१५ वैशाख २०८१ शनिबार
image/svg+xml

यो पनि

आजको कार्टुनमा पछिल्ला दिनहरूमा विभिन्न कसुर र अपराधमा पक्राउ परिरहेका अधिकांश व्यक्तिहरू प्रहरी हिरासतमा जानुभन्दा पहिले उपचारका लागि अस्पताल जान लागेको भन्दै व्यङ्ग्य गरिएको छ।

हिरासत यात्रामा भगौडा ‘भगवान्’

बौद्ध धर्मगुरु रहेका ‘तपस्वी’ रामबहादुर बम्जनले हत्या र बलात्कार आरोपमा प्रहरी हिरासत यात्रा हुने गरिरहेका छन्।

प्रहरी हिरासतमा पूर्वमन्त्रीः रायमाझीको रुन्चे मुस्कान, खाणको हताशा !

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा देशका पूर्वउपप्रधानमन्त्री र पूर्वमन्त्री प्रहरी हिरासतमा छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आइतबार राति पक्राउ गरेर हिरासतमा राखेको छ भने पूर्व गृहमन्त्री बालकृष्ण खाण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन्।

हिरासतमै जीवन हरण !

अपराध गरेको आरोपमा राज्यपक्षले पक्राउ गरी हिरासतमा राखेका व्यक्तिको ज्यान गएको धेरैलाई पत्यार नलाग्न सक्छ। तर हिरासतमा लिइएका व्यक्ति असुरक्षित हुने गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगका अनुसार डेढ वर्षको अवधिमा आठ जनाको हिरासतमा ज्यान गएको छ।

प्रहरी हिरासत नै असुरक्षित

विसं. २०७७ भदौ २१ गते पसलवाट मोबाइल चोरीको आरोपमा धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राख्यो। भदौ २६ गते बिहान अट्याच बाथरुम रहेको थुनुवा कक्षभित्रै उनको मृत्यु भयो।

भैसि चोरेको आरोपमा पक्राउ परेका युवक प्रहरी हिरासत भित्र मृत भेटिए

कैलालीमा प्रहरी हिरासतमा रहेका एक युवक मृत अवस्थामा फेला परेका छन्। भैसि चोरेको आरोपमा प्रहरीले सुर्खेत चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर रानालाई आईतबार कैलाली लम्की चुहा, ५ बाट पक्राउ गरेर ईलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखेको थियो।

प्रहरी हिरासतमा युवक आत्महत्या प्रकरणः घटना छानबिन गर्न सात सदस्यीय समिति

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक युवकले आत्महत्या गरेको घटनाको छानबिन गर्न सात सदस्यीय समिति गठन गर्ने सहमति भएको छ। छानबिन समितिसँगै मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ।

ज्वाला संग्रौलासहित तीनजना प्रहरी हिरासतमा

महानगरीय प्रहरी परिसर टेकुले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा अभियन्ताहरु ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेको प्रहरीको भनाइ छ।

प्रहरी हिरासतमा महिलाको मृत्यु

रौतहटको गरुडास्थित महिला तथा बालबालिका सेवा केन्द्रमा प्रहरी हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको छ ।

प्रहरी हिरासत नै असुरक्षित

साउन र भदौ महिनामा दुईजनाको प्रहरी हिरासतभित्रै मृत्यु भएको छ। यसरी प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको ज्यान जानुले हिरासतको सुरक्षा व्यवस्थाप्रति प्रश्न खडा भएको छ।

थुनुवा कक्षमै युवकको रहस्यमय मृत्यु

धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का १९ बर्षिय रोशन विक पसलबाट मोवाइल चोरीको आरोपमा भदौ २१ गते प्रहरीले पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा उनलाई राखियो। शुक्रवार बिहान अट्याच बाथरुम रहेको थुनुवा कक्षभित्रै उनको रहस्यमय मृत्यु भयो। बिहान बाथरुमामा आफूले लगाएको सर्ट फुकालेर झुण्डिएर ती युवकको ज्यान गएको प्रहरीको भनाइ छ।

इन्सपेक्टरसहित तीन प्रहरी निलम्बित

प्रहरी हिरासतमा रहका दलित युवक उपचारको क्रममा मृत्यु घटनाको थप अनुसन्धान गर्नका लागि इन्सपेक्टरसहित तीनजना प्रहरी निलम्बनमा परेका छन् ।

तीन दिनदेखि चुलो बलेको छैन मृतकको घरमा

प्रहरी हिरासतमा रही उपचारको क्रममा मृत्यु भएका रौतहटको गरुडा ८ जिंगडियाका विजय रामको घरमा तीन दिनदेखि चुलो बलेको छैन । मृतक रामका दुई श्रीमतीका साथै बुबा र आमा भोकभोकै छन् । हिन्दु परम्पराअनुसार कसैको मृत्यु भएपछि लासको सदगति नगरेसम्म कसैले केही खानु हुँदैन भन्ने चलन रहेकोले घरका सबै सदस्य भोकभोकै रहेका छन् ।

प्रहरीद्वारा हिरासतमै हत्या गरिएको भनी दलितले गरे इप्रका घेराउ

प्रहरी हिरासतमा रही बिरामी भएपछि उपचारको क्रममा मृत्यु भएको रौतहटको गरुडा नगरपालिका ८ जिंगडियाका १९ वर्षीय विजय राम चमारलाई प्रहरीले यातना दिएर हत्या गरेको आरोप लगाउँदै विहीवार इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्