २० वर्षीय विजय रामलाई हिरासतमा चरम यातना दिएका कारण उनको ज्यान गएको भन्दै पीडित परिवारले छानबिनको माग गरेका थिए । विजयलाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानको लागि गरुडा पुगेका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीनकुमार सिंह र अन्य प्रहरीले चरम यातना दिएर बेहोस अवस्थामा अस्पताल पु¥याएको परिवारको आरोप छ । विजयको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको अनुसन्धान गर्नका लागि गृह मन्त्रालयका सचिव स्तरको निर्णयअनुसार जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरीक्षक नवीनकुमार सिंह र हवल्दारद्धय फिरोज भन्ने हिरोज मिया धुनिया र मन्नु भन्ने मुन्नुकुमार सिंहलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी निरीक्षक सिंहलाई ६ महिनाका लागि निलम्बन गरिएको हो भने हवल्दारद्धय धुनिया र सिंहलाई प्रदेश २ प्रहरी कार्यालयले प्रहरी नियमावली २०७१ नियम ११५ को देहाय (४) बमोजिम थप अनुसन्धान नहुँदासम्मका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।  

हिरासतमा रहेका विजयको मृत्युको घटनाको छाबिन हुनुपर्ने माग गर्दै पीडित परिवारले रिले अनसन बस्दै आएका थिए । पूर्व राज्यमन्त्री विसेन्द्र पासवानसहितका दलित नेताहरूले दोषीलाई कारबाही नभएसम्म अनसन नछाड्ने भन्दै इलाका प्रहरी घेराउ गर्दै आएका थिए । स्थानीयले गर्दै आएको बिरोध प्रर्दशनका कारण इलाका प्रहरी कार्यालय गरुडाका इन्चार्ज डिएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालय तानिएको छ, भने घटनाको अनुसन्धान गृह मन्त्रालयले तीन सदस्यीय छानविन समिति गठन गरेर अनुसन्धान सुरु गरेको छ । समितिले काम अनुन्धानको काम सुरु गरेको बताएको छ ।

पुजारी हत्यामा दुई जना पक्राउ
हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई गोली हानी हत्या गरेको आरोपमा फरार रहँदै आएका दुईजनालाई भारतबाट प्रहरीले पक्राउ गरेको छ । रौतहटको माधवनारायण नगरपालिका– २, खेसरहिया बजारस्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा फरार रहेका देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेललाई भारतबाट पक्राउ गरेको बताइएको छ । भारतको विहार पूर्वी चम्पारणको घोडासहान क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको बताइएको छ । पुजारी साहको हत्या भएपछि देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाहर, वडासदस्य राजेन्द्र पटेलसँगै रामप्रवेश पटेल फरार रहेका छन् । गत भदौ ३ गते राति खाना खाँदै गरेको अवस्थामा पुजारी साहको कन्चटमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

प्रकाशित: १७ भाद्र २०७७ ०२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App